काठमाडौ । एकातर्फ मर्स्याङ्दी अर्कोतर्फ दरौँदी, दुइ नदीको संगम । त्यहि संगममा ६ सय ४२ रोपनीमा फैलिएका गोरखकाली रबर उद्योग । विशाल भवन, मेसनरी सामान, कर्मचारीको लागि कार्यालय, आवास र मैदान ।
बडो जोस र उत्साहले नेपालमा पहिलो पटक रबर उद्योग स्थापना गरियो । तत्कालिन नेपाल आयल निगम र साल्ट ट्रेडिङका कार्यकारी प्रमुखहरु शुवर्ण विक्रम थापा र इन्दु बहादुर शाहीको योजनामा उद्योगको खाका कोरियो । २०४१ साल जेष्ठ ३० गते कम्पनीको रुपमा स्थापित म २०४९ सालमा उत्पादन समेत सुचारु भयो ।
उद्योग प्रवेश, विश्राम र कार्यालयबाट निस्कने समयमा कर्मचारीका लागि सुचक साइरन बज्थ्यो । यी सुचक साइरन बज्दा उद्योग प्राङ्गणमा कर्मचारीको आवत जावतले छुट्टै माहौल सृजना गरेको थियो । उद्योग वरपर रहने स्थानियको जीवनस्तर आएको सुधारले धेरैलाई स्वरोजगार र स्वाभिमानी बनाएको थियो ।
गोरखकाली रबर उद्योग बाट उत्पादित टायरहरु कुनै समयमा नेपालीहरुको प्रिय थियो । गोरखकाली टायर आयो गोरखाली भन्दै नेपालको कुना कन्दरामा गुड्थेँ । कच्ची सडकमा चल्ने गाडीहरुले खोजी खोजी प्रयोग गर्थे । नारायणगढ, पोखरा, विराटनगर, काँकडभिट्टा, इटहरी, वीरगञ्ज, बुटवल, भैरहवा, नेपालगञ्ज लगायत प्रमुख शहरमा बिक्री डिपोहरु स्थापना गरियो । कुनै बर्ष यहाँको उत्पादन नेपालमा मात्र हैन भारत, श्रीलङ्का र बंगलादेशमा समेत निर्यात भयो ।
नेपालको समृद्धिमा भुमिका निर्वाह गर्ने प्रमुख सुचिमा रहेको थियो उद्योग । यो उद्योग जिर्ण, रोगी र अशक्त एकै दिन वा एकै समयमा भएको होइन् ।उद्याृगले पटक पटक कुशल संरक्षक,े अभिभावकको अपेक्षा गरिरह्यो तर दिन प्रतिदिन उद्योग रसातलमा पुग्दै गयो । उद्योेग कमजोर बनेसँगै टिकाउनका लागि मात्र पनि हरेक सरकारसँग रकम माग गर्ने र कर्मचारीलाई तलब खुवाउने मात्र हुनथाल्यो ।उद्योगलाई खुकुरीको धारमा हिँडाएर आफ्नो गोजी भर्ने क्रियाकलाप पनि भए । जसले नदेखिँदो रुपमा उद्योग थप कमजोर बन्दै गयो ।
भग्नावशेश जस्तै भैसकेको उद्योग बाट कुनै अपेक्षा नदेखेर नै होला, एडिबीले तत्कालिन समयसम्मको ऋण चुक्ता गरिदिएर आफु लगानीबाट अलग भयो । त्यसपछि नेपाल सरकारको शेयर ५७ प्रतिशत पुग्यो । २०७१ चैत्रसम्म जसोतसो उत्पादन हुदै थियो तरपछि उत्पादन नै रोक्ने निर्णय भयो
उद्योगलाइृ पुर्नर्जीवित गर्न सकिन्छ या सकिन्न भन्ने बिषयमा अध्ययन गर्न समिति हरु पनि गठन भयो । यद्यपी फेरी उत्पादन सुचारु गर्न सकिन्छ भन्ने प्रतिवेदन कसैले दिएनन् । अन्ततः २०७५ चैत्रमा उत्पादनमा काम गर्ने सबै कर्मचारीलाई बिदा गरेससँगै उद्योग कोमामा पुग्यो । पटक पटकका अध्ययनहरुले उद्योग जीवित र तन्दुरुस्त हुन सक्छु भन्ने भेटिएन । यद्यपी उत्पादन सुचारु गर्न सकिन्छ भन्ने आँट र हिम्मत दिने कोही भएनन् । नयाँ प्रविधि सहितको उत्पादन गरी ठूलो मात्रामा भै रहेको टायरको आयात रोक्न कोही अग्रसर भएनन् ।
यतिबेला उद्योग सँगै उत्तर हैन्ः थुप्रै प्रश्नहरु छन् ।
धेरै स्थानमा उद्योग स्थापनाका लागि जग्गा अधिग्रहण गर्न, डीपीआर, ईआईए, आईईईए गर्न नीति, कार्यक्रम र बजेट राखिएको छ तर सरकारले कुनै समय चलाउँछु भनेर खोलेको एक मात्र रबर उद्योग किन चलाउने चेष्टा गर्दैन ?
नेपालको संविधान, २०७२ को राज्यका नीतिअन्तर्गत रहेको अर्थ, उद्योग र वाणिज्यसम्बन्धी नीतिदेखि उद्योगसम्बन्धी विभिन्न ऐन, नियम, निर्र्दे्शिका, कार्यनीति आदि र दिगो विकास लक्ष्य, राष्ट्रिय योजनाका लक्ष्य तथा रणनीतिहरूले सुदृढ अर्थतन्त्रका लागि उद्योग स्थापनाको कल्पना गरे पनि हामीजस्ता हुँदाखाँदाका उद्योगहरूलाई किन चल्न दिईदैन् ?
जुन उद्योगले वर्तमानको प्रतिश्पर्धात्मक बजारमा उत्पादन दिँदैन त्यस्तालाई बन्द गर्नु नै उचित हुन्छ भन्दै गर्दाः समयानुकुल मेरो क्षमता विस्तार गर्न किन प्रयत्न गरिएन ?
पछिल्लो चरणमा त न मन्त्रालय, न सञ्चालक न कर्मचारी कोहि पनि मेरो सञ्चालनमा उत्सुक रहेनन् । त्यसो हो भने मलाई निजीकरण गर्नु वा राष्ट्रिय हित अनुकुल रहने गरी बाहिय् लगानी कर्तालाई किन सञ्चालन स्विकृति दिन सकिएन् ?
के बन्द गर्नु नै अन्तिम विकल्प हो । होईन भने किन अनेकन प्रयत्न भएन् । मेरो उत्पादन फेरी नेपाली सडकमा घुमेको हेर्न र नेपाली ग्राहकको पहिलो रोजाई बनाउन मन छ । टायरको आयात रोक्न मन छ मलाइ । नेपाली अर्थतन्त्रलाई टेवा दिनु छ । अन्तिम विकल्प बन्द गर्नु नै होला । तर पनि मलाई खुल्न मन छ । चल्न मन छ । हिड्न, गुड्न र दौडिन मन छ ।
साझाकथाले तयार पारेको सामग्री










