काठमाडौ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेसँगै नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा छलफल भएको छ । स्थायी समिति बैठकमा पेस भएको राजनीतिक प्रतिवेदन माथी छलफल गर्न २८ गते सम्मका लागि बैठक रोकेर अध्यक्षद्वय छलफलमा जुट्नु भएको हो ।
शिर्षतहको अन्तरकलह सचिवालयबाट टुङ्गोमा पुग्न नसेके पछि स्थायी समितिको बैठकबाट नै निरुपण गर्ने निर्णयमा पुगे पछि स्थायी समितिका सदस्यहरु एकताको पहलका लागि क्रियाशिल भै रहेको बेला उहाँहरु बीच छलफल भएको हो ।
लामो समयदेखिको मौनतालाई तोड्दै सनिबार अध्यक्षद्वय बीच भएको सम्बादले केही मात्रमा “आईसब्रेक ” भएको र त्यसलाई नै निरन्तरता दिन छलफल सुरु भएको हो ।स्थायी समितिको बैठकमा पेश भएको दुबै अध्यक्षको प्रतिबेदनलाई एकीकृत गर्न कार्यदल गठन गर्ने गृहकार्य समेत भै रहेर्कौ एक स्थायी समितिका सदस्यले जानकारी दिनुभयो ।










