१ असार २०८३, सोमबार
,
Latest
गर्मीबढेसँगै महोत्तरीमा सर्प दंशका बिरामी बढे सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्‍यो : महासचिव पोखरेल ऊर्जा मन्त्रालयको हटलाइन ११५१ मार्फत १३ हजारभन्दा बढी गुनासो समाधान एमाले प्रचार शैली प्रविधि अभावका कारण ‘रक्षात्मक’ बनेको स्वीकार, डिजिटल दक्षता बढाउन जोड सुस्तामा सीमा सुरक्षाका लागि सरकारले तत्काल सशष्त्र प्रहरीको स्थायी क्याम्पको व्यवस्था गर्नुपर्दछः सचेतक मेचे सङ्घीय निजामती ऐन तत्काल जारी गर्न लोक सेवा आयोगको आग्रह, एकल विश्वविद्यालय सेवा आयोग बनाउन… १८ दिन बितिसक्दा समेत मन्त्रालयगत बजेट विवरण सार्वजनिक नगरिएको भन्दै नेकपाले उठायो सरकारको पारदर्शितामाथि प्रश्न काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८३\०८४ का लागि नीति तथा कार्यक्रम पारित भारतसँग देखिएको चिया निर्यात सम्बन्धि समस्या सरकारले तत्काल सम्बोधन गरोस्ः जयन्तिदेवी राई केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

ध्वनि प्रदूषणले हैरानी



अ+ अ-

दमक । झापाका माछा व्यापारीका चर्को ध्वनि प्रदूषणले जिल्लावासी हैरानी भएका छन् । गाडीमार्फत माछा बिक्रीका लागि माइकिङ गर्दा जिल्लावासी हैरानी भएका हुन् । 

पछिल्ला समय व्यापारीले गाडीमार्फत चौक र बजारसम्म डुलाउँदै माछा बेच्ने क्रम बढ्दो छ । गाडीमा माछा राखेर चर्को ध्वनि गरेर बजारीकरण गर्दा ध्वनि प्रदूषणले गर्दा चौक र  बजारका बासिन्दा बढी प्रभावित हुनु परेको गुनासो छ । औषधि व्यवसायी सङ्घ झापा शाखाका अध्यक्ष गौतम गुप्ताले माछा व्यापारीले चर्को ध्वनि प्रदूषणले हैरानी भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “माछा बेच्नका लागि गरिने यस्तो प्रचार शैली सम्बन्धित निकायले तुरुन्त रोक लगाउनुपर्छ ।”
    
विर्तामोड–२ को हेभन वाटर पार्क, विर्तामोडकै रारा कृषि फार्म, हरियाली माछा फार्म, चुलाचुली–१ को साम्दाङवा एग्रो लगायतका कृषि फार्मले गाडीमा माछा विक्रीवितरण गर्दै आएका छन्  । यस्ता फार्म हाउसले आफ्नै उत्पादनसँगै अन्य माछापालक किसानको माछा किनेर उपभोक्तालाई बिक्री गरिआएका छन् । गाडीमा राखेर गाउँगाउँमा डुलाउँदै माछा बेच्दा धेरै बिक्री हुने गरेका कारण पनि व्यापारीले बाजागाजा गरेर व्यापार गर्न आकर्षित भएका हुन् । बाजागाजाबाट निस्कने ध्वनि प्रदूषणका बारेमा भने व्यापारी चासो राख्दैनन् ।

हेभनले पूर्वमा सम्भवतः सबैभन्दा ठूलो माछा उत्पादन गरिआएको छ । हेभनले आफ्ना उत्पादनसँगै स्थानीय किसानको माछा खरिद गरी पूर्वमै बढी माछा बिक्री गर्दै आएको छ । हेभनले माछा बिक्रीका लागि बजारमा आधा दर्जनभन्दा बढी साना तथा ठूला गाडी सञ्चालन गर्र्दैआएको छ । बजारमा हेभनका जस्तै कतिपयले त्यसैको सिको गर्र्दै धमाधम बजार खोज्न थालेपछि प्रचार शैलीमाथि सार्वजनिक रुपमा रोक लगाउन मागसमेत बढ्दै गएको सरोकारवालाहरु बताउँछन् । 

उपभोक्ता हित संरक्षण मञ्च दमकका सचिव गोपाल झापाली माछा बजारमा गरिँदै आएको बाजागाजा सहितको प्रचार शैली असभ्य भएको बताउनुहुन्छ । सबै माछा व्यापारीले यसरी नै बजार डुलाउँदै जाने हो भने के अवस्था होला ? उहाँले भन्नुभयो, “बजार खोज्ने शैलीलाई सच्याउनुपर्छ, अहिलेको जस्तो आतङ्क फैलाएर बजार प्रभावित गर्न पाइँदैन ।” सरकारले सवारीसाधनलाई समेत हर्न बजाउन निषेध गरिआएको अवस्थामा जिल्लामा भने माछा व्यापारीले हर्न झैँ चर्को बाजागाजा गरेर व्यापार गर्दा नियमकारी निकाय बेखबर छ । स्थानीय तह र प्रहरीले सार्वजनिक रुपमा रोकावट गरेका छैनन् ।




भर्खरै