७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

सगरमाथाको उचाई र सिको सन्देश

सगरमाथाको उचाई र सिको सन्देश
अ+ अ-

काठमाडौ ।  विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८६ सेन्टीमीटरले बढेको छ । अबदेखि यसको उचाई ८ हजार ८४८ र ८६ सेन्टीमीटर पुगेको हो । नेपाल र चीनको संयुक्त सहमतिमा यो उचाई सार्वजनिक गरिएको हो । जसमा दुवै देशका राज्य प्रमुखले खुशी व्यक्त गरेका थिए । 
यसै सन्दर्भमा चिनियाँ राष्ट्रपति सि चिनफिङले पनि सबै नेपाली नागरिकलाई सन्देश पठाउनुभएको छ । उहाँले दिएको सन्देशमा सगरमाथाको उचाइ दुवै देशको असल र मित्रवत् सम्बन्धको प्रतिकका रुपमा व्यक्त भएको छ । उहाँले विश्वको उच्च शिखर सगरमाथा चीन र नेपाल बीचको सम्बन्धको प्रतिक हो भन्नुभएको छ । उहाँले सगरमाथालाई चीन नेपाल मित्रवत चुचुरोका रुपमा पनि यसलाई व्याख्या गर्नुभएको छ । 
यो नयाँ उचाइले पछिल्ला वर्षहरुमा चीन र नेपालबीचको सम्बन्धको बढ्दो उचाइको पनि संकेत गरेको बताउनुभएको छ । सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न मंगलबार आयोजना गरिएको संयुक्त द्विदेशीय कार्यक्रममा उहाँको सन्देशलाई चीनका विदेशमन्त्री वाङ यीले पढेर सुनाउनुभएको थियो । सो सन्देशमा चिनियाँ राष्ट्रपति सि चिनफिङले चीन सधैँ नेपालमा स्थायित्व, शान्ति र समृद्धिको पक्षमा रहेको धारणा राख्नुभएको छ ।

यसक्रममा उहाँले चीन नेपालसँग हिमालयन पर्यावरणका साथै सगरमाथाको विशेष अनुसन्धानका क्षेत्रमा मिलेर काम गर्न र आपसी सहयोग  अभिबृद्धि गर्न चाहेको धारणा पनि राख्नुभएको छ ।  उहाँले यी दुई देशले पछिल्लो समयमा आपसी तथा संयुक्त प्रयासका बाबजुद  पछिल्लो समयमा पारस्पारिक राजनीतिक विश्वासमा पनि बृद्धि हुदै गएकोे पनि बताउनुभएको छ ।