९ भाद्र २०८३, मंगलवार
,
Latest
जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व सम्पदा क्षेत्रमा सूचिकृत हुन नसकेका १५ सम्पदा क्षेत्रहरु



अ+ अ-

काठमाडौं । पुरातत्व विभागले २४ वर्षदेखि युनेस्कोको विश्वसम्पदा सूचीको सम्भावित सूचीमा राखेको १५ सम्पदाहरूको हालसम्म सूचीकृत हुन सकेको छ । स्थानीय र सम्बन्धित जिल्लाको जनताको पहल नभएको कारण ती सम्पदाहरू विश्वसूचीमा समावेश हुन नसकेको हो । पुरातत्व विभाग विश्वसम्पदा संरक्षण महाशाखाका अनुसार सन् १९९६ र सन् २००८ मा गरी १५ सम्पदालाई सम्भावित सूचीमा समावेश गरिएको थियो । तीमध्ये अहिले कीर्तिपुर, पनौती र जनकपुरले सूचीकृत हुन प्रक्रिया गरिरहेका छन् । महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर डा. सुरेशसुरस श्रेष्ठ करिब दुई दशकदेखि प्रक्रियामा गएता पनि हालसम्म खासै प्रगति हुन नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो–‘स्थानीय तहले प्रक्रिया अघि नबढाउँदासम्म विश्व सम्पदा सूचीमा सूचीकृत हुन सम्भव छैन । उहाँका अनुसार प्रक्रियामा प्रवेश गर्न दर्जनौँ योजना पेस गर्नुपर्छ । तीमध्ये पुरातात्विक क्षेत्रको संरक्षण, व्यवस्थापन, मौलिकता बिग्रन नदिने प्रतिबद्धता अनिवार्य हुन्छ । यो क्षेत्रलाई विश्व सम्पदा सूचीमा लैजान्छु भन्दा सजिलै प्रवेश गराउन सकिँदैन कम्तीमा पनि दुई दर्जनभन्दा बढी प्रक्रिया पूरा गरेपछि मात्र सम्भव हुन्छ–विभागका सूचना अधिकारीसमेत रहेका महाशाखा प्रमुख डा. श्रेष्ठले भन्नुभयो । विकासको नाममा सांस्कृतिक, सामाजिक र ऐतिहासिक मौलिकता बिग्रन नदिई दशकौँ पहिला जस्तो संरचना छ त्यसैलाई कायम राख्ने ठोस निर्णय कार्यान्वयन भएपछि मात्रै विश्वसम्पदा क्षेत्रमा सूचिकृत हुन सक्ने डा. श्रेष्ठको भनाइ छ ।

सम्भावित सूचीमा परेका सबै सम्पदाको विषयमा विभागले अध्ययन गरिसकेको छ । ‘मुख्य विषय स्थानीयबाट प्रक्रिया थाल्नुपर्छ । स्थानीयले चासो नदेखाएसम्म सूचीकृत हुन नसक्ने डा. श्रेष्ठको भनाइ छ । विभागका अनुसार पछिल्लो समय कीर्तिपुर, पनौती र जनकपुरले सम्पदासूचीमा सूचिकृत हुन चासो देखाएर पक्रिया अघि बढाएका छन् । सबै प्रक्रिया पूरा गरेपछि विभागले युनेस्कोको विश्वसम्पदा समितिमा पठाउने व्यवस्था छ । समितिमा आबद्ध विश्वभरका सदस्य राष्ट्रले सो विषयमा अध्ययन गरेपछि मात्र विश्वसम्पदा सूचीमा सवावेश हुनसक्ने व्यवस्था छ ।

त्यसअघि विभागले सिफारिस गरेको सम्पदा क्षेत्रको स्थलगत अनुगमन गनुपर्छ । विभागका अनुसार सन् १९९६ मा सम्भावित सूचीमा समावेश गरिएका सम्पदाहरूमा मुस्ताङ मुक्तिनाथ क्षेत्रको गुफाक्षेत्र, खोकना गाउँ र ऐतिहासिक तोरीको खानेतेल निर्माण गर्न क्षेत्र, रामग्रामको बौद्धस्तुपा, पनौतीको सम्पदा क्षेत्र, गोरखादरबार क्षेत्र र शाक्यवंशीय राजाको तिलौराकोट दरबार छन् ।

सन् २००८ मा सिफारिस भएका सम्भावित क्षेत्रमा दैलेखको भृकृटी मन्दिर, लोमान्थाङ क्षेत्र, कीर्तिपुर दरबारक्षेत्र, नुवाकोट दरबारक्षेत्र, रामजानकी मन्दीर, रुरुको ऋषिकेशक्षेत्र, सिंजा उपत्यका, तानसेन दरबारक्षेत्र साँखुको बज्रयोगिनी रहेका छन् । सम्भावित सूचीमा सूचिकृत क्षेत्रमा स्थानीय निकायले पहल गरेपछि मात्रै सम्भावना हुनसक्ने विभागको भनाइ छ । अब त प्रदेश र स्थानीय सरकारले आफ्नो प्रदेशका सम्पदालाई विश्वसम्पदा क्षेत्र सूचीमा सूचिकृत गर्न पहल गर्नुपर्ने देखिएको छ ।

तथ्याङकअनुसार नेपालमा काठमाडौं उपत्यकाको सात र लुम्बिनी गरी दुई सांस्कृतिक,   सगरमाथा र चितवन गरी दुई प्राकृतिक क्षेत्रलाई विश्वसम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो । उपत्यकाको हनुमानढोका, पाटन, भक्तपुर दरबारक्षेत्र, पशुपतिनाथ स्मारक क्षेत्र, बौद्धनाथ स्तुपा, स्वयंम्भूनाथ र चाँगुनारायण स्मारक क्षेत्र छन् । नेपाल समाचारपत्र दैनिक