७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

आँपको बगैंचा मासेर सौर्य प्लान्ट स्थापनाको तयारी गरेपछि किसान बिरोधमा

आँपको बगैंचा मासेर सौर्य प्लान्ट स्थापनाको तयारी गरेपछि किसान बिरोधमा
अ+ अ-

काठमाडौँ । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा ८० बिघा क्षेत्रफलमा लगाएको आँपको बगैंचा फडानी गरेर सौर्य प्लान्ट स्थापनाको तयारी गरेसँगै स्थानीयहरु बिरोधमा उत्रिएका छन् ।

काठमाडौं महानगरपालिका–३२ जडीबुटीस्थित जन्दादेवी सोलार प्रा.लि.ले आँप पकेट क्षेत्रमा सौर्य प्लान्ट स्थापनाको काम अगाडी बढाउने तयारी गरेको हो । ५० मेगावाट सौर्य विद्युत उत्पादन गर्ने प्लान्ट स्थापनाका लागि १२ जना किसानसँग १६ बिघा जग्गा ३० वर्षका लागि भाडामा लिने सम्झौता गरिसकेको अवस्थामा स्थानीयहरुले बिरोध जनाएका हुन् ।

उक्त कम्पनीले असार २९ मा किसानसँग गरेको सम्झौतामा वार्षिक प्रतिकठ्ठा ८ हजार रुपैयाँ र प्रत्येक दुई वर्षमा १० प्रतिशत भाडा वृद्धि गर्ने उल्लेख छ । संघीय सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिंचाई विभागले त्यहाँ कुनै सिंचाई आयोजना नरहेको भन्दै ती जग्गा सिंचाईयोग्य नरहेको प्रमाणित गरिदिएको बटेश्वर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष अशोककुमार महतोले जानकारी दिनुभयो ।

जन्दादेवी सोलार प्रा।लि।ले लिन खोजेको सबै जग्गामा आँप खेती रहेको वडाध्यक्ष महतो बताउनु हुन्छ । उहाँकाअनुसार वर्षेनी यस क्षेत्रबाट लाखौं रुपैयाँको आँप बिक्री हुन्छ ।

आँप खेती फडानी गरेर सोलार प्लान्ट स्थापना गर्ने विषयमा किसान विभाजित छन् । कुनै वर्ष आँपखेतीमा क्षति भोग्दा सरकारले राहत नदिएको भन्दै कतिपय किसान सोलार प्लान्ट स्थापनाका लागि जग्गा दिनु बाध्यता रहेको बताउँछन् । त्यसैले केही किसान जन्दादेवी प्रालिको जग्गा दिन सहमत भएको बताउँछन् ।

स्थानीय किसान रामउदगार महतोले आँप पकेट क्षेत्रमा आँप खेती फाँडेर सोलार प्लान्ट स्थापना गर्नु खेदजनक रहेको भन्दै यसलाई रोक्नुपर्ने बताउनु भयो । रामउदागरले यो जन्दादेवी प्रा।लि।ले पछि गएर के गर्छ थाहा नभएको तर अहिले आफूहरुको आश्रय आँप रहेकाले आँपको बगैँचा फडानी गर्न नदिने अडान लिनुभयो ।

सोलार प्लान्टका लागि अन्यत्र खाली जग्गा खोज्न सकिने बताउँदै आँप खेती फाँडेर सोलार प्लान्ट राख्न खोजे आन्दोलन हुने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘आँप पकेट क्षेत्रमा आँप खेती फाँडेर सोलार प्लान्ट स्थापना गर्नु खेदजनक रहेको छ, यसलाई रोक्नुपर्छ । पहिले यहाँ धान खेती हुन्थ्यो तर आँप उत्पादन यहाँ हुन थालेपछि किसानहरुको आयको स्तरमा वृद्धि भएको छ ।’

अर्का किसान विनोदकुमार सिंहले सो स्थानमा सोलार प्लान्ट खोल्ने वा नखोल्ने भन्ने विषयमा गहन छलफल हुनु आवश्यक रहेको बताउनु भयो । प्लान्ट स्थापना हुँदा गाउँ तथा वरपरको वातावरणमा असर नगर्ने निश्चित भएपछि मात्रै त्यसको काम अगाडी बढाउन सकिने बताउनु भयो ।

यी दुई स्थानीयभन्दा पृथक विचार स्थानीय किसान रामखेलावन महतोको छ । उहाँकाअनुसार आँप खेतीबाट खासै आम्दानी नहुने गरेकाले आफूहरु सम्झौता गर्न तयार भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आँप खेतीबाट कुनै—कुनै वर्ष आम्दानी हुन्छ तर अधिकांश वर्षमा घाटै व्यहोर्नु परिरहेको छ, आँप कुनै वर्ष नफल्ने, आँपमा किरा लाग्ने, बजार नपाउने जस्ता समस्या हामीसँग छ, त्यसैले म यो प्लान्टको पक्षमै छु ।’

जल्दादेवी सोलार प्रा.लि.ले भने अन्यत्र जग्गा नपाएकाले सो स्थानमा प्लान्ट स्थापना गर्न लागेको स्पष्ट पारेको छ । बटेश्वरको आँप पकेट क्षेत्रका किसानले दिन मानेपछि त्यहाँ प्लान्ट स्थापनाको तयारी गरेको उनीहरुको भनाइ छ ।