२७ चैत्र २०८१, बुधबार
April 9, 2025 Wednesday

17.27°C

काठमाडौं

17.27°C

Kathmandu

Feels-like: 17.35

Wind: 1.03

Humidity: 88

Latest
रास्वपाको केन्द्रीय सचिवालय बैठक बिहीबार पुनः बस्ने शिक्षकका माग अविलम्ब पूरा गर्नुपर्छः पूर्वप्रधानमन्त्री खनाल संक्रमणकालीन न्यायसम्बन्धी आयोग : पदाधिकारीका लागि निवेदन दिन १० दिनको समय आन्तरिक रोजगारी दशकको उद्देश्य हासिल गर्न समझदारी डोटीको घण्टेश्वर सेतीमहाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी दिवङ्गत पत्रकार सुरेश रजकको सम्झनामा दीप प्रज्वलन नेपाल बारमा विजयप्रसाद मिश्रको प्यानलको जित निश्चित सर्लाहीमा ईद मिलन तथा उर्दू कवि सम्मेलन सम्पन्न प्रधानमन्त्री ओलीसँग भारतीय कृषिमन्त्री चौहानको भेट अफगानिस्तानको यु–१९ विरुद्व नेपालको सान्त्वना जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेन र सुनितासहित नेताको फेक भिडिओ बनाउने पक्राउ



अ+ अ-

काठमाडौं । काठमाडौं महानगपालिकाका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोलसहित विशिष्ट व्यक्तिहरुको फेक भिडियो बनाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको साइबर ब्यूरोले बाजुराका २२ वर्षीय रमेशबहादुर रावतलाई साइबर अपराधको अभियोगमा सिन्धुपाल्चोकबाट पक्राउ गरेको हो ।

रावतले एआईको दुरुपयोग गर्दै विभिन्न राजनीतिक नेताहरूको फेक भिडियो बनाउँदै आएका थिए । जसमा हालका चर्चित भिडियोहरूमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोललाई जोडेर बनाइएको एक भिडियो समावेश छ । उक्त भिडियो भाइरल भएपछि उपमेयर सुनीता डंगोलले साइबर ब्यूरोमा उजुरी दर्ता गराएकी थिइन् ।

पक्राउ परेका रावत सिन्धुपाल्चोकमा मेडिकल व्यवसाय गर्दै आएका थिए । उनले अन्य फेक भिडियोहरू पनि बनाएको खुलासा भएको छ, जसमा तीन प्रमुख राजनीतिक दलका नेताहरूको डान्स गरेको फेक भिडियो पनि समावेश छ । यस प्रकारका भिडियोलाई एआई प्रविधिको सहायताले निर्माण गरिएको थियो, जसले सत्यतथ्य भन्दा भिन्न छविहरू प्रस्तुत गरेर समाजमा भ्रम फैलाउने काम गरिरहेको थियो ।

रावतले बनाएका अन्य भिडियोहरूमा नेपालका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र वर्तमान परराष्ट्रमन्त्री आरजु राणालाई पनि जोडिएको पाइएको छ । यी भिडियोहरूले समाजमा राजनीतिक अशान्ति र भ्रम सिर्जना गर्ने सम्भावना रहेको कारणले प्रहरीले यस मामिलालाई गम्भीरतापूर्वक लिएको छ ।

साइबर ब्यूरोका अनुसार रावतले एआई टेक्नोलोजीको प्रयोग गरी नेताहरूको अनुहारलाई भिडियोमा अनुकरण गरी उनीहरूको छविलाई विकृत गर्ने प्रयास गरेका थिए । यस प्रकारका भिडियोलाई सामाजिक सञ्जालमा व्यापक रूपमा फैलाएर समाजमा गलत सूचना प्रवाह गरिएको थियो ।