१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

नेपाल कानून व्यवसायी परिषद् विधेयकमा नेपाल लयर्स एकेडेमी गठन गर्ने विषय मुख्य हो: कानूनमन्त्री

नेपाल कानून व्यवसायी परिषद् विधेयकमा नेपाल लयर्स एकेडेमी गठन गर्ने विषय मुख्य हो: कानूनमन्त्री
अ अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० लाई संशोधन गर्न बनेको विधेयकमा नेपाल लयर्स एकेडेमी गठन गर्ने विषय मुख्य रहेको बताउनुभएको छ ।

राष्ट्रिय सभाको बिहीवारको बैठकमा सांसदहरुले छलफलका क्रममा उठाउनुभएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा गहन छलफल भएको र अझै परिष्कृत बनाउनुपर्ने बताउनु भयो । उहाँले कानून व्यवसायीहरुलाई दक्ष बनाउने कुरा, तालिम दिने र ग्रेजुएटसम्मको पाठ्यक्रम बनाएर शिक्षा दिने कुराहरुको व्यवस्था विधेयकमा रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा गहन छलफल भएको छ । कानून व्यवसायीहरुले आग्रह गरेको नेपाल लयर्स एकेडेमी गठन गर्ने विषय यसमा मुख्य छ । यसले कानून व्यवसायीहरुलाई दक्ष बनाउने कुरा, तालिम दिने र ग्रेजुएटसम्मको पाठ्यक्रम बनाएर शिक्षा दिनेकुराहरु व्यवस्था गरिएको छ र यस विधेयकमा कानून व्यवसायीहरुलाई अनुशासनको कारबाही गर्नुपरे, सचेत गराउनुपरे र कारबाही गर्नुपरे उहाँहरुको एशोसिएशनले कारबाही गर्नेकुराको व्यवस्था गरेको छ । साथै कानून व्यवसायी परिषद्को आग्रहमै यो आएको हो । यसलाई अझ परिष्कृत कसरी बनाउने त्यसमा ध्यान दिनुपर्छ ।’

मन्त्री चौरसियाले विधेयकमा कानून व्यवसायीहरुलाई अनुशासनको कारबाही गर्नुपरे र सचेत गराउनुपरे एशोसिएशनले कारबाही गर्नेकुराको व्यवस्था गरेको उल्लेख गर्नुभयो ।