१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

दुई दलिय शासन व्यवस्था नेपाली जनतालाई स्वीकार्य छैन: अध्यक्ष नेपाल

दुई दलिय शासन व्यवस्था नेपाली जनतालाई स्वीकार्य छैन: अध्यक्ष नेपाल
अ अ+ अ-

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले दुई दलिय व्यवस्था नेपाली जनताकालागि स्वीकार्य नहुने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष नेपालले दुई दलिय व्यवस्था नेपाली जनताका लागि स्वीकार्य नहुने बताउनुभएको हो । उहाँले संविधान संशोधनमार्फत देशमा दुई दलिय व्यवस्था ल्याउन खोजिएको भन्दै दुई दलिय शासनको कुराले देशलाई नोक्शान पुर्‍याउने बताउनु भयो । दुई दलिय शासन व्यवस्था कसैले नसहने उहाँको भनाई छ । उहाँले बंगलादेशको घटनाले सबैलाई सचेत बनाएको भन्दै कुनै किसिमको तानाशाही नेपालमा चल्न नसक्ने बताउनु भयो । उहाँले नेपाली जनतालाई प्रतिगमन र अधिनायकवाद स्वीकार्य नभएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – ‘प्रधानमन्त्रीले के कुरा ल्याउनुभयो भनेदेखि अहिले त हामीले संविधान संशोधन गर्न खोजिरहेका छौँ । क्या मिठा कुरा छ । अनि मध्यरातमा हस्ताक्षर गर्ने हो ? दुई दलिय शासन ल्याउन खोजेको हो ? दुई दलिय शासन नेपालमा आउन सक्दैन । हामी आउन दिँदैनौँ । बहुदलिय व्यवस्था हामीले ल्याएका हौँ । बहुदलिय व्यवस्था यहाँ रहन्छ । बहुदलिय लोकतन्त्र, गणतन्त्रलाई, संघीय लोकतन्त्रलाई, हामी अझै समृद्ध बनाउन चाहन्छौँ । अनुभवको आधारमा त्रुटी, कमजोरीलाई सुधारेर । तर कति समय पछि ? के छलफलको विषय बनाउनु पर्दैनथ्यो ?बोलाउनु पर्दैनथ्यो ? मध्यरातमा कागजमा सही गर्नुपथ्र्यो ? यसबाट नियत के हो भन्ने कुरा बुझ्न सकिन्छ ।’

‘हाम्रो शेरबहादुर(शेरबहादुर देउवा) माननीय पनि धेरै सोझो हुनुहुन्छ । उहाँले त्यति बुझ्दै बुझ्नुहुन्न जस्तो पनि लाग्छ । बुझ्न त फेरि सिपालु हुनुहुन्छ । ख्याल गर्नुस्, दुई दलिय शासनको कुराले देशलाई नोक्सान पुर्‍याउँछ । कोही सहनेवाला छैनन् । यसअर्थमा म सुनिरहेको छु ठुल्ठुलो प्रवचनहरु दुई दलिय प्रणाली नेपालमा स्थापित गर्नुपर्छ । अरु पार्टीको कुनै काम छैन । त्यसको कुनै भुमिका हुँदैन । महत्व छैन । यो सबै कसैलाई लागेको छ भने त्यो भ्रमबाट मुक्त हुनुस् । अहिले एउटा घण्टी बजेको छ(यो रास्वपाको भनेको होइन है) । बंगलादेशको घटनाले सबैलाई सचेत बनाएको छ । कुनै किसिमको तानाशाही नेपालमा चल्न सक्दैन । टिक्न सक्दैन । प्रतिगमनको, अधिनायकवादको, दुई दलिय शासनको, दुई दलिय नाममा एक दलिय शासनमा जाने कुरा नेपाली जनतालाई स्वीकार्य छैन ।’

अध्यक्ष नेपालले नेपाललाई शान्ति प्रक्रियामा ल्याउन आफूले महत्वपूर्ण भुमिका खेलेको भन्दै त्यसको चर्चा समेत गर्नुभयो । उहाँले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने नाममा प्रमुख तीन राजनीतिक दलहरुले मात्रै चोचोमोचो नमिलाउन आग्रह गर्नुभयो ।