७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

गुड्न नपाएको गोरखकाली टायर (भिडियो सहित)

गुड्न नपाएको गोरखकाली टायर (भिडियो सहित)
अ+ अ-

काठमाडौ । एकातर्फ  मर्स्याङ्दी अर्कोतर्फ दरौँदी, दुइ नदीको संगम । त्यहि संगममा ६ सय ४२ रोपनीमा फैलिएका गोरखकाली रबर उद्योग । विशाल भवन, मेसनरी सामान, कर्मचारीको लागि कार्यालय, आवास र मैदान ।  
बडो जोस र उत्साहले नेपालमा पहिलो पटक रबर उद्योग स्थापना गरियो । तत्कालिन नेपाल आयल निगम र साल्ट ट्रेडिङका कार्यकारी प्रमुखहरु शुवर्ण विक्रम थापा र इन्दु बहादुर शाहीको योजनामा उद्योगको खाका कोरियो । २०४१ साल जेष्ठ ३० गते कम्पनीको रुपमा स्थापित म २०४९ सालमा उत्पादन  समेत सुचारु भयो ।  
उद्योग प्रवेश, विश्राम र कार्यालयबाट निस्कने समयमा कर्मचारीका लागि सुचक साइरन बज्थ्यो । यी सुचक साइरन बज्दा उद्योग  प्राङ्गणमा कर्मचारीको आवत जावतले छुट्टै माहौल सृजना गरेको थियो ।  उद्योग वरपर रहने स्थानियको जीवनस्तर आएको सुधारले धेरैलाई स्वरोजगार र स्वाभिमानी बनाएको थियो । 
गोरखकाली रबर उद्योग बाट उत्पादित टायरहरु कुनै समयमा नेपालीहरुको प्रिय थियो । गोरखकाली टायर आयो गोरखाली भन्दै नेपालको कुना कन्दरामा गुड्थेँ । कच्ची सडकमा चल्ने गाडीहरुले खोजी खोजी प्रयोग गर्थे  । नारायणगढ, पोखरा, विराटनगर, काँकडभिट्टा, इटहरी, वीरगञ्ज, बुटवल, भैरहवा, नेपालगञ्ज लगायत प्रमुख शहरमा बिक्री डिपोहरु स्थापना गरियो । कुनै बर्ष यहाँको उत्पादन नेपालमा मात्र हैन भारत, श्रीलङ्का र बंगलादेशमा समेत निर्यात भयो ।

नेपालको समृद्धिमा भुमिका निर्वाह  गर्ने प्रमुख सुचिमा रहेको थियो उद्योग ।  यो उद्योग जिर्ण, रोगी र अशक्त एकै दिन वा एकै समयमा भएको होइन् ।उद्याृगले पटक पटक कुशल  संरक्षक,े अभिभावकको अपेक्षा गरिरह्यो तर दिन प्रतिदिन उद्योग रसातलमा पुग्दै गयो ।   उद्योेग कमजोर बनेसँगै टिकाउनका लागि मात्र पनि हरेक सरकारसँग रकम माग गर्ने र कर्मचारीलाई तलब खुवाउने मात्र हुनथाल्यो ।उद्योगलाई खुकुरीको धारमा हिँडाएर आफ्नो गोजी भर्ने क्रियाकलाप पनि भए । जसले नदेखिँदो रुपमा उद्योग थप कमजोर बन्दै गयो । 
भग्नावशेश जस्तै भैसकेको उद्योग बाट कुनै अपेक्षा नदेखेर नै होला, एडिबीले तत्कालिन समयसम्मको ऋण चुक्ता गरिदिएर आफु लगानीबाट अलग भयो । त्यसपछि नेपाल सरकारको शेयर ५७ प्रतिशत पुग्यो ।  २०७१ चैत्रसम्म जसोतसो उत्पादन हुदै थियो तरपछि उत्पादन नै रोक्ने निर्णय भयो 

उद्योगलाइृ पुर्नर्जीवित गर्न सकिन्छ या सकिन्न भन्ने बिषयमा अध्ययन गर्न समिति हरु पनि गठन भयो । यद्यपी फेरी उत्पादन सुचारु गर्न सकिन्छ भन्ने प्रतिवेदन कसैले दिएनन् । अन्ततः २०७५ चैत्रमा उत्पादनमा काम गर्ने सबै कर्मचारीलाई बिदा गरेससँगै उद्योग  कोमामा पुग्यो ।  पटक पटकका अध्ययनहरुले उद्योग  जीवित र तन्दुरुस्त हुन सक्छु भन्ने भेटिएन । यद्यपी उत्पादन सुचारु गर्न सकिन्छ  भन्ने आँट र हिम्मत दिने कोही भएनन् । नयाँ प्रविधि सहितको उत्पादन  गरी ठूलो मात्रामा भै रहेको टायरको आयात रोक्न कोही अग्रसर भएनन् ।  

यतिबेला  उद्योग सँगै उत्तर हैन्ः थुप्रै प्रश्नहरु छन् ।

धेरै स्थानमा उद्योग स्थापनाका लागि जग्गा अधिग्रहण गर्न, डीपीआर, ईआईए, आईईईए गर्न नीति, कार्यक्रम र बजेट राखिएको छ तर सरकारले कुनै समय चलाउँछु भनेर खोलेको एक मात्र रबर उद्योग किन चलाउने चेष्टा गर्दैन ?
नेपालको संविधान, २०७२ को राज्यका नीतिअन्तर्गत रहेको अर्थ, उद्योग र वाणिज्यसम्बन्धी नीतिदेखि उद्योगसम्बन्धी विभिन्न ऐन, नियम, निर्र्दे्शिका, कार्यनीति आदि र दिगो विकास लक्ष्य, राष्ट्रिय योजनाका लक्ष्य तथा रणनीतिहरूले सुदृढ अर्थतन्त्रका लागि उद्योग स्थापनाको कल्पना गरे पनि हामीजस्ता हुँदाखाँदाका उद्योगहरूलाई किन चल्न दिईदैन् ?
जुन उद्योगले वर्तमानको प्रतिश्पर्धात्मक बजारमा उत्पादन दिँदैन त्यस्तालाई बन्द गर्नु नै उचित हुन्छ भन्दै गर्दाः समयानुकुल मेरो क्षमता विस्तार गर्न किन प्रयत्न गरिएन ?
पछिल्लो चरणमा त न मन्त्रालय, न सञ्चालक न कर्मचारी कोहि पनि मेरो सञ्चालनमा उत्सुक रहेनन् । त्यसो हो भने मलाई निजीकरण गर्नु वा राष्ट्रिय हित अनुकुल रहने गरी बाहिय् लगानी कर्तालाई किन सञ्चालन स्विकृति दिन सकिएन् ?
के बन्द गर्नु नै अन्तिम विकल्प हो । होईन भने किन अनेकन प्रयत्न भएन् । मेरो उत्पादन फेरी नेपाली सडकमा घुमेको हेर्न र नेपाली ग्राहकको पहिलो रोजाई बनाउन मन छ । टायरको आयात रोक्न मन छ मलाइ । नेपाली अर्थतन्त्रलाई टेवा दिनु छ । अन्तिम विकल्प बन्द गर्नु नै होला । तर पनि मलाई खुल्न मन छ । चल्न मन छ । हिड्न, गुड्न र दौडिन मन छ ।

साझाकथाले तयार पारेको सामग्री