७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

‘समाजसेवा गर्न पैसा होइन, मन चाहिन्छ’

‘समाजसेवा गर्न पैसा होइन, मन चाहिन्छ’
अ+ अ-

इलाम । सामान्यतयाः समाजका लागि गरिने कामलाई सामाजसेवा भन्ने गरिन्छ । पछिल्लो समय यसको अर्थ खुच्याइएको छ । कुनै पार्टी, सङ्गठनको पगरी गुत्ने , कही गएर काम गरे जस्तो गर्ने , यसलाई सामाजिक सञ्जाल र सञ्चारमाध्यममा प्रचारबाजी गर्नेलाई  समाजसेवी भन्न थालिएको छ ।  

पछिल्लो सयम साच्चिकै सामाजिक काममा लाग्ने व्यक्ति  कम नै भेटिन्छन् । यसमध्येका हुनुहुन्छ –देउमाई नगरपालिकास्थित शान्तिडाँडाका राजकुमार लिङ्दम ।
    
निम्न वर्गीय भए पनि उहाँ सामाजिक काममा अनवरत लागिरहनुभएको छ । उहाँ विनारकम र विनाज्यालामा खटिनुहुन्छ ।  “म आदिकवि भानुभक्त आचार्यको जीवनीबाट उत्प्ररित व्यक्ति हुँ । सामाजिक कामका लागि पैसा चाहिन्छ भन्ने लाग्दैन ।” उहाँले भन्नुभयो । 
   
गाउँका बाटो खन्न, नाली बनाउन र ठूलठूला विकासका काम गर्न हत्तपत्त अरु कोही अगाडि सर्दैनन् । सरेपनि मन दिएर काम गर्दैनन् ।  समाजसेवी राजकुमार भने अघि बढेर काम गर्नुहुन्छ । उहाँले भन्नुहुन्छ, “केही समयअघि मात्रै बुबाको मृत्यु भयो । संस्कार गर्ने रकम नभएर गाउँलेबाट उठाएर दिए ।  संस्कार सकाएपछि गाउँमा दाहसंस्कार गर्ने स्थलमा चौतारो र टहरो पनि बनाइदिए । ”   
    
उहाँको पुस्तौनी घर ताप्लेजुङ हो । सानैमा परिवारसँगै बसाईं सरेर उहाँ इलाम आउनुभएको हो । आफ्ना पुस्ताले नै सामाजिक कामका लागि सिकाएको उहाँ बताउनुहुन्छ । “मलाइ पैसाभन्दा पनि साथीभाइ र इष्टमित्र ठूलो कुरा लाग्छ । यसैले निरन्तर समाजका लागि खट्छु”, उहाँले भन्नुभयो । 
   
विकास निर्माणका काम मात्र होइन, उहाँलाई प्रशासनिक कामका लागि सहयोग गर्न पनि धेरैतिरबाट कुरा आउँछ । उहाँ आफूले सक्दो काम सबैले गरिदिने गर्नुहुन्छ । उहाँ लिम्बू समुदायका लागि मात्र होइन अरु समुदायका व्यक्तिसँग पनि उत्तिकै सहयोगी रहेर काम गर्ने गरेको राजकुमारका छिमेकी सोमनाथ दाहाल बताउनुहुन्छ । “हामी बरु उहाँ (रामकुमार) जत्ति खट्न सक्दैनौँ । उहाँकै कारण गाउँमा धेरै चिजको विकास भएको छ”, उहाँ भन्नुहुन्छ, “हामी त घरपरिवारलाई पनि समय दिउँ भन्छाँै तर उहाँ निरन्तर सामाजिक सेवामा लाग्नुहुन्छ ।” यसरी खट्ने राजकुमारलाई घरमा भने न चामल सकिएको थाहा हुन्छ, न अरु समस्या । श्रीमतीको सानोतिनो जागिरकै भरमा घर चलेको छ । उहाँ  घरमा बस्न भ्याउनु हुन्न ।  घरका अरु सदस्यले  उहाँलाई नराम्रो दृष्टिले हेर्दैनन् ।