२० मंसिर २०८२, शनिबार
,
Latest
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबैलाई सत्ता चाहिएको छ, देशमा शिक्षाको स्थिति नाजुक छ: प्रथम राष्ट्रपति यादव



अ+ अ-

काठमडौँ । प्रथम राष्ट्रपति डा रामवरण यादवले देशमा शिक्षाको अवस्था विकराल रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशका अधिकांश सामुदायिक विद्यालयमा मुख्य शिक्षकहरु नपाइने समस्या विद्यमान रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले एसईईमा ५२ प्रतिशत विद्यार्थी अनुत्तिर्ण हुनु यसकै नतिजा रहेको बताउनु भयो । उहाँले नेपाली समाजलाई कहाँ लगिँदै छ भन्नेकुरा शिक्षाको स्तर हेरेर नै थाहा हुने बताउनु भयो । उहाँले शिक्षा विधेयक अहिले संसदमा रहेको भन्दै यसमा आवश्यक विचार विमर्श गर्न आग्रह गर्नुभयो । उहाँले सरकारको नेतृत्व तहबाट काम हुन नसक्दा संविधानमाथि दोष दिइएको बताउनु भयो । सबै राजनीतिक दलहरु सत्ताका लागि मरिहत्ते गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले शिक्षा विधेयक हाउसमा छ । राम्रोसँग सोच्नुस्, राम्रोसँग विचार गर्नुस् । कम्तिमा सामुदायिक विद्यालयहरुमा ८० प्रतिशत विद्यालयमा शिक्षक छैनन् । ५२ प्रतिशत विद्यार्थी इसईईमा फेल भए भनिरहेका छन् । मुख्य मुख्य शिक्षकहरु नै छैनन् । राहत वा सामुदायिक स्तरमै राखेर जेनतन अध्ययन गराइएको छ । यसले नेपाली समाजलाई कहाँ लगिएको छ भन्ने देखाउँछ । संविधानको दोष छैन । संविधान गणतन्त्र, लोकतन्त्र, समावेशी छ, संघीयतासहित छ । सारा कुरा छ । तर त्यो लागू कसरी गर्ने देखिरहेको छ । पार्टीलाई सत्तामा नगइकन नहुने । यहीँ भारतमा अहिले राहुलले पक्रिएको छ लाइन, अर्को पटक आउँछ हेर्नुहोला । बेलायतमा त्यस्तै छ । काँग्रेसलाई के परेको हो ।’

प्रथम राष्ट्रपति यादवले सबै मिलेर कोलाहल मच्चाउने काम भइरहेको बताउनु भयो । उहाँले देशमा ८० प्रतिशत खाद्यान्न बाहिरबाट आउने गरेको भन्दै यस्तै प्रकारले देशमा समाजवाद नआउने बताउनु भयो ।