७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

मेरो काजकिरियामा सामेल नहुनु !

मेरो काजकिरियामा सामेल नहुनु !
अ+ अ-

कमानसिंह लामाले लेखेको स्टाटस जस्ताको तस्तै –

आमा नाम नै कति मोहक शब्द ‘आमा’ । मैले संसारमा सबभन्दा बढी मया गर्ने ‘आमा’

प्रिय मैले तिमीलाई त्यही आमा पछिको दोश्रो माया गरेको थिएं तर त्यो आज याम्बालिंग रुपी बर्मुडा ट्रयाङ्गलमा फसेकोछ । तिमी यसलाई सामान्य लोग्नी स्वस्नीको झगडाको रूपमा लिंदै आफ्नो स्वास्नी आफैले हात लिन सक्नुपर्छ भन्नछन । छ्या कति कुरुप सिलावरको देक्ची कुचिएका कुरुप विचार र अनुहार बोकेका तिम्रा जिग्री दोस्तहरु ।।

प्रिय, तिमी त उस्को परिवार रे, आफ्नो श्रीमतीलाई आफैले हात लिनुपर्छ रे । वा रे वा नेताज्यू हातमा हैन मैले शीरमा राखेको थिएँ । ढोंगीहरुले त हातमा भनेर घुँडामा झुण्ड्याउने हो क्यार । जे होस तिम्रा जालझेल खेती सप्रेको नै छ । साधा जीवन उच्च विचारका होडिङबोर्ड बगैंचा घरका भित्तामा टाँसेका छौ, त्यो कत्तिको सहज लाग्छ कुन्नी, मलाई त हांडी घोप्टे जस्तो लाग्छ ।

ठमेलमा ५० हजार युएस डलरको विटा भेट्टाएछ । सोह्रखुट्टे पार्टीको भित्तामा गाइको गोवरले डलर टांसेर झिली मिली बनाएछ । हांडीमा खिचडी बसाएर दुर्इ बुढाबुढी गीत गाएर नाचिबसेको खोज्दै जाने प्रहरी र टुरिष्टले भेटेछ । यही केशले हांडीघोप्टेको लोग्ने स्वास्नीको यूरोप अमेरिकाको यात्रा भयो ।

हाम्रा महान पा . का माहान साधु सन्त नेताका यत्तिको नैतिकता र विचार पनि मैले देखिन । थुई..क्क जाली फटाहा द्रव्य पिशाचहरु ।।

प्रिय, मेरी प्रिय, हाम्रो प्रेम बर्मुडा ट्य्राङ्गलमा फस्यो प्रिय ।

१. मेरो स्वाभिमानको ट्य्राङ्गल
२. चल अचल भौतिक सम्पतीप्रतिको तिम्रो आसक्ति
३. हाम्रो बीचको सामाजिक सम्बन्ध, स्थापित मूल्य मान्यता र त्यसमा आएको परिवर्तनले ल्याएका अन्तरविरोधहरु ।

यो हो हाम्रो बीचको अहिलेको बर्मूडाको ट्य्राङ्गल ।

याद गर प्रिय, मैले तिमीलाई सबै कुरो सम्पतिसम्म सुम्पें तर मेरो स्वाभिमानप्रति खेलवाड गर्ने छुट दिइएको छैन । धेरैले नबुझेका र तिमीले पनि नवुझेको कुरो यहीं छ ।

बरमुडा ट्य्राङ्गल त्यो त्रासदीपूर्ण आजसम्म त्यसको भेद खोल्न सकेको छैन ।

तर, यसको बनावट भूमध्य रेखा काल्पनिक लाइनसंगै भएको हो ।
जब पृथ्वी एउटै ढिक्कोको एउटै समुन्द्र थियो ।

हामी बसेको भूभाग गोण्डावना ल्याण्डसंगै दक्षिणी धुर्बमा टांसिएर बसेको थियो ।
त्यसबखत ठूला ठूला भौगोलिक उथल पुथल भइरहन्थे । एक्कासी गोण्डावना ल्याण्ड दक्षिणी धुर्बसंग छुट्टियो । ३ मिटर उत्तर सर्यो । पृथ्वी बीचमा उसिनेको अण्डा बीचमा फ़ुटाएको जस्तो फुट्यो ।

पृथ्थ्वी दुइ भागमा बांडियो ।

उत्तरी गोलार्ध पांगिया र दक्षिणी गोलार्ध गोण्डावना ल्याण्ड ।
यही घटनामा भूमध्य रेखीय क्षेत्रमा बर्मुडा ट्रयाङ्गल बन्यो । त्यो आजपर्यन्त अभेद्य छ ।

त्यस्तै हामी हाम्रो बर्मुडा ट्रयाङ्गलमा फसेका छौं ।

प्रिय,
तिमीले कुरा नबुझ्दा र तिमीले जानी जानी धोका दिंदा मेरा केही सपनाहरु अधुरा नै रहने भए ।

राजनीतिक सपना राजनीतिक नेताहरुले गोलखाडी पुर्याइ हाले ।

के कुरा गर्ने ?

तिमी म दुइ मिली यो पृथ्वी फनक्क एक फन्को लगाउने, विस्वका आठै वटा आश्चर्यको रस्वास्वादन गर्ने । माचिपिच्यूमा पुरानो पोर्तुगीज खाना खाने । गोन्जालोको देश हेर्ने । माकलबारीमा आफ्नै पिरामिड बनाउने पोहोरै योजना बनाएको थिएं । त्यो तिमीले भांडी दियौ ।

मध्यरातमा घाम झुल्किएको फिन्ल्याण्ड, नर्वेबाट रस्वास्वदन हामी दुइ साथै गर्ने सपना अधुरै रहने भयो ।

ट्रान्स साइबेरियन ट्रेन चढेर व्लादिभोस्तक जाने, उलान बटो र ऐतिहासिक गोवी मरुभूमिमा उँट चढ्ने सपना अधुरै रहने भयो ।

मानव विकासक्रमको २૪ लाख बर्षको ईतिहासमा सिन्थोपस प्रकृतिको जीवाष्मका मूलका मानिसहरू ड्रागन पाहाड भिरालोका मानिसहरु पेकिङम्यान, लान्तीयान म्यान, वुसानम्यानले गरेका उपलब्धी र आदिबारे अलि सूक्ष्म अध्ययन गरी हाम्रो ठुंसाकाबारे भौतिक रूपमै उपस्थित भएर अध्ययन गर्ने, दोङ, सिङदान तथा धेरै हामी टिवेटो बर्मिज भाषा समूह र मंगोल मूलका पुर्खाहरुले एक ठूलो नदीको धार परिबर्तन गरी अहिलेको साइन्स र टेक्नोलोजीको युगमा पनि आस्चर्य चकित हुने हाम्रा प्रागकालिन पुर्खाको पौरख र सीप विज्ञान प्रविधिसंगै पढ्ने ईच्छा अधुरै रहने भयो ।

हाम्रो शास्त्रले भनेको वुइसाङ, उर्गेन ह्युल, अब आउने बसन्त ऋतुमा अध्ययन भ्रमणको रूपमा डुल्ने योजना थियो त्यो अधुरै रह्यो ।

प्रिय, म कोरोनाले लिएर जानको लागि सबै योग्यता पुगेको मान्छे । अरुले भने मृत्यु शैयाबाट भन्थे होला तर म भन्दिन । कोबिटसँग पौठेजोरी खेल्दैछु । सायद म बाँच्छु पनि होला, मेरा वरपरबाट धेरै गए पनि । तर म आत्तिन्न ।

यो अन्तिम घडीमा पनि मेरो धन मेरो लागि काम लाग्दैन भने त्यो धनको के काम । आफ्नो पाउनु पर्ने त यो हालतमा दिंदैन भने मेरो निम्ती कहिलेलाई चाहियो ?

यो जीवनको जीवन मरणको लडाईको बेला मेरो श्रीमती म साथ हुन्न भने त्यो श्रीमती अझै श्रीमती भनिरहनु कत्तिको औचित्य ? लौ प्रिय गरी खान मनग्य गरिदिएको छु । बाँकी जीवन मोज गर । मैले पूरा गर्न नसकेको अधुरा काम अरुसंगै पुरा गर । आठै आस्वर्य हेर्ने घुम्ने भोक मैले नै जगाइसकेकोछु तिमीलाई । सक्षम पनि छौ । लौ बधाई प्रिय ।

२८–३० बर्ष तिमी साथै यो ६–७ महिना बाहेक ज्यादै सुखद नै रह्यो । यो ६–७ महिनाले मलाई गलायो किनकी मैले तिम्रो मायामा विश्वासघात पाएँ ।
मेरो सेयरको करीब दुइ वर्षको सांवा ब्याज मेरो खातामा जम्मा गरेर आइज कुरो सहजै मिल्यो । उस्ले पैसा नदिए सिधै मसंग मिल्न आइज, हामी दुई भएर मुद्दा लडौं या रिजनब्ली मिल्न आए मिल्ने ।

प्रिय, यदि तिमी जालीफटाहाकै पक्षमा लागिनै रहने हो भने मेरो र तिम्रो बीचको सम्बन्ध मेरो यस्तो बेलामा पनि तिम्रो साथ मलार्इ रहन्न भने सम्बन्ध छ भनिरहनुको औचित्यै के रह्यो र प्रिय ।

कुनै माध्यमले काम नगरेपछि बडो सरमका साथ यो मिडिया अपनाएँ, माफ गर प्रिय । यदि म कथं म मरे मेरो काजक्रियामा तिमी र मेरो भाई इमान सामेल नहुनु । यो मेरो बिन्ती ।