१९ असार २०८३, शुक्रबार
,
Latest
‘कुखुराको मासु र अण्डा पकाएर खान सुरक्षित छ’ कोशी प्रदेशसभा: विधेयकमाथि छलफल सुरु वैदेशिक रोजगारीमा ठगी गर्नेलाई सरकारको कडा चेतावनी: एकैदिन १९ विरुद्ध पक्राउ पुर्जी, २५ नयाँ मुद्दा… केयूको ३१औँ दीक्षान्तमा पन्ध्र सय विद्यार्थी दीक्षित बैतडीमा बस दुर्घटना, १७ जना घाइते राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु कर्तव्य ज्यान मुद्दाका फरार घर्तीमगर पक्राउ धनुषामा अनियन्त्रित रथका कारण बालिकाको मृत्यु सरकारले तत्काल राष्ट्रिय चिया लिलाम बजारको स्थापना गर्नुपर्दछः नेकपा सांसद अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योग र श्रमिकहरुबीच समन्वयको आवस्यकता रहेको सरोकारवालाहरु जोड



अ+ अ-

काठमाडौं । कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई माथि उठाउन उद्योग र श्रमिकहरुबीच समन्वयको आवस्यकता रहेको सरोकारवालाहरुले बताएका छन् । 

कोभिड १९ का कारण रोजगारी र औद्योगिक क्षेत्रको सम्बन्धमा अरेको असर सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारालाहरुले विपदको अवस्थामा श्रमिक र रोजगारदताबीच समन्वय गरेर अगाडि बढ्नुको विकल्प नभएको बताएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष रामचन्द्र संघाईले रोजगारी गुामाएकालाई पुन रोजगारीमा फर्काउन चुनौति भएको बताउनुभयो । पर्यटन, रेस्टुरेन्ट, साना तथा मझौला उद्योगलाई पुरानै अवस्थामा फर्काउन अझै २÷३ वर्ष लाग्ने भएकाले रोजगारी फर्काउन समेत चुनौति देखा परेको बताउनुभएको हो ।

ट्रेड युनियन कांग्रेसका कार्यवाहक अध्यक्ष महेन्द्र यादवले श्रमिक र उद्योगबीचको सम्बन्ध सुधार्नुपर्ने अवस्था आएको बताउनुभयो । कोभिडका कारण उद्योग र श्रमिक दुवैलाई समस्या परेको अवस्थामा मिलेर समस्याको समाधान गर्नुको विकल्प नरहेको पनि यादवले बताउनुभयो ।

अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष धनबहादुर बिकले देशको लागि उद्योग कलकारखाना चाहिएको हो भने श्रमिकका समस्या सबैभन्दा पहिला समाधान हुनुपर्ने बताउनुभयो । अहिले पनि उद्योग लगानीकर्ताको मात्रै हो भन्ने सोच राख्ने हो भने समस्या उत्पन्न हुने बताउनुभयो ।

कोरोनाका कारण उद्योग व्यवसाय पुरानै लयमा सूचारु हुुन नसक्दा करिब १५ लाख रोजगारी गुमेको अनुमान गरिएको छ । यस्तै वैदेशिक रोजगारीबाट डेढ लाख बढी युवाहरु स्वदेश फर्किएका छन् । त्यसैले पनि रोजगारी संकट समाधान गर्नका लागि श्रमिक, उद्योग र सरकारबीच समन्वय हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका हुन् ।