४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीलाई काँग्रेस सांसद भट्टको जवाफ: देश रहरमा चल्दैन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा नेपाली काँग्रेसका सांसद नारायणदत्त भट्टले देश रहरमा नचल्ने बताउनुभएको छ ।

बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । नेकपा (माओवादी केन्द्र) का सांसदको सवालमा जवाफ दिँदै उहाँले देश कसैको रहरमा नभइ कानून र विधि अनुसार चल्ने बताउनु भयो । उहाँले संविधान संशोधनको कुरा गर्दा मात्रै पनि ज्वरो आउनुपर्ने कारण नरहेको बताउनु भयो । उहाँले सरकार गयो भन्ने धङधङीमा नरहन माओवादीलाई आग्रह गर्नुभयो । उहाँले देश, जनता, मुलुक, राष्ट्र, राष्ट्रियताका पक्षधरहरु सबैको उद्देश्य दजनताको सेवा गर्ने हुनुपर्ने बताउनु भयो । विपद्मा परेकाहरुको उचित व्यवस्था गर्न पनि सरकारसँग आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी धङधङीमा छौँ । सरकार गयो, किन गयो, कसका कारणले गयो । म विनम्रताकासाथ अनुरोध गर्न चाहन्छु । त्यसको कारक काँग्रेस नै हो । कि हामी पनि हौँ । यो देश रहरमा चल्छ? आज देश, जनता, मुलुक, राष्ट्र, राष्ट्रियताका हामी पक्षधरहरु जो जहाँ भएपनि हामी सबैको भावना देश सेवा र जनताको सेवा गर्ने उद्देश्य होइन र ? हामी जहिले पनि आरोप, प्रत्यारोप उत्रिने । बोल्न मन नलागेको विषयमा पनि प्रयास गर्नुपर्ने । आज देशमा विपत्ति छ, बाढी, पहिरो छ । ति जनताको व्यवस्था, अवस्था, बस्ने बसाई, खानेकुरामा यो सरकारको ध्यान जाओस् ।’

सांसद भट्टले विपत्तिमा परेकाहरुलाई सरकारले छिटो भन्दा छिटो राहतको व्यवस्था गर्न आग्रह गर्नुभयो ।