४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

राष्ट्रार्थ युबा शक्ती- राष्ट्र देबो भब: !

राष्ट्रार्थ युबा शक्ती- राष्ट्र देबो भब: !
अ+ अ-

आज युबा दिबश-२०२४ – Moto – “Youth Digital Pathways for Sustainable Development” हरेक बर्ष अगष्ट १२मा यो दिबश मनाईन्छ ।

बास्तबमा हाम्रो देश नेपाल युबा राष्ट्र हो । किनकी यो राष्ट्रमा कुल जनसख्याको ४० प्रतिशत स्थान युबाहरुले ओगटेको छ । युबा नेपालको लागी आशा र भरोसाको केन्द्र हो। देशको मान सम्मान अनी प्रतिष्ठा हो। राष्ट्रको बिडापार गर्ने संकटमोचन हनुमान हो। हाम्रो देशमा १६ देखी २५ बर्ष सम्मका मात्र २०% छन् । युबा भनेकै उदाउदा सुर्य हो यसमा ज्यादै राप, उर्जा अनी जोस जागर भरिएको हुन्छ।

यो शक्तीलाई अधिकतम रुपमा सृजनात्मक कार्यहरुमा उपयोग गर्नु हेरक राष्ट्रको लागी अनिबार्य शर्त रहन्छ। युबानै हुन बिषम परिस्थीति सित जुध्ने । नभए आर्मी प्रहरीमा किन युबाहरुनै चाहिन्थे र उमेरको सिमा तोकिन्थ्यो र ?

खुसीको कुरा नितिगत तहमा युबाको सहभागिता चाहीन्छ भनेकै कारण गएको सन् २०२३मा भएको आम निर्बाचन मार्फत ४५ बर्ष मुनिका ६३ जना प्रतिनीधि सभामा प्रबेश गरेका छन् । तर पनी यो प्रतिनिधित्ब बिश्बको अन्तराष्ट्रिय मापदण्ड १३% को अनुपातमा जम्मा ५%मात्रै हो । जुन कम छ ।

बिकराल समस्या:
नेपालमा युबाहरुको लर्को गाऊबाट शहर तर्फ लाग्ने बढोत्तरी हुदैछ । बुढा पाकामात्र रहेको गांउहरु युबाले रित्तीदै छन् । तर गाऊहरुबाट शहर प्रबेस गर्ने युबाहरुको कुल सख्याको ५४% सिपयुक्त छैनन् । आज बिदेशीएका युबाहरुले पठाएका रेमिन्टेन्सले नै नेपालको कुळ जिडिपीको २५% हिस्स्सा ओगटेका छन् त्यसैबाट राष्ट्रको आर्थिक ब्यबस्थापन भैरहेको छ । शीक्षा र रोजगारीको लागी मात्रै सन् २०२३मा एक लाख युबाहरु बिदेशिएका थिए तर यो क्रम बढ्दो छै । सिप नभएका त्यसमा पनी रोजगारीकै लागी युबाहरु देशबाट यसरी बिदेशीनु कुनै शुभ सकेंत भने होईन । राष्ट्र गरिब हुने कि समृदीहुने त्यो युबाहरुको शक्तीमै भरपर्छ । गरिब राष्ट्र भएतापनि मेहनती शक्षित, शिपयुक्त युबा शक्ती आजको आबश्क्ता हो ।

बिश्ब युद्दमा जापानले उठ्नै नसक्ने गरी नराम्रो अतुलनिय क्षति भोग्नु पर्यो ! तर पनी यो देशमा युबाहरुले निरन्तरुपमा कडा मेहनत गरे । अहिले सम ृद्दी राष्ट्रको रुपमा पहिचाहन बनाएको छ । जापानलाई अहिले पनि बुढापाकाका देश भनिन्छ तर युबाहरु नभएपनि पहिलेनै अग्रज पुस्ताले युबा अबस्था छदै आर्थिक अबस्था सुद्दिढिकरण गरिसकेको हुदा केही फरक पर्दैन । एक त गरिब, भ्रष्ट्रारले लिप्त राष्ट्र हाम्रो त्यसमा पनि सिपयुक्त नभएका युबा शक्ति, बसाई सराईको मार खेप्दै गाऊबाट शहर हुदै बिदेशिएको परिस्थितीमा ठूला ठुला परियोजनमा बेरोजगारी हटाउने सपना बाढ्दैनमा हुनेवाला केही छैन । बास्तबमा हामी ईमान्दारित यसमा हुन नसकेकै हौ ।

युबाहरुले मनन गर्ने पर्ने कुराहरु:

भन्न सक्नु पर्छ युबालाई तर भन्नको लागी जे भनिन्छ त्यसमा भन्नु अगाडी हैसियत चाही भन्नेले बनाउनु नै पर्छ । चेतनशिल शिक्षीत युबानै राष्ट्रको मेरुदण्ड हो।
भनिन्छ मानिसको जिन्दगीमा दुईबटा जन्म हुन्छ । एउटा आमाको कोखको र अर्को कर्मको । कोखको जन्म कसैको हातमा होइन, भगाबको हातमा हुन्छ । म नेपालमा होईन युरोपमा जन्मन सक्थे । दोस्रो जन्म मेरो कर्मले तय गर्छ। यो कर्म भने मेरो हातमा छ कस्तो भाग्य लेख्ने । यो कुरा उनहरुको मनमस्थितीमा हाल्न सक्नु पर्छ। हुनत मानिस सबै त्यहीनै तर पनी मेडिकल कलेज अगाडी डाक्टरलाई लक्षित गर्दै खुलेका कफी पसलमा रक्सिको बोतल राख्ने पनी ब्यापारी देखेको छु। आखिर त्यो कफी पसलेलाई के भन्ने ? भनिन्छ जस्तो कर्म त्यस्तै फळ । ठगेर लुटेर जसले खान्छ त्यसको त्यही अभीगत हुन्छ । मानिस उत्कृष्ठ प्राणी हो उसको जन्म अरुलाई सेबा गर्न भएको हो। बाच्न त पशुपन्छी पनि बाचेका छन् तर मानिसमा भएको बिचार चेतना ऊसको अमुल्य सम्पत्ती हो ।
सत्कर्ममा लगाउनु सक्नु पर्छ । सनातन परम्परा सस्कार आध्यात्मीक बिषयहरुले बच्चै देखि उनीहरुलाई सिचित गरिनु पर्छ । बुढेशकालमा मात्र पढ्ने श्रीमद भागबतगिता हो भन्ने सोचबाट बाहिर ल्याई युबाहरुको हातमा धार्मीक ग्रन्थहरु थमाईनु पर्छ । तब मात्र तप,झप, त्याग तपस्या अनी बलिदानको सस्कार उनीमा बिकास हुन सक्छ । उनिहरुलाई भन्न सक्नु पर्छ अरुको सेबा गर्नुनै हाम्रो परम सेबा हो भनेर ।

जिबनका जम्मा तिन बटा लाईटहरु हुन्छन् । पहिलो ग्रिन लाईट । यो लाईट जति सक्दो त्यति बाल्नु पर्दछ । यो भनेको अध्ययन, सिप सिक्लाई, बाबु आमाको सेबा, संत्सग आदी । दोस्रो पहेलो बत्ती । यो भनेको बिरामीको सेबा, मन्दिर प्रबेश, आपत पर्दा परम सेबा । तेस्रो रेड लाईट – जुबा तास, ब्यभिचार अनी मादक पर्दार्थ अनि लागु औषधको सबेन, नराम्रा ब्यक्तीहरुको सगंत समेत । यदि यो लाईट बलेमा जिन्दगी बरबाद हुन्छ । कुनै पनि हालतमा बाल्नु हुदैन । ग्रीन लाईट र पहेलो बल्ने युबाहरुनै हुन राष्ट्रको लागि चाहिने ।

भन्नसक्नु पर्छ उनलाई- जिबनका दुईबटा मार्गहरु हुन्छ। एउटा राम्रो अर्को नराम्रो तर जति नराम्रो बाटोमा सजिलो हुन्छ, त्यतीकै गाह्रो राम्रो बाटो हिढनमा हुन्छ। राम्रो बाटोमा हामिले आफ्नो ज्ञानेन्द्रियलाई नियन्त्रण राखेका हुन्छौ । मन ले जेपनि भन्छ “यो गरु त्यो गरु” तर बिचार अनी दिमागले के गर्न ठीक हुन्छ के गर्न ठिक हुदैन भन्छ । यो फरकतालाई चेतनाले मापन गर्छ । चेतनशिलता नै उच्चत्तम मानिसको गुण हो । जति बढी शिक्षित होईन्छ त्यतिने मात्रमा चेतनाको बिकाश हुन्छ । त्यसैले नै राम्रो आचारण सहित शीक्षा आर्जन गर्नु पर्छ । मानिसको गहना भनेकै चेतनशीलता र बिबेक हो जुन अरु कुनै प्राणिमा हुदैन । त्यसैले रामक ृष्ण परमहसको क्षत्रछायामा भारतमा बिबेकनान्द जस्ता महापुरुषको उत्पादन भयो। रामायण र श्रीमद्भगत गितामा श्रीराम र श्रीक ृष्ण जस्ता भगबानहरु नरलिलाकै रुपमा उदय भए र चरित्रबान महापुरुषको रुपमा प ृथ्बीमा सबैको उद्दार, उपकार गरे। उनीहरु को पुरै जिबननै कठीन, त्याग, तपस्या र राबण र कशजस्ता आततायिहरुको नरसहारमै बित्यो । उनलाई भन्नै पर्छ जुन युबा चेतनाबहिन हुन्छ उसले आफ्नो मन र अनी ज्ञानेन्द्रियलाई आफ्नो बसमा राख्नै सक्तैन यस्ता ब्यक्तीहरु नरम्रो कर्मको शिकार हुने गर्छन् ।

बुद्द जन्मेको देश, जानकि माताको देश अनि मन्दिर, सस्कृति र सभ्यताले भरिएको हाम्रो राष्ट्रको गौरब गाथा बिरगनाहरुले सिचिएका हुन। त्यसमा पनि सुन्दर स्बच्छ बातारण र प्रकृतिले सजिएको देश मानौ ईस्बरकै दैबलोक नै हो। सयुक्त राष्ट्रको सदस्य, आफ्नै भुगोल अनी ईतिहास र परम्पराले भरिएको देश सजिलै सित बनेको होईन । हाम्रा अग्रज र नेपालका सच्चा सपुतहरुले आफ्नो युबाअबस्थामा धेरै धेरै बलिदान, रगत र पसिना बगाएका छन् । उनीहरुले आज यो देश नबनाई दिएको भए हामी यो देशको नागरिक हुन पाऊदैन थियो । यो देश पुर्खाको रगत पसिना र भक्तीले बनेको हो ।

राष्ट्रिय एकिकरण गर्ने बडामहाराज प ृथ्बिनारायण शाह, बिर शहिद बलभद्र. कुबर, भक्ती थापा क्षेत्री नेपालका होरोहरु हुन् । बलभद्र कुबर गोर्खाली सेनाको कप्तान थिए । देरादूनमा उनले किल्ला मोर्चा सम्हाले रहिएका थिए । अग्रेजी र गोर्खाली बिच भएको युद्दमा उनीले बिरतापुर्बक, निडरता साथ लडे र राष्ट्रको सम्मान गौरब बढाउने काम गरे ।अहिले पनी अग्रेजहरु उनको नाम लिने बितिक्कै थर थर काप्न थाल्छन् । त्यस्तै गरेर भक्ती थापाले लम्जुङ राज्यको सेना सम्हालेका थिए । उनको नेपाल ऐकीकरणमा ठुलो भुमिका छ । अमर सिह थापा गोर्खा राज्यका सेना कमाण्डर थिए । यी सबै बहादुरी कार्य गर्दा युबानै थिए । अग्रेजीहरु सित भएको युद्द (१८१४-१८१६) मा अगाडी मोर्चा सम्हाल्दै बहादुरी पुर्बक लडेका थिए । हुनत अमर सिहलाई आफ्नो पक्षमा लिन अग्रेजको पक्षमा मोर्चा सम्हालेका अक्टरलोनीले आर्थीक प्रभोलन दिए तर राष्ट्रको लागी उनले कुनै सम्झौता गरेनन् । सदैब राष्ट्र सर्बप्रथमलाई प्रार्थमिकता दिए । अग्रेजहरुको नराम्रो सित हार भयो। यी हाम्रा अग्रज पुस्ताहरु हुन् । अग्रेज सितकै युद्दामा बहादुरीमा नाम कमाएकै कारण अग्रेजहरुले बिश्ब यु्दमा गोर्खा रेजिमेन्टनै स्थापना गरे । बिश्बमानै गोर्खा सैनिकरुपमा ति बिर बहादुर सपुतहरुकै बहादुरीका कारण नेपालको पहिचाहन रह्यो । यस्ता गौरब बिरहरुका सन्तान हामी । यो कहिले पनि बिर्सन हुदैन। यिनिहरुको योगदान र जिबनउत्सर्ग हाम्रो प्रेरणाका स्रोत हुन् ।

बिश्ब बैज्ञानीक आईस्टाईनले पनी भनेका छन् “हुनत म त्यती तिब्र तिक्ष्रण प्रतीभा भएको ब्यक्ति त होईन तर मलाई कुनै पनि बिषयमा अध्ययन गर्दा बा मनन गर्दा एउटै शब्दले घचघाई रह्यो त्यो शब्द भनेको किन? किनकै जबाफ दिन मलाई उत्तर खोज्ने बानि पर्यो अनी म सिक्तै गए” । त्यसैले अहिलेको युबाहरुमा यसप्रति उत्सुक्ता देखिदैन । राष्ट्र परिबर्तन र निर्माणमा अहम् भुमिका खेल्नेहरुले आईन्साटाईन प्रबृतिलाई अगालेका हुन्छन् ।

अहिले सुचना प्रबिधि यति स्तरमा बिकाश भएको छ की बसी बसी युबाहरुले कुनै पनी प्रश्नको हल गर्दे जति पनी ज्ञान हासिल गर्न सक्छन् । तर बिडम्बना उनीहरुमा धेरै चाहानाहरु हुन्छन् । त्यसैमा एक पछि अर्को गर्दै मन डुलाईराख्नले कुनै बिषयको गहिराईमा पुग्न सक्तैनन् । दैनौ । मनको बेग द्दारा प्राप्त सुचनालाई फ्याल्दिन्छौ । युबाहरुलाई थाहा हुन्छ- क्रिकेट अनी फूटबलमा कसले कति सतक हान्यो र कति गोल गर्यो भनेर तर देशको बारेमा थाहा हुदैन । सेना के हो ? प्रहरीले कसरी काम गर्छ? देशको राष्ट्रिय सुरक्षा भनेको केहो र उसको दायित्ब के हो ? आत्मा निर्भर हुने के गर्नु पर्छ ? संबीधानको प्रस्तबाना थाहा हुदैन तर स्बतन्त्र अभिब्यक्तीको बकालत गर्न भने पुग्छ। अहिले युबाहरुको ठूलो खतरा भनेकै उनको अल्छि पन र सतही ज्ञान हो । यसबाट युबाहरुलाई टाढा राख्दै जसरी रूखलाई बलियो बनाउन जरालाई मजबुत बनाए झै उनीहरुले पर्छ । बहकिने युबा ज्यादै खतराजनक हुन्छ । युबाको चाख, सिक्ने अभिरुचीनै ज्ञान प्राप्ती गर्ने सम्पत्ती हुन।

भन्न सक्नु पर्छ उनीहरुलाई “ जब हितको कुरा आउछ राष्ट्रिय हित भन्दा कुनै ठुलो हुदैन ।जब सम्मानको कुरा आछउछ राष्ट्र सम्मान भन्दा ठूलो कुनै हुदैन । जब प्रेमको कुरा आउछ राष्ट्र प्रेम भन्दा ठूलो कुनै हुदैन । जब भक्तिको कुरा आउछ राष्ट्र भक्ती भन्दा ठूलो केही हुदैन। जब सेबाको कुरा आउछ राष्ट्रसेबा भन्दा कुनै माथी हुदैन ।जब गौरबको कुरा आउछ राष्ट्रिय गौरब भन्दा ठुलो गौरब कुनै हुदैन । हाम्रो देश र मातृभुमीलाई राष्ट्रदेब भब: भन्न सिकाउनु पर्छ ।

आजकाल देशको कमजोरी बताउनु सबैलाई मन पर्ने देखिन्छ। युबालाई नहुने कुरै भएन। के हाम्रो देश बिरताले बनेको, प्राक ृतिले भरिपुर्ण स्बिजर्ल्याण्ड बन्न सक्ने गुणगुणै ले भरिएको भनि एउटा शसक्त देश हो । हामी कमजोरी देखाउनेले त्यसबाट उम्कने तरिकाबारे पनी भन्नु उतिकै जरुरी होला नी !युबाहरुलाई हामिले जति सक्दो त्यती सकारात्मक सुचनाहरु प्रबाह गर्न सक्नु पर्छ । THINK POSITIVE DO POSITIVE. बालक बाट युबा हुने हो। मलाई पनी बालक हुदै युबा हुदा सम्म मैले मेरो आमाबाट जानेको कुरा के भने ? कहिले पनी मलाइ गाली गरिबक्सने त्यती मात्रै हो र जहिले पनि तिमी मेरो कान्छो छोरा हौ तिमी भोलीको हिरो हौ मलाई थाहा छ तिमिेले गर्न सक्छौ मात्र भनि बक्स्यो । आज म ३० बर्ष सच्चा देशभक्तको रुपमा देश सेबा गरी बिषम परिस्थितिमा काम गरेर सेबानिर्ब ृत भएको छु । मलाई लाग्छ प्रत्येक बाबु र आमाबाट हुने आफ्नो सन्तति प्रतिको सकारात्मक प्रबृति यो भन्दा अरु केही हुनै सक्तैन ।

देश भक्त राष्ट् निर्माता पृथ्बीनारायण शाहा यदी यो देशमा नजन्मिदो हुन त हामीले नेपाल देशनै पाउदैनथ्यो । २२से २४ से साना साना राज्यहरुलाइ एकीकरण गर्दै उनले गोर्खा राज्यबाट नेपाल राष्ट्र निर्माण गरे । उनले भनेको. सदैब मैळ सम्झने गर्छु “ नेपाल भनेको मेरो साना दुं:ख्खले आर्ज्याको मुलुक होईन, यो चार बर्ण छत्तिस जात सबैको फुलबारी हो सबैलाई चेतना भया”। एकीकरण गर्दा उनी युबानै थीए । लखन थापा, बिरभद्र कुबर, अमर सिह थापा, महाकबि लक्ष्मी प्रसाद देबकोटा, गजे घले जन्मिएको देश हो यो । श्रीमुनी, भगबान गौतम बु्द्द माता जानकी जन्मिएको देश हो । हामीले हाम्रो देशमाथि गर्बै गर्न पर्दछ ।

भनिन्छ मानिसको जिन्दगीमा दुईबटा जन्म हुन्छ । एउटा आमाको कोखमा अर्को कर्ममा । कोखको जन्म कसैको हातमा होइन, भगबानको हातमा हुन्छ । म नेपालमा होईन युरोपमा जन्मन सक्थे । दोस्रो जन्म मेरो कर्मले तय गर्छ। यो कर्म भने मेरो हातमा छ कस्तो भाग्य लेख्ने । यो कुरा उनहरुको मनमस्थितीमा हाल्न सक्नु पर्छ। हुनत मानिस सबै त्यहीनै तर पनी मेडिकल कलेज अगाडी डाक्टरलाई लक्षित गर्दै खुलेका कफी पसलमा रक्सिको बोतल राख्ने पनी ब्यापारी देखेको छु। आखिर त्यो कफी पसलेलाई के भन्ने ? भनिन्छ जस्तो कर्म त्यस्तै फळ । ठगेर लुटेर जसले खान्छ, त्यसको त्यही अभीगत हुन्छ । मानिस उत्क ृष्ट प्राणी हो उसको जन्म अरुलाई सेबा गर्न भएको हो। बाच्न त पशुपन्छी पनि बाचेका छन् तर मानिसमा भएको बिचार चेतना ऊसको अमुल्य सम्पत्ती हो । झन ् युबाको त कुरै भएन। युबाहरलाई सत्कर्ममा लगाउनु सक्नु पर्छ । सनातन परम्परा सस्कार आध्यात्मीक बिषयहरुले बच्चै देखि उनीहरुलाई सिचित गरिनु पर्छ । बुढेशकालमा मात्र पढ्ने श्रीमद भागबतगिता हो भन्ने सोचबाट बाहिर ल्याई युबाहरुको हातमा धार्मीक ग्रन्थहरु थमाईनु पर्छ । तब मात्र तप,झप, त्याग तपस्या अनी बलिदानको सस्कार उनीमा बिकास हुन सक्छ । उनिहरुलाई भन्न सक्नु पर्छ अरुको सेबा गर्नुनै हाम्रो परम सेबा हो भनेर ।

भन्न सक्नु पर्छ उनीहरुलाई “ जब हितको कुरा आउछ राष्ट्रिय हित भन्दा कुनै ठुलो हुदैन ।जब सम्मानको कुरा आछउछ राष्ट्र सम्मान भन्दा ठूलो कुनै हुदैन । जब प्रेमको कुरा आउछ राष्ट्र प्रेम भन्दा ठूलो कुनै हुदैन । जब भक्तिको कुरा आउछ राष्ट्र भक्ती भन्दा ठूलो केही हुदैन। जब सेबाको कुरा आउछ राष्ट्रसेबा भन्दा कुनै माथी हुदैन ।जब गौरबको कुरा आउछ राष्ट्रिय गौरब भन्दा ठुलो गौरब कुनै हुदैन । हाम्रो देश र मातृभुमीलाई राष्ट्रदेब भब: भन्न सिकाउनु पर्छ ।

सरकारले मनन गर्नु पर्ने कुराहरु:

बगलादेशको घटना: बगलादेशको हालै भएको परिबर्तनमा बिष्लेषण गर्ने हो भने बिश्बमा जतिपनि परिबर्तन भए ती सबै युबाको सक्रिय मसिहा बिना सम्भब थीएनन् । हालै बगलादेशमा भएको युबाहरुको अगुबाई र सक्रियतालाई उदाहरणको रुपमा लिन सकिन्छ। भएको ठुलो परिबर्तन पछाडि युबाहरुको भुमिका रहेको कसैबाट छुपेको छैन। यो उथलपुथलताको बास्तबिकता बिस्तारै खुल्दै जाला । तरपनि उक्त परिबर्तनमा युबा शनशक्तीमा आबद्द कसैले युबामुभमेन्टको नेत ृत्ब गरेका थिए । उनिहरुले सरकार बिरु्द मोर्चा कस्दै भने “ आज लाठी समात्ने युबाले भोली चाहेमा हतियार पनि सजिलै सित उठाउन सक्छ “।

कोही युबा सिभिल राईट र मानब अधिकारकर्मी थीए जसले ५ जुन २०२४मा भएको आरक्षण कोटा ३०%बाट ५%मा झार्ने अदालती निर्णयलाई स्बिकारेनन। उनीहरुले बिर्धार्थी मुभमेन्टलाई अगाडी बढाई राखे । बास्तबमा पाकिस्तानबाट बगलादेश स्बतन्त्र हुदा हसिनाका बाबु मजबुर रहमान जसलाई बगालदेशमा राष्ट्रपिता समेत भनिन्थ्यो । उनी सितै देश स्बतन्त्रताको लागि मुक्ती जुधा लडेका थिए । त्यसैको कदरस्बरुप शहिद परिबारका सदस्यहरुलाई शैक्षीक भर्ना र सरकारी नोकरीमा भएको आक्षरणको ब्यबस्था गरिएको थीयो । कोटा पुस्तौ देखि दिदै आईरहकेो थियो । धेरै युबा नेताहरु पक्राउमा परे तर उनीहरुबाट बाहिरएको श्रब्यद भनिएको थियो “जति पनि युबाहरु छन् आसपासमा भैरहेको सरकार बिरोध प्रर्दशनमा शररिक हुनको लागी । पछि बिर्धार्थिको प्रदर्शनमा आमनागरिकहरुको ब्यापक सहभागिता रह्यो। ठुलो समुह प्रधानमन्त्री कार्यालय घेराऊ गरे। करिब ३ सयको हतातत र २५ हजार मानिसहरु घाईते भईसकेको थीयो । ठूलो समुह भड्कियो । प्रतिफल स्बरुप सत्तापलट भयो। प्रधानमन्त्रिले पदबाट राजिनामा मात्र हैन देश छोड्न पर्ने सम्मको अबस्था आयो ।

यसको पछाडि भित्री कारण अन्य पनि केही थीयो भने भ्रष्टाचार थियो । आर्थीक प्रगती भनिएतापनी केहि मुठीभरका समुहले बाहेक सर्बसाधरणले बिकाशको महसुस गर्न पाएका थीएनन् । त्यस्तो हुदा हुदै पनी अन्तिममा युबाहरु सित जोडिएको र उनले उठाएको आरक्षणकै बिषयले ठुलो माहौल सडक ततायो र निर्णायक भुमिका खेल्यो । त्यसैले भन्न सक्छौ – सायद युबाहरु खुल्ला रुपमा सडकमा नआएको भए सरकारको सत्तापलट हुनै सक्तैन थ्यो । यो युबाको भडकियो आगोको प्रतिफल थीयो। यसमा अरु देशहरुले पनी ठूलो शिक्षा लिनै पर्छ । शक्ति त युबाकै हो तर यो शक्ती स ृजनात्मक हुन सक्छ भने बरदबाद गर्ने पनि हुन सक्छ । यो कुरालाई राष्ट्रका नेतृत्बकर्ताहरुले बूझ्नै पर्छ नारामा मात्र सिमित नरही बास्तबमा राष्ट्रको यदि समृद्दी चाहाने हो भने युबाहरुको सिप, बिकास उपयोग र शक्तीलाई परिस्कृत गर्दै राष्ट्रका महत्बपुर्णस्थानहरुमा कार्य निर्देश सहित सरचनाबद्द गरिनु पर्दछ ।

जुन देशमा भ्रष्ट्रचारले जरो गाड्छ, उठाईएको कर बिदेशबाट आएको रेमिन्ट्यास समेतको श्रोत साधन सहि रुपमा आबश्यकता अनुरुप प्रक्षेपण हुदैन र नितीमा देखाउनकै लागी झै गरेर राम्रा राम्रा बिषयहरु राखीन्छन् र आबश्यासन बाढिन्छन। शीक्षा प्राप्त गर्छन् तर रोजगारीको समान अबसर मिल्दैन र रोजगारीको क्षेत्र सिमित हुन्छ। यस्तो अबस्थामा युबाहरुले भड्किन सक्छन् बिदेशिन सक्छन । आखिर उनले पनि त सपना देखेको हुन्छन् । पढुला, शीक्षित हुला र राष्ट्रको सेबाको साथै समुन्नत परिबार सहित प्रतिष्ठाको जिबन जिउला भनेर!! तर सो परिकल्पना गरेको यदी बातारबणनै नपाउदा उनीहरु बिदेशिन बाध्यता हुन्छन् र उनिहरुमा आक्रोसित मनसिकता बिकाश हुन जान्छ । भोली बगालादेश झै कुनै देशमा युबाको आगो बल्न सक्छ । बालक हुदै युबाहरुलाई चाहिने बास्तबमा स्बछ्छ बाताबरण हो । त्यो बातारबण हाम्रा अग्रजहरुले बाबु आमाको रुपमा, सरकारले अगुबाहरुले दिन सक्नु पर्छ । ईमान्दारिताको संस्कार र निष्ठाबान परिबेशले उनीहरु माथी सकरात्मक सोचको बिकास गराउन सक्छ । यही मनस्थितिळे उनलाई सदैब असहज बाताबरणमा बस्दै आफुले सिकेको शीक्षा र सिपले सृजनात्मक शैली अनरुप प्राप्त श्रोत साधनलाई अधिकतम रुपमा उपयोग गर्न सक्छन् । बास्तबमा उनीहरुमा चाहिने ईमान्दारिताको सस्कारनै हो । त्यो हामिले घर, स्कुल बिध्यालय देखि बिश्बबिध्याल सम्म दिन सक्नु पर्छ ।
युबाहरु यदि हित चाहेन हो भने हामि अग्रजहरुले पनी उनिहरुलाई आर्थिक सहयोग भन्दा पनी नैतिक र भावमात्मकरुपमा मार्गनिर्देशन गर्नु पर्दछ । सहि मार्गनिर्देशन भएमा सोही अनुरुपको सही मुल्य बन्छ । त्यसबाट राम्रो प्रबृतीको बिकास हुन जान्छ ।

आजकाल देशको कमजोरी बताउनु सबैलाई मन पर्ने देखिन्छ। युबालाई नहुने कुरै भएन। के हाम्रो देश बिरताले बनेको, प्राक ृतिले भरिपुर्ण स्बिजर्ल्याण्ड बन्न सक्ने गुणगुणै ले भरिएको भनि एउटा शसक्त देश हो । हामी कमजोरी देखाउनेले त्यसबाट उम्कने तरिकाबारे पनी भन्नु उतिकै जरुरी होला नी !युबाहरुलाई हामिले जति सक्दो त्यती सकारात्मक सुचनाहरु प्रबाह गर्न सक्नु पर्छ । THINK POSITIVE DO POSITIVE. बालक बाट युबा हुने हो। मलाई पनी बालक हुदै युबा हुदा सम्म मैले मेरो आमाबाट जानेको कुरा के भने ? कहिले पनी मलाइ गाली गरिबक्सने त्यती मात्रै हो र जहिले पनि तिमी मेरो कान्छो छोरा हौ तिमी भोलीको हिरो हौ मलाई थाहा छ तिमिेले गर्न सक्छौ मात्र भनि बक्स्यो । आज म ३० बर्ष सच्चा देशभक्तको रुपमा देश सेबा गरी बिषम परिस्थितिमा काम गरेर सेबानिर्ब ृत भएको छु । मलाई लाग्छ प्रत्येक बाबु र आमाबाट हुने आफ्नो सन्तति प्रतिको सकारात्मक प्रबृति यो भन्दा अरु केही हुनै सक्तैन ।

सबैभन्दा युबाहरुलाई प्रभाब पार्ने भनेको नैतिक जिम्बेबारी हो । यस भित्र दुईप्रकार समुह देखिन्छन् – एउटा लक्ष्य सहित अगाडी बढिरहेका र अर्को लक्ष्यको खोजीमा रहेका । हुनत बालक देखी यबा हुदा सम्म जिबनको अभ्यास गर्दै सिक्दै आइरहेको हुन्छ । यो बेला उनीहरुले राम्रो हात पक्रन पाएमा उनीहरुमा रहेको शक्ती केही बर्षमै निकै बढन् जान्छ। उनीहरुले आफ्नो जिबनको सिदान्त निर्माण गर्नछन । त्यही सिन्दान्त अनरुप उनीहरुको ब्यक्तित्बको निर्माण हुन्छ । सही मानिसको हात पक्रने बित्तीके उनीहरुमा साहस र आत्माबिश्बासको बिकास हुन्छ । यही बिकसित बिश्बासले अरुलाई पनि सहयोग गर्न थाल्छ ।तर बिडम्बनानै मान्नु पर्छ यस्तो राम्रो हात बिरलै युबाले पाउछन् । राम्रो हात नपाउने बित्तीकै शकै छैन उनीहरु गलतको प्रभाब पर्न जान्छन् । गलत मुल्य र सो अनरुपको आचारण अनरुपनै नराम्रो ब्यक्तित्बको पर्दापरण हुन्छ । भन्ने हो भने गलतलाई रोक्न त सकिन्न तर सहिलाई बढाबा दिन त सकिन्छ नी । यस पट्टी ध्यान जानु पर्छ।

अन्तमा:

युबाको सरक्षण, सम्बर्दन अनि सुरक्षा र बिकाश कुनै पनि राष्ट्रको लागि अपरिहार्य हुन्छ । यो कुरा सबै सरोकार निकाय, परिबार समाज मनन गर्ने पर्छ। श्रोत साधन जति प्रचुरमात्रामा भएपनी आखिर मानबसंशाधन सहि रुपमा ब्यबस्थापन भएन भने ति सबै मुल्यहिन साबित हुन्छन् । गर्ने एउटै ब्यक्तिले हो त्यो पनी युबा अबस्थामा बुढेशकालमा होईन । जति गर्ने ब्यक्तीहरुको सख्या बढ्छ त्यतिनै परिबार, समुदाय अनी देशले सम्मुन्नतको शिखर चुम्न सक्छन् ।

युबाहरु यदि हित चाहेन हो भने हामि अग्रजहरुले पनी उनिहरुलाई आर्थिक सहयोग भन्दा पनी नैतिक र भावमात्मकरुपमा मार्गनिर्देशन गर्नु पर्दछ । सहि मार्गनिर्देशन भएमा सोही अनुरुपको सही मुल्य बन्छ । त्यसबाट राम्रो प्रबृतीको बिकास हुन जान्छ।
रोगारीको क्षेत्र बढाउन सरकारहरुले सिपयुक्त युबा जनशक्ति मात्र होईन कम्पनीहरु खोल्न सक्नु पर्छ। उध्योग कलकारखाना, कृषीमा क्रान्ति ल्याउन बिशेष अभियान सहित युबाहरुको परिचालन गर्न सक्नु पर्छ । बिशेष कार्यक्रम मार्फत सिपयुक्त तालिम देखि उनीहरुको मनस्थितीमा लोकसेबा भन्दा पनी रोजगारी खोज्ने होईन कि रोजगारीमा आत्मानिर्भरता गर्ने सक्ने सोच हाल्नु पर्ने हुन्छ ।

राष्ट्र भन्दा माथी केही पनि हुदैन राष्ट्र सर्बप्रथम अनि राष्ट्ररार्थ युबाको महत्बलाई बुझाउन सक्नु पर्छ। शहरी तर्फ आकर्षीत युबाहरुलाई गाउमै रोक्ने सक्ने रोजगारको योजनालाई बिशेष प्राथामिकतामा राख्नु पर्दछ । युबालाई बिदेशजानबाट रोक्न सक्नु पर्छ । युबाहरुलाई राष्ट्रिय सुरक्षा बारेमा चेतना जोगाउदै सो बारेमा ज्ञान दिलाउनु पर्ने अति आबश्यक देखिन्छ ।युबालाई स्बच्छ बाताबरण दिनु पर्दछ। उनिहरुको स्बास्थमा ध्यान दिनु पर्छ ।

धिरु बस्न्यात प्रहरी अतिरिक्त महानिरिक्षक (अ॰प्रा॰) हुनुहुन्छ ।