१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

मेरो-तेरो नभनि द्वन्द्व पीडितलाई न्याय दिनसक्ने आयोग बनाउनुपर्छ: सांसद सिटौला

मेरो-तेरो नभनि द्वन्द्व पीडितलाई न्याय दिनसक्ने आयोग बनाउनुपर्छ: सांसद सिटौला
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएर आएपनि गुनासो नरोकिएको बताउनुभएको छ ।

राष्ट्रिय सभाको बिहीवारको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफल बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले द्वन्द्वपीडित र माओवादी पक्षकै केही व्यक्तिहरु विधेयकप्रति असन्तुष्ट रहेको बताउनु भयो । उहाँले ढिलो गरेर भएपनि राजनीतिक दलहरुको बीचमा विश्वासको समझदारी बनेकाले संसदबाट पारित गरी कार्यान्वयनमा लैजानुपर्ने बताउनु भयो । उहाँले राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण भइसकेपछि बन्ने आयोगहरुको कार्य क्षमतामा धेरैकुरा भर पर्ने जिकिर गर्नुभयो । उहाँले आयोग बनाउने कुरामा द्वन्द्व पीडितहरुले न्याय पाउँछन् भन्नेकुरामा ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले गम्भीरतापूर्वक सरकारले यसका सम्बन्धित पक्षसँग बसेर सरसल्लाह गरी मेरो र तेरो नभनिकन न्याय दिनसक्ने क्षमताको आयोगहरु निर्माण गर्नुपर्ने बताउनु भयो । यसले विस्तृत शान्ति सम्झौताको एउटा अधुरो रहेको काम द्वन्द्व पीडितले न्याय पाउने कामले पूर्णता पाउने बताउनु भयो ।

उहाँले भननुभयो, ‘यो विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मत पारित भएर यहाँ आउँदा पनि बाहिर सडकमा गुनासो भने रोकिएको छैन । म आफूलाई के लागेको छ भने मसँग पनि द्वन्द्वपीडित केही साथीहरु आएनुभएको थियो । दुवै पक्षका, आन्दोलनरत र राज्य सञ्चालन गर्ने पार्टीहरुका तर्फबाट पनि केही साथीहरु आउनुभएको थियो । उहाँहरुबाट अझै असन्तुष्टि मैले पाएको छु । केही विचारहरु बाहिर आउन थालेका छन्, पत्रपत्रिकामा । हामीले देख्न थालेका छौँ । तर जे भएपनि निकै ढिलो गरेर भएपनि राजनीतिक दलहरुको बीचमा विश्वासको समझदारी फेरि बनेको छ, यो एउटा विषयमा । त्यसैले एउटा महत्वपूर्ण दस्ताबेजको रुपमा हाम्रो सामुन्नेमा छ ।’

‘मलाई अहिले कस्तो लाग्दैछ भने यो कानून बनिसकेपछि यहाँबाट पारित भएर गइसकेपछि, राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेपछि बन्ने आयोगहरु जुन हुन्छन्, आयोगको कार्य क्षमतामा धेरै चिज भर पर्छ । धेरै नै विषय भर पर्छ । द्वन्द्व पीडितले न्याय पाउँछन् की पाउँदैनन् भनेर आयोग घोषणा भएकै दिनबाट चर्चा यसको शुरु हुन्छ । दुनियाँको ध्यान त्यहीँ जान्छ । देशभित्र र बाहिर पनि । त्यसैले आयोग बनाउने कुरामा द्वन्द्व पीडितहरुले न्याय पाउँछन् है अब भन्नेकुरामा हामीले ध्यान दिनुपर्छ । एकदमै गम्भीरतापूर्वक सरकारले यसका सम्बन्धित पक्षसँग बसेर सरसल्लाह गरेर, मेरो र तेरो नभनिकन न्याय दिनसक्ने क्षमताको आयोगहरु हामीले निर्माण गर्नुपर्छ । यसले विस्तृत शान्ति सम्झौताको एउटा अधुरो रहेको काम द्वन्द्व पीडितले न्याय पाउने कामले पूर्णता पाउँछ ।’

सांसद सिटौलाले नेपालले एक पटक फेरि नेपाली राजनीतिक दलहरुको बीचमा वृहत समझदारी र एकता खोजेको बताउनु भयो ।