• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo

रेखा थापाले जन्मदिन र छोरीको अन्नप्राशन एकै दिन मनाइन्



काठमाडौं । नेपालकी चर्चित अभिनेत्री रेखा थापाले आफ्नो जन्म दिन र छोरी वैभवीको अन्नप्राशन एकै दिन मनाएकी छन् ।

थापाले परिवार र साथीभाई माझ जन्मदिन मनाएकी हुन् । हिजो दिनभर जसो उनी व्यस्त भइन् । सामाजिक सञ्जालदेखि मोबाइलसम्म प्रशंसक र आफन्तको जन्मदिन शुभकामना ग्रहण गरेकी उनले जन्मदिनको पूजापाठसमेत गर्न भ्याइन् ।

अर्कोतिर, छोरी वैभवीको अन्नप्राशनका लागि उनी बिहानै पशुपतिमा पुगेर अन्नपूर्णदेवीको पूजाआजा गरिने । त्यहाँ उनले अन्नपूर्ण भण्डारा चलाइरहेकी छिन् । यो भण्डारा चलाउनुको उद्देश्य नि:सहाय, गरिब र विपन्न सर्वसाधारणलाई भोजनको सहज उपलब्धता होस् भन्ने रहेको उनको भनाइ छ ।

रेखाकी छोरी वैभवी सात महिना लागेकी छन् । अर्कोतर्फ, रेखा चाँडै दर्शकलाई नयाँ फिल्म र यसको अपडेटसहित सरप्राइज दिन चाहन्छिन् । सवीर श्रेष्ठले निर्देशन गर्ने आगामी फिल्मलाई लिएर चाँडै एक सरप्राइज अपडेट दिने उनको तयारी छ ।

मोरङको सुन्दरहरैंचा नगरपालिका, सलकपुरमा जन्मिएकी रेखा २०५७ सालमा फिल्म ‘हिरो’बाट रजतपटमा प्रवेश गरेकी हुन् । उनले दर्जनौं फिल्ममा अभिनय गरेकी छन् । पछिल्लो समय फिल्म निर्माणमा समेत सक्रिय रेखाको पछिल्लो फिल्म ‘उपहार’ हो । रेखा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृसमेत हुन् ।