१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुलाई सुरक्षा दिन सांसद दाहालको माग

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुलाई सुरक्षा दिन सांसद दाहालको माग
अ अ+ अ-

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुलाई सुरक्षा दिन सरकारसँग माग गर्नुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद दाहालले त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिष्ट्रार सुरक्षाको कारण देखाउँदै कार्यालयमा अनुपस्थित भएको भन्दै उहाँहरुलाई सुरक्षा दिन सरकारसँग माग गर्नुभएको हो । उहाँले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरु के कारणले असुरक्षित भएका हुन भन्ने कारण जानकारी गराउन पनि माग गर्नुभयो । उहाँले राजनीतिक समस्या भए वार्ताद्वारा हल गर्न र अपराधजन्य समस्या भए कानुनी प्रक्रियाबाट नियन्त्रण गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘यतिबेला त्रिभुवन विश्वविद्यालयमा उपकुलपति, रेक्टर, रजिष्ट्रारहरु सुरक्षाको कारण देखाउँदै कयौँ दिनदेखि कार्यालयमा उपस्थित हुन सक्नुभएको छैन । सत्य के हो ? हामीले थाहा पाउनुपर्छ । त्रिभुवन विश्वविद्यालयमा असुरक्षा हुन्छ भने अन्त सुरक्षा कहाँ दिन सकिन्छ रु सरकार छ कि छैन रु सरकार छ भने त्रिभुवन विश्वविद्यालयमा सुरक्षा दिनुपर्‍यो । समस्या के हो ? यदि राजनीतिक समस्या हो भने वार्ताद्वारा हल गर्नुपर्‍यो । यदि अपराधजन्य समस्या, गुण्डागर्दी हो भने कानुनी प्रक्रियाबाट नियन्त्रण गर्नुपर्‍यो । कुनैपनि हालतमा त्रिभुवन विश्वविद्यालयमा असुरक्षा छ भनेर यस्तो लज्जास्पद कुरा गर्न पनि सुहाउँदैन ।’

सांसद दाहालले विपि राजमार्गमा धेरै दुर्घटना हुँदा जनधनको क्षति हुने गरेको भन्दै विपि राजमार्गमा तत्काल सुरुङमार्ग निर्माण कार्य अगाडी बढाउन पनि माग गर्नुभयो ।