१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

एलिना चौहानको प्रस्तुतिसँगै सकियो केसीसी एक्जिबिट २०२४

एलिना चौहानको प्रस्तुतिसँगै सकियो केसीसी एक्जिबिट २०२४
अ अ+ अ-

काठमाडौँ । कान्तिपुर सिटी कलेज, पुतलीसडकले आयोजना गरेको ‘केसीसी एक्जिबिट २०२४’ को समापन भएको छ । नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले रिबन काटेर साउन ३२ गते शुभारम्भ भएको एक्जिबिट आज (भदौ १ गते) चर्चित गायिका एलिना चौहानको प्रस्तुतीसँगै समापन भएको छ ।

पहिलो दिन शुभारम्भ कार्यक्रमको सभापतित्व कलेजका अध्यक्ष सुमन कटुवालले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथिमा उपप्रधानमन्त्री प्रकाशमान सिंह थिए । कार्यक्रमको अतिथिहरुमा पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ विभागका डीन प्रा.डा. देवीप्रसाद भट्टराई, पूर्वमन्त्री गणेश साह, नेपाल व्यवस्थापन संघका महासचिव इन्द्रकुमार श्रेष्ठ, नेपाल कम्प्युटर एसोसिएसनका अध्यक्ष रञ्जित कुमार पोद्दार लगायत रहेका थिए । प्रमुख अतिथि उपप्रधानमन्त्री प्रकाशमान सिंहले यो प्रदर्शनीले किताबी ज्ञान मात्रै नदिएर व्यवहारिक ज्ञान दिने बताए ।

‘किताबले सैद्धान्तिक ज्ञान दिन्छ, त्यो पनि चाहिन्छ तर त्यो कुरालाई ब्यबहारमा उतार्न र प्रयोग गर्न कति जटिल छ भन्ने ज्ञान यस्ता प्रदर्शनीले दिन्छ’ उनले भने । शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ विभागका डीन प्रा.डा. देवीप्रसाद भट्टराईले पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा प्रणालीलाई सुधार गरेको उल्लेख गरे । ‘विश्वविद्यालयले परीक्षा सकिएको ९० दिनमा परीक्षाफल प्रकाशित गर्छौं भनेर लिखित प्रतिबद्धता व्यक्त गरेका छौं’ उनले भने, ‘कक्षा सञ्चालनलाई पनि कसरी छरितो बनाउन सकिन्छ त्यो काम हामी गरिरहेका छौं ।’

पूर्वमन्त्री गणेश साहले यस्तो प्रदर्शनी गर्न र यसबाट प्रभाव पार्न एउटा इको सिस्टम बनाइदिन सरकारसँग आग्रह गरे । यस्ता प्रदर्शनीलाई कलेजभित्रमात्रै सीमित नगरेर बाहिर सार्वजनिक गर्न पनि आवश्यक रहेको उनले बताए । उनले भने, ‘२०औं प्रदर्शनीलाई ग्राण्ड बनाउनुहोस् । यो प्रदर्शनी विद्यार्थीको ज्ञान निखार्न आवश्यक रहेको उनको भनाइ थियो । नेपाल व्यवस्थापन संघका महासचिव इन्द्रकुमार श्रेष्ठले वार्षिक रुपमा कलेजले आयोजना गरिरहेको प्रदर्शनीले विद्यार्थीहरुले धेरै कुरा सिक्ने र व्यवहारमा आइपर्ने धेरै समस्या समाधानका लागि तयार हुने बताए ।

नेपाल कम्प्युटर एसोसिएसनका अध्यक्ष रञ्जित कुमार पोद्दारले यो प्रदर्शनी विद्यार्थीले कसरी पढिरहेका छन् त्यो अन्य कलेजका विद्यार्थी, अभिभावक र समाजलाई देखाउने माध्यम भएको बताए । कार्यक्रमको औचित्य र महत्व उल्लेख गर्दै कलेजका आमसञ्चार विभागीय प्रमुख प्रा. रामाकृष्ण रेग्मीले केसीसी एक्जिबिटले विद्यार्थीको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गरेका थिए । प्रदर्शनी विद्यार्थी र बाह्य बजारसँगको पुल भएको उनले बताए । ‘भोलि इन्टर्नसीप गर्न जाँदा वा जागिर खान जाँदा पनि बजारले चिन्छ, त्यो चिनाउने काम चाहिँ यो प्रदर्शनीले गरिरहेको छ ।’ प्रदर्शनी हेर्न काठमाडौँका विभिन्न कलेज र स्कुलका विद्यार्थीहरुको ठूलो सहभागी भएका थिए ।

प्रदर्शनीको दोस्रो दिन प्रदर्शनीसहित राष्ट्रिय कलाकारहरुले प्रस्तुति दिएका थिए । टिकटक स्टार इच्छिता, विक्षिताले नृत्य गरेर मनोरञ्जन दिलाएका थिए । यसैगरी चर्चित गायिका एलिना चौहानले ‘कट्टा हान्दिन्छु…’, ‘धोकेवाज…’, ‘मिनरल वाटर…’ लगायतका गीत गाएर सुनाएकी थिइन् । समापन समारोहलाई सम्बोधन गर्दै एक्जिबिसनका संयोजक रवी श्रेष्ठले इन्जिनियरिङ, आइटी र बिबिएका विद्यार्थीहरुले ४१ वटा प्रोजेक्ट बनाएर प्रस्तुत गरेको जानकारी दिए । प्रदर्शनीमा २ हजार भन्दा बढि अवलोकनकर्ताले भ्रमण गरेको पनि उनले बताए । कलेजका म्यानेजिङ डाइरेक्टर डा. प्रल्हाद कार्कीले अनपेक्षित सफलता प्राप्त भएको उल्लेख गरे । छोटो समयमा स्तरीय तयारी गरेर प्रदर्शनीलाई सफल बनाएको भन्दै संयोजक, व्यवस्थापक, सहयोगी, भोलेन्टियर र विद्यार्थीहरुलाई उनले धन्यवाद ज्ञापन गरे ।

कलेजकी व्यवस्थापक मिना खत्रीले शिक्षक, कर्मचारी र विद्यार्थीको एकता र इनर्जीले एक्जिबिसन सफल भएको बताइन् । कलेजका प्रिन्सिपल राजु कट्टेलले विद्यार्थीमा उत्साह, उर्जा र क्षमता देखिएको उल्लेख गरे । विद्यार्थीले गरेका प्रोजेक्टलाई क्याम्पसले सहयोग मात्रै गरेको उनको भनाइ थियो । अर्को प्रदर्शनीलाई राम्रो बनाउन यो सिकाइ पनि भएको उनले बताए । यो केसीसीले आयोजना गरेको १७औं श्रृंखला हो भने आउने २०औं श्रृंखलालाई ग्रान्ड बनाउन आफूहरु लागिपर्ने पनि उनले बताए । दुई दिन चलेको प्रदर्शनीमा राखिएका नमुनाहरु इन्जिनियरिङ, आइटी र व्यवस्थापनसँग सम्बन्धित थिए ।

प्रदर्शनीमा इन्जिनियरिङतर्फका सिग्नेचर ब्रिज, वेष्ट म्यानेजमेन्ट सिस्टम, ग्वार्काेको फ्लाइओभर, तीनकुने टनेल, बानेश्वरको ट्राफिक मेनेजमेन्ट विथआउट लाइट, पोड वे ट्रान्सपोर्टेसन सिस्टम, नागढुङ्गा टनेल, रिटेनिङ एण्ड स्टेबिलिटी स्टक्चर, लिक्वी फ्याक्सन, अर्लि वार्निङ सिस्टम लगायतका विभिन्न प्रोजेक्ट आदि थिए । यसैगरी आइटीतर्फ फायर डिटेक्सन एण्ड अलार्म सिस्टम, भिजिटर लग सिस्टम, रेन्ट रोबर, च्याट नेक्सस बिजिनेस, भेइकल नम्बर प्लेट डिटेक्सन, भिजिटर काउन्टर, फेस रिकनाइजेसन सिस्टम, मुड अनुसार गीत बजाउने सिस्टम, जेष्टर कन्ट्रोल प्रिजेन्टेशन, होम अटोमेशन सिस्टम, फ्लोड अलर्ट सिस्टम, पेमेन्ट कन्फर्मेशन, इमर्जेन्सी अलर्ट सिस्टम, अटोमेटिक वाटर लेभल कन्ट्रोलिङ, स्मार्ट एग्रिकल्चर सिस्टम लगायतका प्रोजेक्ट प्रदर्शनीमा रहेका थिए ।

यता ब्यवस्थापनतर्फका विद्यार्थीहरूले खानेकुराको प्रदर्शनी गरेको प्रदर्शनीका मिडिया संयोजक राजिव तिमलिसनाले जानकारी दिए । प्रदर्शनीमा ‘इन्नोभेसन इन इन्फर्मेसन टेक्नोलोजी एण्ड इन्जिनियरिङ टू इन्हान्स इफिसियन्सी एण्ड सस्टेनेबिलिटी’ शीर्षकमा कन्फरेन्स पनि हुनेछ । यो कन्फरेन्समा तीन वटा महत्वपूर्ण पेपर प्रस्तुति र प्यानल डिस्कसनसमेत हुने छन् । कलेज प्रांगणमै भएको प्रदर्शनी टूटीलाइन, बोट, ब्रोडवे, कनेक्ट आइपिएस, स्काइ ब्रोडबैंड, टेकमाइन्ड नेटवर्क, ह्याभन हिल रिसोर्ट, अरेन्ज नेक्स्ट, इबी पर्ल र फ्लोरेन्स इन्टरनेशनलले प्रायोजन गरेका थिए ।

कान्तिपुर सिटी कलेज सन् २००० देखि पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सूचना प्रविधि, इन्जिनियरिङ, ब्यवस्थापन तथा आमसञ्चार विषयको अध्ययन, अध्यापन हुने अग्रणी कलेज हो । यहाँबाट उत्तीर्ण विद्यार्थीहरुले देश तथा विदेशका विभिन्न क्षेत्रमा नेतृत्व लिएर काम गरी आफ्नो दक्षता प्रस्तुत गरिरहेका छन् ।