७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

भूमि व्यवस्था मन्त्रालय मातहतका निकायले ऐन विपरित नियम निर्देशिका बनाएको ठहर

भूमि व्यवस्था मन्त्रालय मातहतका निकायले ऐन विपरित नियम निर्देशिका बनाएको ठहर
अ+ अ-

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र मातहतका निकायले ऐन विपरित नियम निर्देशिका बनाएको पाइएको छ । राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले बुधबार गरेको छलफमा विभिन्न ऐनको प्रत्यायोजित विधायनको अपब्याख्या गरी नियम निर्देशिका बनाएको पाइएको हो । 

समितिले भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले प्रयोग गर्ने दर्जन बढी ऐनहरुका एक सय बढी निर्देशिका संविधान र तालुक ऐनसँग मेल खाए नखाएको अध्ययन गरेको थियो । ऐन र निर्देशिकाको अध्ययन गर्नुभएका स्वतन्त्र अधिवक्ता लालबहादुर बस्नेतले अधिकारको अधिक प्रयोग (आवस्यकता भन्दा बढी), पुरक कानूनको प्रत्यायोजित व्यवस्थाको प्रयोग गरी नियम निर्देशिका बनेको, कानूनको श्रोत उल्लेख नगरी नियम निर्देशिका बनेको र कानूनको ढाँचा भन्दा बाहिर गएर नियम निर्देशिका बनेको बताउनुभयो ।

यता छलफलमा सहभागि हुनुभएका मन्त्रालयका सचिव टेक नारयण पाण्डे, भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेल र नापी विभागका महानिर्देशक श्रीप्रकाश जोशीले ऐनमा स्पष्ट नतोकिएको व्यवस्थालाई नियम निर्देशिका बनाई काम सम्पादन गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । माथिल्लो निकायबाट समयमा कार्यविधि तथा नियमावली नआउने र विना आधार काम गर्न नसक्ने हुँदा पनि नियम नियमावली धेरै बनाउन बाध्यता रहेको बताउनुभयो ।

यस्तै समिति सदस्य एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले ऐनमा भएको काम नहुने तर ऐनमा नलेखिएको कुरामा नियम निर्देशिका बनाएर ऐन विपरित काम गर्ने परिमाटी रहेको बताउनुभयो । उपल्लो तहका कर्मचारीको अधिकार केन्द्रीत गर्ने मोहले संविधानले प्रत्यायोजित गरेको अधिकार प्रदेश र स्थानीय सरकारले उपयोग गर्न नपाएको पनि उहाँहरुको भनाई छ ।  

समितिले नेपाल सरकारका मन्त्रालय मातहतका निकायले प्रयोग गर्ने ऐन तथा त्यसको प्रत्यायोजित विधायनको सम्बन्धमा छलफल गरिरहेको छ । समितिले ऐन निर्माण गर्दा कार्यान्वयन गर्ने निकायले तजबिजीमा नियम–नियमावली बनाउने, विनियम बनाउने, सिफारिस कार्यविधि बनाउने आदेश दिने कार्यलाई निरुत्साहित गर्न ऐनहरुको पुनरलेखन गर्नपर्ने बताउँदै आएको छ ।