२४ असार २०८३, बुधबार
,
Latest
पार्टीले संसदीय दलको नेता हटाउने विषयलाई अपव्याख्या गरियोः गणेश पराजुली धरानबाट दश जना विचौलिया पक्राउ इजरायल जाने नेपाली श्रमिकका समस्या समाधान गर्न नेपाल–इजरायलबीच छलफल युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन: न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा अनिवार्य नभए कारबाही हुने खाद्य सुरक्षा अनुगमन प्रभावकारी बनाउन काठमाडौं महानगरले सञ्चालनमा ल्यायो माइक्रोबायोलोजी प्रयोगशाला प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही सम्पत्ति शुद्धीकरण मुद्दा : एमाले उपाध्यक्ष पौडेललाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति काठमाडौं उपत्यका विकास प्राधिकरणको आयुक्तमा सुरज शाक्य नियुक्त गोविन्द कार्की मुख्यसचिव नियुक्त जनकपुरका अतिक्रमित गुठी जग्गाको अतिक्रमण हटाउन कार्यान्वयन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोखिम मोलेर विद्यालय जान्छन् चुरेका बालबालिका



अ+ अ-

गोदावरी, (कैलाली) । चुरे गाउँपालिका–४ भएर बग्ने कालेखोलामा पुल नहुँदा यहाँका स्कुले बालबालिका जोखिम मोलेर विद्यालय जान बाध्य छन् । वर्षायाममा उनीहरू जोखिमपूर्ण यात्रा गरेर जगातिस्थित समैजी आधारभूत विद्यालय जान बाध्य छन् ।

कालेखोलामा पुल नहुँदा पानी परेका बेला तुडेपानी र बार्जुगडाका विद्यार्थीलाई अभिभावकले प्रत्येक बिहान र दिउँसो स्कुल पुर्याउने र ल्याउने गर्दै आएका छन् ।

विद्यार्थीले निथ्रुक्क भिजेर कक्षामा बस्नुपर्ने दयनीय अवस्था रहेको शिक्षक मदन विकले बताउनुभयो । उहाँले भन्नुभयो, “कालेखोलामा पुल नहुँदा यस्तो बाध्यता परेको हो । ठूलो पानी पर्नेबित्तिकै केटाकेटी स्कुल नै आउँदैनन् ।”

गाउँलेहरूले वर्षौँदेखि कालेखोलामा झोलुङ्गे पुलको माग गर्दै स्थानीय तह, जिल्ला र प्रदेशका कार्यालय अनुरोध गरेका भएपनि त्यसको सुनुवाइ नभएको स्थानीय हेमबहादुर विष्टले बताउनुभयो ।

चुरे–४ का वडाध्यक्ष चन्द्रबहादुर लामिछाने मगरले वडालाई प्राप्त हुने सीमित बजेटले सडक, पुल तथा तटबन्ध निर्माण गर्न नसकिएको बताउनुभयो । रासस




भर्खरै