१९ माघ २०८१, शनिबार
,
Latest
अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न सात जना पक्राउ कांग्रेस भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत पर्यटन अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधार होः मुख्यमन्त्री आचार्य पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी ‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने क्यानको निर्णय हमासले थप ३ इजरायली बन्धक रिहा गर्ने महाकुम्भ मेलामा ७७ देशका ११८ सदस्यीय प्रतिनिधि भ्रमण गर्दै बचतकर्ताको रकमको सुरक्षित हुनुपर्नेमा सभापति देउवाको जोड ठमेलमा लागेको आगलागीबाट ६५ लाखको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज सर्वदलीय बैठक बस्ने



अ+ अ-

काठमाडौं । आज (मंगलबार) सर्वदलीय बैठक आह्वान गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समसामयिक राष्ट्रिय राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको हो । बैठक आज बिहान ११ बजे बालुवाटारमा बोलाइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार

मुलुकमा देखिएका विभिन्न राजनीतिक समस्या र कोभिड व्यवस्थापनबारे प्रमुख दलका प्रतिनिधिहरूसँग छलफल गरी उपयुक्त निकास निकाल्ने उद्देश्यसहित प्रधानमन्त्रीले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो । 

बैठकमा पछिल्ला दिनमा राजावादीहरूले विभिन्न जुलुस र धर्ना कार्यक्रम आयोजना गरी संघीय शासन प्रणालीमाथि नै घृणा जगाउन खोजेकाले यस विषयमा गम्भीर रूपमा छलफल हुने बताइएको छ । संसद्का प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिलाई बैठकमा बोलाइएको भए पनि राजावादी आन्दोलनलाई सहयोग गर्ने दलका प्रतिनिधिहरूलाई भने बैठकमा बोलाइएको छैन ।