२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले मेहनत गरिराखेको देख्दा खुशी लागेको छ: गगन थापा



अ+ अ-

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको कामकारबाहीप्रति सन्तुष्टि व्यक्त गर्नुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्रीेले मेहनत गरेको देख्दा खुशी लागेको महामन्त्री थापाको टिप्पणी थियो । उहाँले मन्त्रीहरुलाई भने २ वर्षको समय ठूलो भएकाले धेरै काम गर्न सकिने बताउनु भयो । उहाँले कामको आधारमा मन्त्रीहरुको प्रशंसा र आलोचना दुवै गर्ने पनि बताउनु भयो । मन्त्रीहरुले गलत काम गरे आफूले आलोचना गर्ने महामन्त्री थापाले बताउनु भयो । उहाँले मन्त्रीहरुलाई आफ्नो कार्यकाल हेरेर कार्ययोजना बनाउन पनि सुझाव दिनुभयो । सरकारका मन्त्रीहरुलाई काम गर्नका लागि आफूले सदा साथ दिने महामन्त्री थापाले प्रतिवद्धता समेत व्यक्त गर्नु यो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीेले मेहनत गरेको देखिराखेको छु । खुशी लागेको छ । मन्त्रीजीहरुले शुरुमा खादामाला लगाउनुभएको भएपनि बिस्तारैबिस्तारै कार्य योजनाहरु बनाई राख्नुभएको छ । शुरुशुरुमा त्यस्तै हुन्छ । हामीलाई पनि त्यही थियो । तर मेरो अनुभव छ । यो २४ महिनाका लागि मन्त्री हुनुभएको छ । यो समय भनेको सानो समय होइन । नौ महिनाको मन्त्री हुँदाको मेरो अनुभव छ । यो समय भित्र धेरै गर्न सकिन्छ । त्यसैले म सम्माननीय प्रधानमन्त्रीजीलाई त उहाँ भएको बेलामा नै भनौला । तर म समाननीय सभामुखमार्फत सरकारमा रहेका मन्त्रीहरुलाई भन्न चाहन्छु–हामी सबैको शुभेच्छा छ । हाम्रो साथ छ । हामी आतुर छौं तपाईहरुलाई मद्दत गर्नका लागि । हामी कामको आधारमा प्रशंशा गर्न चाहन्छौ । तर हामी प्रश्न पनि गर्छौ । गलत गर्न भयो भने हामी आलोचना पनि गर्छांै । यो २४ महिनामा एक महिना गयो । आफ्नो मन्त्रालयमा २४ महिना भित्र के गर्ने भनेर योजना बनाउनैपर्छ ।’

महामन्त्री थापाले एक महिनाको अवधिमा कार्ययोजना बनाउने काममा मन्त्रीहरुले समय व्यतित गरेको आफूले बुझेको उल्लेख गर्दै अब काममा तिब्रता दिनुपर्ने बताउनु भयो ।