१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

प्रधानमन्त्रीले मेहनत गरिराखेको देख्दा खुशी लागेको छ: गगन थापा

प्रधानमन्त्रीले मेहनत गरिराखेको देख्दा खुशी लागेको छ: गगन थापा
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको कामकारबाहीप्रति सन्तुष्टि व्यक्त गर्नुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्रीेले मेहनत गरेको देख्दा खुशी लागेको महामन्त्री थापाको टिप्पणी थियो । उहाँले मन्त्रीहरुलाई भने २ वर्षको समय ठूलो भएकाले धेरै काम गर्न सकिने बताउनु भयो । उहाँले कामको आधारमा मन्त्रीहरुको प्रशंसा र आलोचना दुवै गर्ने पनि बताउनु भयो । मन्त्रीहरुले गलत काम गरे आफूले आलोचना गर्ने महामन्त्री थापाले बताउनु भयो । उहाँले मन्त्रीहरुलाई आफ्नो कार्यकाल हेरेर कार्ययोजना बनाउन पनि सुझाव दिनुभयो । सरकारका मन्त्रीहरुलाई काम गर्नका लागि आफूले सदा साथ दिने महामन्त्री थापाले प्रतिवद्धता समेत व्यक्त गर्नु यो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीेले मेहनत गरेको देखिराखेको छु । खुशी लागेको छ । मन्त्रीजीहरुले शुरुमा खादामाला लगाउनुभएको भएपनि बिस्तारैबिस्तारै कार्य योजनाहरु बनाई राख्नुभएको छ । शुरुशुरुमा त्यस्तै हुन्छ । हामीलाई पनि त्यही थियो । तर मेरो अनुभव छ । यो २४ महिनाका लागि मन्त्री हुनुभएको छ । यो समय भनेको सानो समय होइन । नौ महिनाको मन्त्री हुँदाको मेरो अनुभव छ । यो समय भित्र धेरै गर्न सकिन्छ । त्यसैले म सम्माननीय प्रधानमन्त्रीजीलाई त उहाँ भएको बेलामा नै भनौला । तर म समाननीय सभामुखमार्फत सरकारमा रहेका मन्त्रीहरुलाई भन्न चाहन्छु–हामी सबैको शुभेच्छा छ । हाम्रो साथ छ । हामी आतुर छौं तपाईहरुलाई मद्दत गर्नका लागि । हामी कामको आधारमा प्रशंशा गर्न चाहन्छौ । तर हामी प्रश्न पनि गर्छौ । गलत गर्न भयो भने हामी आलोचना पनि गर्छांै । यो २४ महिनामा एक महिना गयो । आफ्नो मन्त्रालयमा २४ महिना भित्र के गर्ने भनेर योजना बनाउनैपर्छ ।’

महामन्त्री थापाले एक महिनाको अवधिमा कार्ययोजना बनाउने काममा मन्त्रीहरुले समय व्यतित गरेको आफूले बुझेको उल्लेख गर्दै अब काममा तिब्रता दिनुपर्ने बताउनु भयो ।