• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo
Latest
★   विपन्न बिरामीलाई आर्थिक सहयोगसहित गाउँमै स्वास्थ्य सेवा ★   आइसिसी विश्वकप लिग–२: नेपाल र ओमान भिड्दै ★   निजी क्षेत्रले सरकारलाई दिएका सुझाव लागू गर्ने हो भने छोटो समयमै देश विकास हुन्छ: अध्यक्ष… ★   इटहरीमा सुरुभयो बिजुली बस सेवा ★   अमेरिकाको न्यूयोर्कमा ओली–मोदी भेट्ने तयारी ★   सहकारी छानबिन प्रतिवेदन : तथ्यमा फरक कि बुझाइमा ? ★   प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान ★   काठमाडौंको दरबारमार्ग क्षेत्रमा सवारी आवत–जावतमा रोक ★   राष्ट्रिय शिक्षा दिवस विभिन्न कार्यक्रम गरी आज मनाईंदै ★   विद्युत् व्यापार सम्झौता गर्न नेपाल र बङ्गलादेशबीच सघन छलफल

चेक अनादरको कसुरलाई दुनियाँवादी फौजदारी मुद्दाको रुपमा राख्नुपर्छ: महान्यायाधिवक्ता बडाल



काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले चेक अनादरको कसुरलाई दुनियाँवादी फौजदारी मुद्दाको रुपमा लिनुपर्ने बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा बैंकिङ कसुर तथा सजाय ९दोस्रो संशोधन० विधेयक २०८० माथी छलफलमा बोल्दै महान्यायाधिवक्ता बडालले यस्तो बताउनुभएको हो ।

उहाँले सरकारले बैंकिङ कसुर तथा सजाय ऐनमा चेक अनादरको कसुरलाई दुनियाँवादी फौजदारी वा सरकारवादी मुद्दामध्ये दुनियाँवादी फौजदारी मुद्दाको रुपमा लैजना आवश्यक रहेको बताउनु भयो । उहाँले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० मा चेक अनादर लगायत का म विषयमा स्पष्ट बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले बैंकको चेक अनादरको विषय दुनियाँवादी फौजदारी मुद्दाको रुपमा छाड्ने वा अभियोगपत्रको माध्यमबाट जाने विषयमा सरकार दुनियावादी मुद्दाको रुपमा यसलाई राख्न उपयुक्त हुने पक्षमा रहेको बताउनु भयो । उहाँले सर्वोच्च अदालतले गरेको व्याख्याको सन्दर्भका आधारमा पनि दुनियाँवादी फौजदारी मुद्दाका रुपमा लैजानुपर्नेमा जोड दिनुभयो ।

उहाँले मुलुकी ऐनमा पनि कतिपय मुद्दाहरु जाहेरी लिएर जाने व्यवस्था रहेको भन्दै कतिपय व्यक्ति आफैँले फिरातपत्र लिएर जाने व्यवस्थाहरु रहेको बताउनु भयो । उहाँले चेक अनादर मुद्दामा पनि अदालतको आदेश अनुसार कैद हुनसक्ने तर थुनछेक आदेशमा थुनामा बसेर मुद्दा लड्नु नपर्ने अहिलेको ऐनले व्यवस्था गर्न खाजेको बताउनु भयो । उहाँले ऐन संशोधनमा पनि व्यक्तिलाई थुनामा राखेर कारबाही गर्ने व्यवस्थालाई हटाउन खोजिएको बताउनु भयो । उहाँले बैंकिङ कसुर सम्बन्धि काठमाडौंमा मात्रै १० हजार बढी मुद्दा रहेको भन्दै त्यसलाई सहजिकरण गर्नको लागि यसलाई दुनियाँवादी मुद्दामा राख्दा सहज हुने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो,‘बैंकिङ कसुर तथा सजाय ९दोस्रो संशोधन० विधेयक २०८० मा केही विषय स्पष्ट बनाउनुपर्छ । बैंकको चेक अनादरको विषय दुनियावादी फौजदारी मुद्दाको रुपमा छाड्ने वा अभियोगपत्रको माध्यमबाट जाने विषयमा हामी दुनियावादी मुद्दाको रुपमा यसलाई राख्न उपयुक्त हुन्छ । भन्ने मान्यतामा छौं । सर्वोच्च अदालतको फुल बेन्चले गरेको व्याख्याको सन्दर्भमा हामीलाई भन्न आपत्ति छैन । स्पष्ट रुपमा दुईमध्ये एक राख्नुपर्छ । दुनियाँवादी फौजदारी मुद्दाको रुपमा लिएर जान सकिन्छ । मुलुकी ऐनमा पनि कतिपय मुद्दाहरु जाहेरी लिएर जाने व्यवस्था छ । कतिपय व्यक्ति आफैँले फिरातपत्र लिएर जाने व्यवस्थाहरु हुन्छन् । जुनबाट भएपनि अदालतको आदेशमा कैद हुनसक्छ । थुनछेक आदेशमा थुनामा बसेर मुद्दा लड्नु नपर्न सक्छ । दुनियाँवादी र सरकारवादीको आदरभुत भिन्नता त्यो हो । ऐन संशोधनमा पनि व्यक्तिलाई थुनामा राखेर कारबाही गर्ने व्यवस्थालाई हटाउन खोजिएको छ । जति सुकैको चेक भएपनि बढीमा २ वर्षसम्म जेल बस्नुपर्ने प्रश्ताव गरिएको छ । यसको सन्देश थुनामा राखेर कारबाही गर्ने होइन भन्ने देखिन्छ । अहिले बैंकिङ कसुर सम्बन्धि काठमाडौंमा मात्रै १० हजार बढी मुद्दा रहेका छन् । त्यसलाई सहजिकरण गर्नको लागि यसलाई दुनियाँवादी मुद्दामा राख्दा सहज हुने देखिन्छ ।’

उहाँले बैंकिङ कसुर तथा सजाय ९दोस्रो संशोधन० विधेयक २०८० मात्रै सहकारीलाई नेपाल राष्ट्र बैंकले नियमन विषय राखेर केही नहुने बताउनु भयो । उहाँले सहकारीलाई समेट समेटेर जाने हो भने सबैभन्दा पहिला राष्ट्र बैंक ऐनलाई संशोधन गरी सहकारी बैंकहरुलाई पनि राष्ट्र बैंकले नियमन गर्ने ऐनमा व्यवस्था गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले राष्ट्र बैंकको ऐनमा समावेश नभएसम्म राष्ट्र बैंकको क्षेत्राधिकार बाहिर गएर काम गर्न सहज नभएको बताउनु भयो । उहाँले सहकारी ऐन र बैंकिङ कसुर तथा सजाय ऐनमा मात्रै समावेश गरेर मात्रै समाधान नहुने अवस्था देखिएको उल्लेख गर्नुभयो ।