७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

तरकारी खेतीले किसानको मुहार फेरिँदै

तरकारी खेतीले किसानको मुहार फेरिँदै
अ+ अ-

कञ्चनपुर । बेलडाँडी गाउँपालिका–३ बैबाहाका रामलाल चौधरी गाउँमा सबै भन्दा बढी आम्दानी गर्ने किसानका रुपमा परिचित हुनुहुन्छ ।

 तरकारीखेतीले उहाँलाई गाउँमै सबै भन्दा बढी आम्दानी गर्ने व्यक्तिका रुपमा चिनाएको छ । उहाँ विवाह हुनुअघि खेतमा अरु किसानझै खेतबारीमा परम्परागत तरिकाले धान, गहुँलगायतका अन्नबाली लगाउने गर्नुहुन्थ्यो । त्यसले परिवारको खर्च धान्नसमेत मुस्किल हुन्थ्यो । घरकै लागि आवश्यक हुने तरकारीसमेत भारतीय व्यापारीबाट खरिद गर्नुपर्ने हुन्थ्यो । 

कृष्णपुर नगरपालिकाको बालुवाफाँटामा ससुरालीले तरकारीखेती गरेर मनग्य आम्दानी गरेको देखेपछि उहाँले तरकारीखेती गर्न थाल्नुभएको हो । करिब डेढ दशकदेखि तरकारी खेतीमा संलग्न रहदै आएका रामलालले वार्षिक रुपमा तरकारी बिक्री गरेर रु १० लाख बढी आम्दानी गर्दै आउनुभएको छ । वडामै व्यावसायिक तरकारीखेती गर्नेमा उहाँ अग्रणी व्यक्तिका रुपमा परिचित हुनुहुन्छ ।

सोह्र कट्टाजग्गामा उहाँले काउली मात्रै रोप्नुभएको छ । पहिलो लटको काउली उहाँले बेचेर रु पाँच लाख आम्दानी हात पार्नुभएको छ । दोस्रो लटमा काउली, बन्दागोभी, गोलभेँडा बेच्नका लागि तयारी अवस्थामा रहेको छ । 

“दुवै जना श्रीमान्श्रीमतीको काम नै तरकारीका बेर्ना तयार गर्ने, रोप्ने, गोडमेल गर्ने, सिँचाइ गर्ने र उत्पादित तरकारीलाई बजारमा लगेर बेच्ने नै हो”, रामलालकी श्रीमती चम्फा चौधरीले भन्नुभयो, “बिहानीको झिसमिसेदेखि साँझ नपर्दासम्म खेतबारीमै हुन्छौं ।”

 अरुले तरकारी लगाउन शुरु गर्दा तरकारी बेच्न शुरु गर्ने गरेको उहाँले बताउनुभयो । डेढकट्टा जग्गामा मात्रै उहाँले २४ क्विन्टल तनेबोडी उत्पादन गर्नुभएको छ । रामलाल जस्तै बैवाहाका सात जना बढी किसानले व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । मौसमी र बेमौसमी तरकारीखेती गरेर यहाँका किसानले आम्दानी लिँदै आएका छन् । तरकारीखेतीमै संलग्न किसान कालुराम चौधरीले खेतबारीमा रोपेको काउली बिक्री गरेर रु एक लाख ५० हजार आम्दानी हात पारेको बताउनुभयो । 

गत वर्ष काउली बिक्री गरेर उहाँले रु ८० हजार आम्दानी गर्नुभएको थियो । सात वर्षदेखि तरकारीखेती गर्दै आउनुभएका कालुरामले भन्नुभयो, “अन्नलगायतका अरु बाली लगाउदा थोरै आम्दानी हुने भएकाले धेरै आम्दानी हुने तरकारीखेती गरेर परिवारको खर्च धान्दै आएका छौ, विगतमा जस्तो पेशाकै लागि साहु महाजन कहाँ हात थाप्नु परेको छैन ।” 

सीमा क्षेत्र नजिकै रहेको बैवाहाका बासिन्दाले पहिला भारतीय घुमन्ते व्यापारीले ल्याएको तरकारी चर्को मूल्यमा खरिद गर्दथे । हाल गाउँमै तरकारीखेती हुन थालेपछि भारतीयले यहाँबाट तरकारी खरिद गरी लैजाने गरेका छन् ।
 
सिर्जनशील बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा  दुई परियोजनाअन्तर्गत यस क्षेत्रका किसानलाई आधुनिक तरिकाले तरकारी लगाउनेदेखि बजार व्यवस्थापनको कार्य सिकाउने कार्य हुँदा आएको छ ।

 जेटिएको व्यवस्था गरी किसानलाई तरकारीबाली लगाउँदा आउने समस्या निराकरण गर्न निकै मद्दत पुगेको छ । “उन्नतजातका तरकारीका बीउ लगाउनका लागि किसानलाई उत्प्रेरित गरी उत्पादन बढाउनका लागि लागेका छौँ”, सहकारीका प्रबन्धन निर्देशक मदनराज भट्टले भन्नुभयो, “यहाँका तरकारी खेतीमा लागेका किसानलाई अरु क्षेत्रका किसानले लगाएको तरकारीको अवलोकन गराई सीप प्रवद्र्धन गर्ने कार्यमासमेत लागेका छौं ।” 

किसानलाई उन्नत् बीउ, प्राविधिक सहयोग, कीटनाशक, सिँचाइका लागि पम्प सेट र रासाइनिक मलमा सहयोगसमेत सहकारीले गर्दै आएको छ । कृषि ज्ञान केन्द्रले तरकारीखेतीमा लागेका किसानलाई तरकारी ढुवानी गर्न सहजता प्रदान गर्नका लागि ५० प्रतिशत अनुदानमा दुई वटा ढुवानीका साधानसमेत उपलब्ध गराएको छ ।
 
“तरकारी ढुवानीका साधन नहुँदा विगतमा निकै सास्ती खेप्दै आएका थियौंँ”, सुन्दर चौधरीले भन्नुभयो, “चर्को भाडा तिरेर तरकारी बजारमा पु¥याउदा अधिक मूल्य हुँदा बेच्न समस्या थियो, लागत खर्चमै तरकारी बजारमा बिक्री गरेर फर्कन्थ्यौं, हाल आफ्नै ढुवानीका साधानको व्यवस्था भएपछि तरकारी बेच्न निकै सहज भएको छ ।” 

कृषि ज्ञान केन्द्रका प्रमुख डा दिलबहादुर विष्टले तरकारीखेती गर्दै आएका किसानका समस्या बुझेर योजना बनाइ यान्त्रिकरण र आधुनिक तरिकाले तरकारीखेती गर्ने तौरतरिका सिकाइ किसानलाई अझै व्यावसायिक बनाइने बताउनुभयो । “किसानका नजिकका साथी भनेका समूह, सहकारी, एग्रोभेट नै हुन्”, उहाँले भन्नुभयो, “किसानलाई उन्नतजातका बीउबिजन र रासायनिक मल सहज रुपमा उपलब्ध हुने गरी नयाँ कुन मोडेलमा योजना बनाए लाभान्वित हुन्छन्, त्यसका लागि सरोकारवाला सबैको सहकार्यमा योजना बनाउछौं ।” 

बेलडाँडी गाउँपालिका वडा नं ३ का वडाध्यक्ष दुर्गाप्रसाद चौधरी गाउँपालिकाको दुर्गम गाउँ बैवाह तरकारीखेतीका लागि उर्वरभूमि रहेको बताउनुहुन्छ । उहाँका अनुसार दोमट मलिलो माटो भएको बैवाहामा तरकारीखेतीसँगै उखु, आलु, खुर्सानी, काउली, गोलभेडा र तोरीबाली निकै सप्रिने गरेको छ ।
 
गाउँपालिकाको थोरै बजेटले किसानलाई आवश्यक सबै सुविधा पुर्याउन नसकिने भएकाले कृषि ज्ञान केन्द्रले योजनावद्ध रुपमा यस क्षेत्रका किसानका लागि निरन्तर रुपमा योजना ल्याउनुपर्ने उहाँको भनाइ छ । गाउँपालिका उपाध्यक्ष कमलादेवी कार्की कोरोना भाइरसका कारण भएको बन्दाबन्दीमा क्वारेन्टिनमा बसेका व्यक्तिलाई बैवाहकै किसानले उत्पादन गरेको तरकारी उपलब्ध गराइएको बताउनुभयो । 

बैवाहाका तरकारीखेतीमा संलग्न किसानले वार्षिक रुपमा रु एक करोडको तरकारी उत्पादन गर्दै आएका छन् । वर्षातका बेला छाडेर अरु सबै महिना यहाँ तरकारीखेती हुँदै आएको छ ।