२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !
तपाईं के खोज्दै हुनुहुन्छ ?

करेन्ट लागेर गिद्ध मरे



अ+ अ-

तनहुँ । छाडा चौपायालाई व्यवस्थित गर्न थालेपछि जिल्लामा फाटफुट मात्रामा गिद्ध देखा पर्न थालेका थिए । छाडा चौपायाले किसानको बाली खाएर नोक्सान गरिदिने, सडक अवरुद्ध गरेर दुर्घटना निम्त्याउने, सडक, बस्ती फोहर गर्न थालेपछि व्यास नगरपालिकाको सक्रियतामा व्यास–१० शिशुवा भतेरीमा गौ संरक्षण केन्द्र स्थापना गरिएको छ ।

 नेपाल विद्युत् प्राधिकरणले गौ संरक्षण केन्द्र आसपासबाट भोर्लेटार–दमौली ३३ केभी प्रसारण लाइन विस्तार गरेपछि गिद्ध करेन्ट लागेर धमाधम मर्न थालेका छन् । शिशुवा–भतेरीमा छाडा चौपाया सङ्कलन गरी गौ संरक्षण केन्द्र स्थापना गरेसँगै मरेका पशु खान दिनमा विभिन्न किसिमका सयौँ गिद्ध आउने गरेको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “गौ संरक्षण केन्द्र आसपास क्षेत्रमा छ–सात किसिमका गिद्ध देखा पर्न थालेका छन् ।” हालसम्म करिब ६०–७० गिद्ध करेन्ट लागेर मरिसकेको बताइएको छ । धेरै गिद्ध करेन्ट लागेर मर्न थालेपछि प्राधिकरणलाई यस क्षेत्रको नाङ्गो तार व्यवस्थित गर्न र पोलिथिन पाइपले कभरिङ गर्नका लागि आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।

प्राधिकरणले राम्रोसँग विद्युत् पोलको अर्थिङ नमिलाउँदा अर्थिङमा परेर केही समयअघि एक स्थानीय बालकसमेत घाइते भएको स्थानीयवासी रामप्रसाद सापकोटाले बताउनुभयो । केन्द्रमा हाल १०० को हाराहारीमा छाडा छोडिएका पशुचौपाया छन् । स्थानीयदेखि उन्नत जातसम्मका गाई संरक्षण केन्द्रमा छन् । मानिसले गाईले दूध दिँदासम्म पाल्ने र यसपछि छाडिदिने प्रवृत्ति बढेपछि नगरपालिकाले सो केन्द्र स्थापना गरी संरक्षण गर्दै आएको हो । रासस