७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

विद्युतको ३८ करोड बक्यौता

विद्युतको ३८ करोड बक्यौता
अ+ अ-

वीरगञ्ज । नेपाल विद्युत् प्राधिकरण पोखरीया वितरण केन्द्रले समुदायस्तरमा रहेका विद्युत् उपभोक्ता समितिबाट ३७ करोड ८७ लाख ९ हजार २९४ रुपैया बक्यौता रकम उठाउन सकेका छैन् । पर्साका १४ स्थानीय तहमध्ये पोखरीया वितरण केन्द्रको मातहतका १३ स्थानीय तहमा रहेका ३० विद्युत् उपभोक्ता समितिमध्ये २२ वटासँग उक्त रकम बाँकी रहेको केन्द्रका प्रमुख इन्जिनीयर उपेन्द्रनारायण यादवले राससलाई बताउनुभयो । 

कोरोना सङ्क्रमणको कारण लामो समयदेखिको बन्दाबन्दीले उपभोक्ता समितिसँग रकम उठाउन नसकिएको भन्दै केन्द्रका प्रमुख यादवले भन्नुभयो “समुदायस्तरमा रहेका विद्युत् उपभोक्ता समितिले आफ्ना ग्राहकसँग रकम उठाएर प्राधिकरणलाई नतिर्ने परिपाटीको कारण सो रकम हालसम्म उठाउन नसकिएको भए पनि समयमै रकम भुक्तानी गर्न पत्राचार गरिएको छ ।” विगतमा ४१ दशमलव ७३ प्रतिशत चुहावट रहेकोमा कडाइ गरिएपछि सो चुहावट २८ प्रतिशतमा झरेको जनाइएको छ । सो केन्द्रसँग हाल १३ हजार ग्राहक रहेका छन् । 

 यातायातको  ११ करोड कम राजश्व 

सवारी सरुवा सहमति दस्तुरमा सरकारले नयाँ नियम लगाएको कारण यातायात व्यवस्था कार्यालय (सवारी) पर्सा वीरगञ्जले गत आर्थिक वर्ष भन्दा यस आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा ११ करोड २५ लाख १३ हजार कम राजश्व उठाएको छ । 

सो कार्यालयले आर्थिक वर्ष २०७७/७८ को कात्तिक मसान्तसम्ममा १८ हजार ९४३ सवारी साधन दर्ता गरी रु ३४ करोड १७ लाख ८५ हजार मात्र राजश्व सङ्कलन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७६/७७ को कात्तिक मसान्तसम्ममा ४५ हजार २७७ वटा सवारी साधन दर्ता गरी ४५ करोड ४२ लाख ९८ हजार रुपैया सङ्कलन गरेको सो कार्यालयका प्रमुख कुशेश्वर साहले राससलाई बताउनुभयो । अघिल्लो आर्थिक वर्षमा सवारी सरुवा दस्तुरमा नयाँ व्यवस्था नभएकोले राजश्व बढी उठेको थियो तर यस आर्थिक वर्षमा सो सम्बन्धी नयाँ व्यवस्था गरेकोले राजश्व घटन गएको जनाइएको छ । अघिल्लो वर्षसम्म भन्सारबाट आएको गाडी वीरगञ्ज कार्यालयबाटै दर्ता भई अन्य जिल्लामा जाने गरिन्थ्यो तर देश सङघीयतामा गएपछि अब गाडीको सहमति ल्याउँदा वीरगञ्जमा लाग्ने दस्तुर हटाइएकोले राजश्व प्रभावित भएको सो कार्यालयले जनाएको छ ।