२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस र एमालेलाई सांसद सिंहको सुझाव–त्रिविको जग्गा बाँड्नुस् र पार्टी कार्यालय बनाउनुस्



अ+ अ-

काठमाडौँ । स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले सत्तारुढ दलहरु नेपाली काँग्रेस र नेकपा(एमाले)लाई त्रिभुवन विश्वविद्यालयको सम्पती आधा–आधा बाँडेर पार्टी कार्यालय बनाउन सुझाव दिनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद सिंहले काँग्रेस र एमालेलाई त्रिभुवन विश्वविद्यालयको सम्पत्ति आधा–आधा बाँडेर लिन सुझाव दिनुभएको हो ।

उहाँले नेपाली विद्यार्थीहरुलाई विदेशमा लखेटेर त्रिभुवन विश्वविद्यालयमा भागबन्डाको राजनीति गरेको भन्दै सम्पति बाँडफाँट गरेर दलको नाममा दर्ता गर्न र पार्टी कार्यालय खोल्न सुझाव दिनुभयो । उहाँले भ्रष्टाचारको मुद्दामा हदम्याद राख्ने कोसिस भइरहेको भन्दै ठूला दलहरुले आफूलाई चोख्याउनका लागि हदम्याद राख्न लागिएको बताउनु भयो । उहाँले हदम्याद राखेर भ्रष्टाचारलाई चोख्याउन दिनु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘दुई वटा दलले त्रिभुवन विश्वविद्यालयको सम्पती आधा आधा बाँडेर आधा आधामा पार्टी कार्यालय बनाऔँ । आधा काँग्रेस, आधा एमाले बाँडौ । किनकी विद्यार्थीलाई त सबैलाई विदेशमा लखेटेकै हो । दुई दलको सरकार छ अहिले यही मौका छ कि त्रिभुवन विश्वविद्यालयमा त्यत्रो ३३ सय रोपनी जग्गा छ, बाँडेर दलको नाममा दर्ता गरौँ । किनकी यो देश जनताको होइन, दलको मात्रै हो । भ्रष्टाचारमो मुद्दामा हदम्याद राख्ने कोशिस भइरहेको छ । ठुला दलले ०४८ सालदेखि सरकार चलाएको कारणले आफुलाई चोख्याउन पाँच वर्षको समय राखेको छ । भ्रष्टाचार भनेको भ्रष्टाचार हो । ५० वर्षपछि थाहा भएपनि भ्रष्टाचारको मुद्दा भ्रष्टाचारकै मुद्दा हुन्छ । त्यसलाई चोख्याउन मिल्दैन । पाँच वर्षको समय दिएर भ्रष्टाचारलाई चोख्याउने र भ्रष्टाचार संरक्षक देश बनाउन खोजिएको हो, त्यो देशको लागि हाम्रो आपत्ति छ । त्यस्तो बन्न दिनु हुँदैन ।’
सांसद सिंहले भ्रष्टाचारलाई चोख्याउने र भ्रष्टाचार संरक्षक देश बनाउन खोजिएको भन्दै त्यसप्रति आपत्ति जनाउनु भयो ।