२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेतीयोग्य जमिनलाई कित्ताकाट गर्ने सरकारको निर्णय गैरकानुनी



अ+ अ-

काठमाडौं । खेतीयोग्य जमिनलाई कित्ताकाट गर्ने गरी भएको निर्णय गैरकानुनी भएको उल्लेख गर्दै सर्वोच्च अदालतले सरकारको सो निर्णयलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश डा. मनोजकुमार शर्माको संयुक्त इजलासले सरकारले खेतीयोग्य जमिनलाई कित्ताकाट गर्ने गरी गरेको निर्णय गैरकानुनी भएको उल्लेख गर्दै बिहीबार त्यसलाई बदर गरेको छ । सर्वोच्चको सो निर्णयसँगै खेतीयोग्य जमिनलाई अब कित्ताकाट गर्न नपाइने भएको छ । सरकारले २०७४ सालमा खेतीयोग्य जमिनलाई खण्डीकरण गर्न नपाउने गरी रोक लगाएको थियो । त्यसपपछि भूमि सुधार मन्त्रालयले गत भदौ १८ गतेको निर्णय भनी २०७४ सालमा भएको सो निर्णयलाई हटाएको थियो ।

सरकारले संवैधानिक र गैरकानुनीरूपमा खेतीयोग्य जमिनलाई खण्डीकरण गर्न अनुमति दिएको उल्लेख गर्दै अधिवक्ताहरु सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेद्वारा संयुक्तरूपमा रिट निवेदन दायर गरेका थिए । सर्वोच्चले सरकारले गत भदौ १८ गते गरेको निर्णय भूमि उपयोग ऐन–२०७६ विपरीत भएको निष्कर्ष निकाली सो निर्णयलाई खारेज गरेको हो । रिट निवेदकमध्येका अधिवक्ता सुजन नेपालले निर्णयको पूर्णपाठ आइनसकेको उल्लेख गर्नुभयो ।

भूमि उपयोग ऐन–२०७६ को दफा ८ मा एउटा प्रयोजनका लागि छुट्याइएको जमिनलाई अर्को प्रयोजनका लागि प्रयोगमा ल्याउन नहुने उल्लेख गरिएको छ । सो ऐनको दफा ४ मा जमिनको वर्गीकरण १० प्रकारले गरिएको छ । दफा ५ मा ऐन प्रारम्भ भएको एक वर्षभित्र प्रत्येक स्थानीय तहले भू–उपयोग नक्सा तयार गरी वा गर्न गर्न लगाउनुपर्ने उल्लेख छ । सोबमोजिम तयार गर्नुपर्ने नक्सा नबनाई भू–माफियाको चङ्गुलमा परी सरकारले कित्ताकाट गरेको रिट निवेदनमा उल्लेख गरिएको थियो । उक्त ऐनले विशेष गरी जगाको खण्डीकरण गर्न रोकी चक्लाबन्दीका लागि प्रोत्साहन गरेको हुँदा सरकारले जग्गा खण्डीकरण गर्न गरेको निर्णय पहिलो नजरमा नै कानुनविपरीत भएको रिट निवेदनमा उल्लेख गरिएको थियो ।

यसअघि सर्वोच्चले खेतीयोग्य जमिनलाई कित्ताकाट गर्न नसक्ने गरी २०७४ सालमा भएको निर्णय र सो निर्णयलाई उल्ट्याउने गरी गत भदौ १८ गते भएको निर्देशनात्मक आदेशसहितका सक्कल फाइल पठाउन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको थियो ।

सो आदेश प्रधानन्यायाधीश जबरा र न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले खेतीयोग्य जमिनलाई कित्ताकाट गर्ने गरी भएको निर्देशनात्मक आदेश र सो आदेशभन्दा अघिको कित्ताकाट गर्न नसक्ने गरी भएको निर्णयको सक्कल फाइल पठाउन दुई दिनअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई आदेश दिएको थियो । रिट निवेदकको तर्फबाट अधिवक्ताहरु कीर्तिनाथ शर्मा, अमिता शर्मा गौतमलगायतले बहस गर्नुभएको थियो । नेपाल समाचारपत्र दैनिक