२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमला नदी पुलबारे सरकारले चासो नदेखाएको अनसनरत युवाको गुनासो



अ+ अ-

काठमाडौँ । धनुषा र सिरहा जिल्लालाई जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै आमरण अनसन बसेको आज तेस्रो दिन पनि सरकारले चासो नदेखाएको अनसनरत युवाहरुले गुनासो गरेका छन् ।

अनसनको तेस्रो दिन बिहीवार पनि सरकारले चासो नदेखाएको उनीहरुले बताएका हुन् । युवाहरुको स्वास्थ्य अवस्था बिग्रिँदै गइरहेको चिकित्सकले बताएका छन् । अनसनमा बसेका युवाहरुको स्वास्थ्य स्थितिको चेकजाँचका लागि पुगेका चिकित्सक विपिनकुमार यादवले अनसनकारी युवाको स्वास्थ्य स्थिति कमजोर हुँदै गइरहेको बताउनु भयो । उहाँकाअनुसार खाना नखाएकाले उनीहरुका ग्लुकोज तथा पानीको मात्राको अभाव भएको छ ।

यता आन्दोलनको नेतृत्व गरिरहेका प्रविण यादवले मुख्यमन्त्री सतिशकुमार सिंहले युवाहरुको अनशनलाई स्टन्टको संज्ञा दिएकोप्रति दु:ख व्यक्त गर्नुभएको छ । आमरण अनसनमा बसेको तीन दिन भइसक्दा समेत प्रदेश सरकारबाट हालखबर बुझ्नसम्म कोही नआएको दु:खेसो पोख्नुभयो ।

उहाँले अनसन बसेको पहिलो दिन भौतिकमन्त्री सरोज यादव भेट्न आएपनि हाम्रो माग सम्बोधन गर्ने प्रयास नगरेको आरोप लगाए ।