३१ श्रावण २०८३, आईतवार
,
Latest
बालेनप्रति ओलीको कटाक्ष– मादल बजाउन नजान्नेलाई मादल दिँदा राम्रो संगीत निस्कँदैन बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ? स्थानीय बजारमा सुनचाँदीको मूल्य बढ्यो शिक्षा ऐन निर्माणअघि सातै प्रदेशमा ‘शिक्षा संवाद’ कैलालीका सामुदायिक वनमा उत्पादनमुखी वृक्षरोपणलाई प्राथमिकता भारतको उत्तराखण्डमा निर्माणाधीन सुरुङ भत्किँदा सात जनाको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पूर्वी चीनको हङ्जे तालमा बाढी नियन्त्रणका लागि ६३ वटै ढोका खोलिए पोखराका ठूला पूर्वाधार आयोजना भदौभित्रै टेण्डर प्रक्रियामा जाने, विकास र भूमि व्यवस्थापनका कार्य तिब्र अध्यक्ष ओलीले भने– पार्टीमा बस्ने भए अनुशासनमा बस्नुस्, नत्र आफ्नो बाटो रोजे हुन्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी ठगी प्रकरणमा रास्वपा सभापति लामिछानेलाई सरकारले तत्काल अनुसन्धान गर्नुपर्छ: गगन थापा



अ+ अ-

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीमा संलग्न रहेको आरोप लगाउँदै तत्काल अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग गर्नुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा उहाँले करोडौं सहकारीमा ठगी गरेका तत्कालिन गृहमन्त्री लामिछाने तत्काल छानविन गरी कारबाहीको दायरामा ल्याउन गृहमन्त्री रमेश लेखकसँग आग्रह गर्नुभएको हो ।

तत्कालीन प्रमुख प्रतिपक्ष दलको सांसदको हैसियतमा लेखकले लामिछानेले पोखराको सूर्यदर्शन सहकारीबाट करोड रुपैयाँ बुझिलिएको प्रमाण पेश गरेको उल्लेख गर्दै महामन्त्री थापाले सोही प्रमाणको आधारमा उहाँमाथि छानविन गर्नुपर्ने बताउनु भयो । उहाँले जतिसुकै शक्तिशाली भएपनि सरकारले अनुसन्धानको दायरामा ल्याएर आफू को हँु भन्ने प्रमाणित गरेर देखाउनुपर्ने पनि बताउनु भयो । उहाँले प्रतिपक्षमा रहँदा गिरिबन्धु टि स्टेट, भूटानी शरणार्थी प्रकरणमा घोटाला देख्ने तर सत्तामा आएपछि देख्दै नदेख्ने काम सरकारले गर्न नहुने पनि दोहोर्‍याउनु भयो ।

महामन्त्री थापाले भन्नुभयो,‘जतिसुकै बलियो होस्, जतिसुकै पहुचवाला होस् । तर अनुचित लाभ पनि एक रुपैयाा पनि लिन दिन्नौं । राज्यको कोषमा एक रुपैयाँ पनि तलमाथि हुन दिन्नौं भन्ने कुराको ग्यारेन्टी गर्नुपर्छ । विश्वास दिलाउनु पर्छ । २०८० साल चैत्र ६ गते पोखरा महानगरपालिकाले सूर्य दर्शन सहकारीको बारेमा एउटा अध्ययन गर्‍यो । त्यो अध्ययनलले नामै किटेर माननीय रवि लामिछानेले एक करोड रकम जम्मा गरेको देखियो । यस्तो रकम थुप्रै जम्मा भएको कारणले गर्दा माग २२ गते पीडितहरुले पोखरामा गएर जाहेरी दिन गए । प्रहरीले जाहेरी पनि लियो । त्यो बेला पुरानै जाहेर भएको पुरक जाहेरी भनिदियो । पछि गृहमन्त्री भएपछि त यो जाहेरी नै होइन भनिदियो । त्यसकारण रमेश लेखकले त्यहाँ उभिएर के भन्नु भएको थियो भने यो प्रमाण हो सम्माननीय सभामुख महोदय ।’

‘यो प्रमाण होइन भने के हो प्रमाण ? यो प्रमाणको आधारमा गृह मन्त्रालयले तत्काल अनुसन्धान गर्नुपर्छ भनेर उहाँले यहाँ उभिएर भन्नुभएको थियो । अहिले यतातिर पुग्नुभएको छ । अब सरकार फेरियो, कुरा फेरिन्छ ? फेरिन्न । सम्माननीय सभामुख महोदय, यो सदनमा हामी पनि छौं । हामी त्यहाँ बस्दा एउटा, यहाँ बस्दा अर्को भन्दैनौं । यता बस्दैगर्दा गिरिबन्धु देख्दै नदेख्ने, डेडिकेटेड टं«कलाइन देख्दै नदेख्ने, बसेर सहकारी मज्जाले ठग्ने, उता बसेपछि सबै देख्ने होइन । हामी उता बस्दा पनि त्यही हो, यता बस्दा पनि त्यही हो । गिरिबन्धुको पनि जे हो, त्यही हुनुपर्छ, भूटानीको पनि जे हो, त्यही हुनुपर्छ । डेडिकेटेडमा पनि सरकार, राज्य कहीँ पनि ठगिनु हुन्न । सहकारी ठगलाई पनि अनुसन्धान गर्नैपर्छ । जो जतिसुकै शक्तिशाली होस् । म को हुँ भनेर सरकारले त यसरी प्रमाणित गरेर देखाओस् ।’

महामन्त्री थापाले डेडिकेटेड टं«कलाइनको वक्यौता रकम राज्य नठगिने गरी असुली गर्न पनि सरकारलाई दबाब दिनुभयो ।