७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

सात वर्षमा पनि बनिसकेन बालाजु–त्रिशूली सडक

सात वर्षमा पनि बनिसकेन बालाजु–त्रिशूली सडक
अ+ अ-

काठमाडौँ । निर्माण शुरु भएको सात वर्ष बित्दासमेत बालाजु–त्रिशूली सडक सम्पन्न भएको छैन । चारपटक अवधि थप भएको यो सडकको अवधि पुससम्म भए पनि त्यो समयसम्म पनि सम्पन्न हुने नदेखिएको बालाजु–त्रिशूली–छहरे सडक योजनाले जनाएको छ । जम्मा ५५ किलोमिटर लम्बाइको बालाजु–त्रिशूली सडक दुई फरक निर्माण व्यवसायीले निर्माण गरेकामा दुवैतर्फको सडकको प्रगति राम्रो नभएको योजनाका प्रमुख जगत प्रजापतिले बताउनुभयो । उहाँका अनुसार यो सडकमा बालाजुबाट ककनीसम्म एउटा ठेक्का र ककनीबाट पिपलटारसम्म अर्को ठेक्का हो ।

बालाजुबाट ककनी सडकमा एआइपिएल र सैलुङ कम्पनीले निर्माण गरिरहेको छ । निर्माण कम्पनीले तिहारपछि काम शुरु गरेर अबको केही समयभित्र तीनपिप्लेसम्मको कालोपत्रको तयारी गरेको छ । उहाँले भन्नुभयो, “त्यस ठाउँसम्म अबको १० दिनसम्म सक्ला कि भन्ने देखिन्छ ।” बालाजु–ककनी सडकको अवधि एक महिना मात्रै बाँकी भए पनि सो अवधिमा सम्पन्न हुने नदेखिएको प्रमुख प्रजापतिले बताउनुभयो । कोभिडका कारण अवरुद्ध आयोजनाको अवधि थप छ महिनाका लागि थप्ने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । सोहीअनुसार अवधि थपका लागि निवेदन आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “असारसम्ममा सक्छ कि भन्ने देखिन्छ ।”

पटक–पटक अवधि थप गरिए पनि निर्माण व्यवसायीले अझै काम नियमित नगरेको प्रमुख प्रजापतिले बताउनुभयो । योजनाले पटक–पटक काम अघि बढाउन भन्दै आएको उहाँको भनाइ छ । ठेक्का सम्झौता भएको लामो समय बित्दासमेत ढिलाइ गरेकाले सरकारले कम्पनीलाई जरिवाना गरिसकेको छ । कम्पनीलाई रु तीन करोड ६५ लाख जरिवाना गरिएकामा रु दुई करोड असुली भइसकेको छ । रु एक करोड ६५ लाख असुली बाँकी भएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “त्यो पनि काम गराएर असुली गरिनेछ ।”

सरकारले अहिलेसम्म चारपटक अवधि थप गरिसकेको छ भने अब थप्दा पाँचपटक थप हुनेछ । विसं २०७०÷७१ मा सडक निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । पछिल्लोपटक सार्वजनिक खरिद नियमावलीको नवौँ संशोधनअनुसार गत वर्ष भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयले पुस मसान्तसम्म अवधि थप गरेको थियो ।

बालाजु–त्रिशूली–छहरे सडकमा बालाजु–त्रिशूली दुई ठेक्का र त्रिशूली–छहरे एउटा ठेक्का गरी तीन ठेक्का रहेको छ । तीमध्ये तीनवटै ठेक्कामा काम ढिलाइ भएको छ । पछिल्लो समय तुलनात्मकरूपमा त्रिशूली छहरे सडकमा प्रगति राम्रो दखिन्छ । बालाजु–त्रिशूली ५५ किमी र त्रिशूली–छहरे ११ किमी गरेर यो योजनाले ६६ किमी सडक हेरिरहेको छ । यी तीनै कम्पनीसँग विसं २०७०÷७१ मा ठेक्का सम्झौता भएको थियो । पटक–पटक अवधि थए भएको भए पनि पछिल्लोपटक थपिएको अवधिमा त्रिशूली छहरे खण्डमा निर्माण सम्पन्न हुने देखिएको छ । ककनी पिपलटारसम्म निर्माणको काम ठप्प छ । पाँच महिनादेखि सो ठेक्का अदालतमा विचाराधीन भएकाले निर्माण अघि बढ्न नसकेको हो ।