• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo

भारतमा भ्रमणमा रहेकी परराष्ट्रमन्त्री राणा आज फर्कंदै



काठमाडौं । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा आज स्वदेश फर्कदै हुनुहुन्छ ।

परराष्ट्र मन्त्री राणा आज अपराह्न काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

भारतको औपचारिक भ्रमणमा रहँदा राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकरलगायतसँग भेट गर्नुभएको थियो ।

परराष्ट्रमन्त्री राणा भारतीय समकक्षी डा एस जयशंकरको निमन्त्रणामा आइतबार नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो । मन्त्री राणाको भ्रमणअघि नै भारतीय विदेश मन्त्रालयले नेपाललाई निकट छिमेकीका रुपमा आफ्नो प्राथमिकतामा राखेको जनाएको थियो ।