३१ श्रावण २०८३, आईतवार
,
Latest
शिक्षा ऐन निर्माणअघि सातै प्रदेशमा ‘शिक्षा संवाद’ कैलालीका सामुदायिक वनमा उत्पादनमुखी वृक्षरोपणलाई प्राथमिकता भारतको उत्तराखण्डमा निर्माणाधीन सुरुङ भत्किँदा सात जनाको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पूर्वी चीनको हङ्जे तालमा बाढी नियन्त्रणका लागि ६३ वटै ढोका खोलिए पोखराका ठूला पूर्वाधार आयोजना भदौभित्रै टेण्डर प्रक्रियामा जाने, विकास र भूमि व्यवस्थापनका कार्य तिब्र अध्यक्ष ओलीले भने– पार्टीमा बस्ने भए अनुशासनमा बस्नुस्, नत्र आफ्नो बाटो रोजे हुन्छ जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्द्धनका लागि सरकारको साथ रहन्छ: अर्थमन्त्री सर्प र भर्याङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा सांसद ढकालले बोल्दै गर्दा सभामुखले माइक काटेपछि विपक्षी दलको आपत्ति



अ+ अ-

काठमाडौं । रास्वपा सांसद हरि ढकालले बोल्दै गर्दा सभामुखले रोकेपछि विपक्षी दलले आपत्ति जनाएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा सांसद ढकालले विद्युत महसुलको विषयमा बोल्न थालेपछि सभामुख देवराज घिमिरेले माइक काटेका थिए ।

सभामुखले बोल्न रोकपछि रास्वपा, राप्रपासहित विपक्षी दलको नेताहरूले उठेर विरोध जनाएका हुन् ।

विषय केन्द्रित भएर नबोलेको भन्दै सभामुखले रोकेका थिए। त्यसपछि सभामुख घिमिरेले रास्वपा सभापति रवि लामिछानेलाई बोल्न दुई मिनेटको समय दिएका थिए । उनले सांसद ढकाललाई बोल्न रोकेको प्रति आपत्ति जनाए ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सांसदलाई यो बोल्न पाइन्छ त्यो पाइँदैन भन्ने कुरा आफूहरूलाई मान्य नहुने बताए ।