• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo

अभिनेता विपिन कार्कीलाई मातृशोक



काठमाडौं । चर्चित अभिनेता विपिन कार्कीलाई मातृशोक परेको छ । विपिनकी आमा सरस्वतीको उपचारको क्रममा आज बिहान ६ बजे पाटन अस्पतालमा निधन भएको छ ।

सरस्वतीको ४ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो । उनी विभिन्न दीर्घरोगबाट पीडित थिइन् ।

पछिल्लो समय फोक्सोमा पानी जम्ने र मस्तिकष्मा समस्या देखिएको थियो । सरस्वतीको पार्थिव शरिरलाई आज बिहान १० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।