• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   श्रीलङ्कामा वामपन्थी नेता दिसानायकाको राष्ट्रपतीय उम्मेदवारी र चर्चा ★   नेपाल र क्यानडाबीचको खेल कहाँ लाइभ हेर्ने ? ★   मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने ★   एन्फाले माग्यो पुरुष टिमको प्रमुख प्रशिक्षक, के–के चाहिन्छ योग्यता ? ★   मृतक दुई बालबालिकाका परिवारलाई पाँच/पाँच लाख दिइने ★   सहकारी छानविन समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश ★   संविधानले जनयुद्ध चिन्दैन: एमाले सांसद न्यौपाने ★   महासभामा जाँदा नेपालको शीर ढल्ने वा प्रतिष्ठा तल पर्ने गरी कुनै पनि काम गर्दिनँ: प्रधानमन्त्री… ★   एप्पलका सामग्री आयत गर्ने जेनेरेशन नेक्स्ट कम्युनिकेसन प्रालि कानूनी उपचारमा जाने ★   सहकारीका दोषीलाई सजाय दिलाउन सिफारिस गरिएको छ: सूर्य थापा

देशभर डेंगु र हैजाको प्रकोप फैलियो, सरकारको योजना के छ: सांसद पन्त



काठमाडौँ । राष्ट्रिय सभामा नेपाली काँग्रेस सांसद कमला पन्तले देशभर डेंगु र हैजाको प्रकोप फैलिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले देशभर डेंगुको प्रकोपले जनता हैरान रहेको बताउनु भयो । उहाँले डेंगु प्रकोपको असर, प्रभाव र समस्या कहाँ कहाँ छन् ?त्यसबारेमा सदनलाई जानकारी गराउन आग्रह गर्नुभयो । उहाँले हैजा र डेंगु फैलिनुको कारण पत्ता लगाइ संसदमा जानकारी गराउन राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसँग रुलिङको माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘देशभर डेंगुको प्रकोपले जनता हैरान छन् । डेंगु प्रकोपको असर, प्रभाव र समस्या कहाँ कहाँ कता छ? त्यो जान्न चाहन्छु । हामीसँग विवरण छैन । हामीलाई थाहा छ, डेंगुले नेपाली जनतालाई धेरै दु:ख दिएको छ । हरेक जिल्लामा पुगेको छ । हैजा फैलिएको छ । हैजाको कहाँ कहाँ पुगेको छ, कारण के हो ? त्यो कारण पत्ता लगाइ सरकारको जवाफको निम्ति अध्यक्षज्युको रुलिङ होस् । यति लामो समयसम्म सरकारको ध्यानाकर्षण गराउनको निम्ति अध्यक्षज्युले रुलिङ पनि गर्नुभएको छ । सरकारले नसुनेको हो की ? हामी जान्न चाहन्छौँ ।’

सांसद पन्तले लामो समयसम्म सरकारको ध्यानाकर्षण गराउनको निम्ति रुलिङ भएपनि सरकारले चासो नदेखाएको आरोप लगाउनु भयो ।