८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द

बंगलादेशबाट स्वदेश फर्कन चाहने नेपालीलाई सकुशल फिर्ताको व्यवस्थापन गर्न सरकारसँग मुस्लिम इत्तेहात संगठनको माग

बंगलादेशबाट स्वदेश फर्कन चाहने नेपालीलाई सकुशल फिर्ताको व्यवस्थापन गर्न सरकारसँग मुस्लिम इत्तेहात संगठनको माग
अ+ अ-

काठमाडौँ । मुस्लिम इत्तेहात संगठन नेपालले बंगलादेशमा रहेका नेपालीको सुरक्षा र स्वदेश फर्कन चाहनेलाई सकुशल फिर्ताको व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ ।

संगठनका अध्यक्ष ताज मोहम्मद मियाँले एक वक्तव्य जारी गर्दै यस्तो माग राखेका हुन् । साथै, संगठनले खुल्ला सिमानाको कारण बंगलादेशबाट विस्थापित भएका मानिसहरू नेपाल प्रवेश गर्नसक्ने सम्भावना रहेको भन्दै नेपाल सरकारलाई उच्च सतर्कता अपनाउन र सबै तहमा सुरक्षा व्यवस्थापनमा विशेष ध्यान दिन अपिल समेत गरेको छ ।

यस्तै, संगठनले बंगलादेशमा आन्दोलनबाट ज्यान गुमाउने व्यक्तिका परिवारजनमा सहानुभूति र समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

विज्ञप्तीमा भनिएको छ – ‘बंगलादेशमा रहेका नेपाली नागरिकको (विद्यार्थी, व्यापार व्यवसायी, पर्यटक आदि ) सुरक्षा र नेपाल फर्कन चाहनेलाई सकुशल फिर्ताको व्यवस्थापन गर्न नेपाल सरकारसँग माग गर्दछौँ । साथै, खुल्ला सिमानाको कारण बंगलादेशबाट विस्थापित भएका मानिसहरू नेपाल प्रवेश गर्नसक्ने सम्भावना रहन्छ । त्यसैले बिगतमा सुनियोजित रूपमा रोहिंग्या र भुटानी सरणार्थीलाई नेपाल प्रवेश गराएको जस्तैगरी प्रवेश हुनसक्ने क्रियाकलापप्रती नेपाल सरकारलाई उच्च सतर्कता अपनाउन र सबै तहमा सुरक्षा व्यवस्थापनमा विशेष ध्यान दिन अपिल गर्दछौँ ।’

यस्तै, संगठनले बंगलादेशको उक्त आन्दोलनमा कुनै पनि पक्षबाट भएको मानवअधिकार उलंघन, जातीय र धार्मिक स्वतन्त्रताको उलंघनको किमार्थ समर्थन गर्न नसक्ने भन्दै कुनै पक्षबाट गर्नुहुँदैन भन्ने स्पष्ट मान्यता राख्ने पनि जनाएको छ ।

‘नेपालमा रहेको उन्नत नागरिक अधिकार र मानवाधिकार, धार्मिक र जातीय सहिष्णुयुक्त अभ्यासबाट हुर्केको हाम्रो गौरवशाली संगठन मुस्मिल इत्तेहाद संगठन नेपाल, मित्रराष्ट्र बंगलादेशको उक्त आन्दोलनमा कुनै पनि पक्षबाट भएको मानवअधिकार उलंघन, जातीय र धार्मिक स्वतन्त्रताको उलंघनको किमार्थ समर्थन गर्न सक्दैन र कुनै पक्षबाट गर्नुहुदैन भन्ने स्पष्ट मान्यता राख्दछ ।’ विज्ञप्तीमा भनिएको छ ।

यस्तो छ विज्ञप्तीको पूर्णपाठ –

नेपाल र बंगलादेशबीच सन् १९७१ देखि हालसम्म मित्रवत सम्बन्ध रहँदै आएको कुरा अवगतै छ । पछिल्लो समय त्यहाँका विद्यार्थिहरूले असमान आरक्षण कोटालगायत अन्य अधिकारको पक्षमा गरेको आन्दोलनबाट सिर्जित अवस्थाका बारेमा मुस्लिम इत्तेहात संगठन नेपाल, जानकार छ । आन्दोलनबाट ज्यान गुमाउने व्यक्तिका परिवारजनमा सहानुभूति र समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

हाम्रो संगठन सार्वभौमसत्ता सम्पन्न बंगलादेशी जनता र त्यहाँका राजनीतिक दलहरू तथा नागरिक अगुवाहरू संयमित हुदै बंगलादेशमा लोकतन्त्रको निरन्तरता, नागरिक अधिकार र मानवअधिकारको पूर्णसुरक्षा, धार्मिक स्वतन्त्रता र आमजनताको अमनचैन बहालीको आह्वान गर्दछ । हाम्रो देश नेपालमा रहेको उन्नत नागरिक अधिकार र मानवाधिकार, धार्मिक र जातीय सहिष्णुयुक्त अभ्यासबाट हुर्केको हाम्रो गौरवशाली संगठन मुस्मिल इत्तेहाद संगठन नेपाल, मित्रराष्ट्र बंगलादेशको उक्त आन्दोलनमा कुनै पनि पक्षबाट भएको मानवअधिकार उलंघन, जातीय र धार्मिक स्वतन्त्रताको उलंघनको किमार्थ समर्थन गर्न सक्दैन र कुनै पक्षबाट गर्नुहुदैन भन्ने स्पष्ट मान्यता राख्दछ ।

हामी बंगलादेशको आन्दोलनबाट उत्पन्न घटनासँग जोडेर सामाजिक सद्भाव, धार्मिक सहिष्णुता नचाहने केही तत्वहरूले फैलाउन खोजिरहेका गलत क्रियाकलापप्रति असहमति र बिरोध जाहेर गर्दछौं । जातीय, धार्मिक र सामुदायिक सद्भाव बिथोल्ने त्यस्ता क्रियाकलापबारे सरोकारवाला पक्षलाई समयमै सचेत बन्न पनि अनुरोध गर्दछौँ ।

साथै बंगलादेशमा रहेका नेपाली नागरिकको (विद्यार्थी, व्यापार व्यवसायी, पर्यटक आदि ) सुरक्षा र नेपाल फर्कन चाहनेलाई सकुशल फिर्ताको व्यवस्थापन गर्न नेपाल सरकारसँग माग गर्दछौँ । साथै, खुल्ला सिमानाको कारण बंगलादेशबाट विस्थापित भएका मानिसहरू नेपाल प्रवेश गर्नसक्ने सम्भावना रहन्छ । त्यसैले बिगतमा सुनियोजित रूपमा रोहिंग्या र भुटानी सरणार्थीलाई नेपाल प्रवेश गराएको जस्तैगरी प्रवेश हुनसक्ने क्रियाकलापप्रती नेपाल सरकारलाई उच्च सतर्कता अपनाउन र सबै तहमा सुरक्षा व्यवस्थापनमा विशेष ध्यान दिन अपिल गर्दछौँ ।