१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी

पहिले स्थानीय कि संघीय चुनाव ? किन छट्पटाउँदैछन् प्रचण्ड ?

पहिले स्थानीय कि संघीय चुनाव ? किन छट्पटाउँदैछन् प्रचण्ड ?
अ अ+ अ-

काठमाडौं । गतवर्ष यतिबेला नेकपाका नेता थिए प्रचण्ड । देशको सबैभन्दा ठूलो पार्टी थियो उनको र झण्डै दुई तिहाई बहुमतको शक्तिशाली सरकार पनि । त्यसो त अहिले पनि उनी सत्तारुढ दलकै नेता हुन् तर दुई तिहाई भने छैन । सरकारको त परै छोडौँ, अहिले उनको हातमा नेकपा पनि छैन र उत्तिको शक्ति पनि । अहिले उनको पार्टी पुनः नेकपा माओवादी नै बनेको छ, त्यही पचास सिट हाराहारीमा सांसद । 

पार्टीको साइज मात्र होइन, उनले उनीहरुकै शब्दको ‘जनयुद्ध’का साथी र सारथि पनि गुमाएका छन् । हिजो प्रचण्डपथका प्रस्तावक बादल नै अहिले अहिले उनीसँग छैनन् । बादल साथमा नरहँदा उनले एकजना साथी मात्र गुमाएका होइनन् कि उनको भाषाका ‘जनयुद्ध’ का कमाण्डर नै गुमाएका छन् । उनीमात्र होइन उनले अरु आफ्ना सहयोद्धा पनि गुमाएका छन् । गुमाएका मात्र होइनन् कि ती हिजोका सहयोद्धाहरुले प्रचण्डप्रति गरेका सार्वजनिक टिप्पणी सुन्दा लाग्थ्यो कि उनका साथमा न साथी थिए र न सान नै । यसरी राजनीतिक अधोगति सुरु भएको हो प्रचण्डको ।      

अघिल्लो चुनावमा दुईतिहाइ बहुमत प्राप्त गरेको नेपाल कम्युनिस्ट पार्टीको सरकारले जनताले दिएको म्यान्डेडअनुसार काम गर्न नसकेपछि उनकै हातबाट त्यो छिन्नभिन्न हुन पुग्यो । पार्टी मात्र छिन्नभिन्न भएन कि नेकपाको सरकार नै संविधानविपरितको बाटो समात्यो । अन्ततः पटक पटक संसद विघटन भयो र पछिल्लो पटक पटक यही कारणले नेकपा फुट्यो र सरकार पनि फेरियो । 

आफ्नै पार्टीका विरुद्ध उनले काँग्रेस नेतृत्वमा अर्काे पार्टी बनाए । त्यसमा साथ दिएका थिए केपी ओलीको पेलाइमा परेका माधव नेपालले । अहिले यी दुवै नेता सत्तारुढ छन् काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर । छानीरोजी मन्त्री लिएर प्रचण्ड नेपालले पनि सत्ताको तर त मारेकै छन् तर मनमा चैन भने छैन । अनि अहिले बढी बेचैन बनाउँदैछ चुनावले । 

आआफ्ना गुट चोइट्याएर नयाँ सरकार बनाएका यी दुईलाई अहिले जनताले दण्ड दिने डर छ । त्यसो त अबको पहिलो चुनाव एकले अर्कालाई देखाइदिने लाइनमा जाने निश्चित भएकाले ओलीलाई पनि सहज छैन । तर पनि कम्तीमा एउटा चुनावमा एक्ला एक्लै जनतामा जाने निर्णय नै यदि काँग्रेसबाट भयो भने त्यसले आफ्नो हैसियत देखिने डर प्रचण्ड माधवमा बढी नै देखिन्छ । कथं ओलीले भनेजस्तै कम्तीमा एउटा चुनावमा काँग्रेसले यी दुईलाई औँला दिएन भने मेकअप नगरेका बेला महिलाको मुहार देखिएजस्तो हालत हुनसक्ने त्रास यीनमा बढी छ । 

काँग्रेससँग मिलेरै जाने भए पनि स्थानीय चुनावमा त्यो सम्भव छैन । यो कुरा प्रचण्डले बुझेकै छन् । त्यसैले पनि उनी आफ्नो हैसियत देखिएला भन्ने डरले पहिला संसदको निर्वाचन गर्न चाहन्छन् । संसदको निर्वाचनमा काँग्रेससँग मिलेर जाने र केही सिट हात पारेपछि माओवादीको केही हैसियत निर्माण गरेर अनिमात्र स्थानीय तहको निर्वाचनमा जाने उनको दाउ छ । त्यसैले उनी कहिले संसदको निर्वाचन पहिला गरौँ भन्छन् त कहिले स्थानीय निर्वाचन केही पर सारौँ भन्ने गर्छन् । 

उनको यो छट्पटाहट सबैलाई थाहै छ । किनभने उनको पार्टी पहिलेजस्तो स्थानीयस्तरसम्म छैन, भत्किसकेको छ । उनलाई आफ्नै कार्यकर्ता तथा नेतासँग पनि विश्वास नभएरै हो आफैले राष्ट्रिय सम्मेलन भनेर बोलाएर रातारात महाधिवेशनमा परिणत गरेको । उनले रातारातको महाधिवेशन यसरी सके कि केन्द्रीय समिति या पदाधिकारी नबनिकनै आफूले आफैलाई पार्टी अध्यक्ष चयन गर्न लगाए । पार्टीको अध्यक्षपछिको शक्तिशाली महासचिवमा उनले अझै कसैलाई चयन गर्न सकेका छैनन् । यस्तो अवस्थामा चुनावामा हिँडेका प्रचण्डलाई काँग्रेसले औँला नदिने हो भने कसरी पार लाग्लान् ? 

त्यसैले पनि यतिखेर उनी आफ्नो पार्टीका नेता कार्यकर्ताको भन्दा बढी काँग्रेसको भर गरिरहेका छन् । दिनमा कम्तीमा पनि दुई पटक बालुवाटार जान्छन् अनि प्रधानमन्त्रीसँग घरी स्थानीय त घरी संसदीय चुनाव पहिले गर्ने भनेर भन्ने गर्छन् । तर देउवा बोलेका छैनन् । उनले प्रचण्डलाई कुनै ‘वर्ड’ पनि दिएका छैनन् । किनभने देउवाको पार्टीभित्र पनि जति ल्याइन्छ ल्याइन्छ एक्लै चुनावमा जानुपनर्छ भन्नेहरुको बहुमत छ । हिजोजस्तो छोरीलाई जिताउन मतपत्र च्यात्ने काम अब कदापि मान्य छैन भन्ने स्पष्ट संकेत काँग्रेसले देउवालाई दिएकै छ । 

यसैकारण पनि प्रचण्डको छटपटाहट बढ्दो छ । दिनरात बेचैनी बढ्दो छ । जुन दल र नेता आफ्ना नीति, कार्यक्रम र कार्यकर्ताप्रति इमान्दार र स्पष्ट छैन उसलाई जनताले दण्ड दिने त चुनावमै हो । उनी कम्तीमा पनि साढे तीन दशकदेखि पार्टी अध्यक्ष पदमै छन् । उनले नछोड्ने सम्भावना देखेरै बाबुराम, बैद्यहरु बाहिरिएका हुन् । यसरी चुनावसँग डराउने भएकै कारण उनले हालै रातारात महाधिवेशन गरेका थिए । तर अबका संसद या स्थानीय चुनाव त यसरी रातारात गर्न मिल्दैन । त्यसैले पनि उनी पछिल्लो समयमा छट्पटाइरहेका छन् । चुनावदेखि वास्तवमै डराइरहेका छन् ।