१९ असार २०८३, शुक्रबार
,
Latest
राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु कर्तव्य ज्यान मुद्दाका फरार घर्तीमगर पक्राउ धनुषामा अनियन्त्रित रथका कारण बालिकाको मृत्यु सरकारले तत्काल राष्ट्रिय चिया लिलाम बजारको स्थापना गर्नुपर्दछः नेकपा सांसद अर्याल बैतडीमा यात्रुवाहक बस दुर्घटना, क्षतिको विवरण आउन बाँकी नेप्से परिसूचक आठ अङ्कले घट्यो सरकारका १०० दिनः सार्वजनिक जग्गा संरक्षणदेखि सहकारी बचतकर्ताको रकम फिर्तासम्म सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ देउवा पक्षका शीर्ष नेताको बैठक सुरु, कांग्रेसभित्रको आन्तरिक समीकरणबारे छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थीलाई न्यानो कपडा वितरण



अ+ अ-

गण्डकी । पोखरा महानगरपालिका–२० मौजास्थित हिमालय माध्यमिक विद्यालयका विद्यार्थीलाई चिसो मौसममा न्यायो कपडा वितरण गरिएको छ । लायन्स क्लब अफ पोखरा गोल्डेन सोसाइटीद्वारा विद्यालयका २६ विद्यार्थीलाई जाडोमा लगाउने कपडा वितरणसहित बाल स्वास्थ्य शिविरको आयोजना गरेको हो । 

कार्यक्रममा वडाध्यक्ष सिम गुरुङले विकट बस्तीमा शिक्षा, स्वास्थ्य तथा खानेपानी, वृक्षरोपणजस्ता आधारभूत आवश्यकतालाई प्राथमिकता दिँदै आएको लायन्स क्लबसँग आगामी दिनमा पनि सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुमबहादुर गुरुङ, लायन्स क्लब अफ पोखरा गोल्डेन सोसाइटीका जिएलटी को–अर्डिनेटर किशोर बराल, सोही क्लबका सभापति सविता आचार्य र जोन चियर पर्सन निर्मला आचार्यले लायन्सको महत्वमाथि प्रकाश पार्नुभएको कार्यक्रममा भलाम स्वास्थ्यचौकीका स्वास्थ्य सहायक विष्णुराज घिमिरे विद्यार्थीको स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।