१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

‘कू’ को प्रयास गरेको भनिएका एआइजी ज्ञवालीमाथि पदीय दुरुपयोगमा कारबाही हुँदै

‘कू’ को प्रयास गरेको भनिएका एआइजी ज्ञवालीमाथि पदीय दुरुपयोगमा कारबाही हुँदै
अ अ+ अ-

काठमाडौं । केही समयअघि नेपाल प्रहरीमा ‘कू’ को प्रयास गरेको भनिएका एआइजी श्याम ज्ञवालीमाथि पदीय दुरुपयोगको आरोपमा कारबाही हुने भएको छ । उनले कसुरदारसँग करोडौँ लेनदेन गरेको पनि पाइएको भन्दै प्रहरी स्रोतले पदीय दुरुपयोगका पर्याप्त प्रमाण भेटिएपछि उनीमाथि कारबाही निश्चित भएको बतायो । ज्ञवालीले प्रहरीमा कू गरेर आफू आइजिपी बन्ने चलखेलमा लागेको पनि प्रहरीले प्रमाणहरु भेटेको जनाएको छ ।

सरकारले एआइजी टेकप्रसाद राईको नेतृत्वमा एक छानबिन समिति गठन गरेको थियो । सो समितिमा पीडितहरूका तर्फबाट प्रमाणहरू समेत पेश भएको स्रोतले जनाएको छ । छानबिन समितिले सबै प्रमाणहरू संकलन गरेपछि उसको सिफारिसका आधारमा उनीमाथि सरकारले कारबाही गर्ने तयारी गरेको बताइएको छ ।

गृहमन्त्री रमेश लेखकले समेत सीआईबीका तत्कालीन प्रमुख ज्ञवालीका कार्यहरु र उनले गरेका बदमासीका बारेमा मंगलवारको मन्त्रिपरिषद् बैठकमा समेत संक्षिप्त जानकारी गराएका थिए । उनलाई सोही ठाउँमा राख्दा प्रमाणहरू नष्ट गर्ने देखिएकाले सरुवाको प्रस्ताव उनैले लगेका थिए । त्यसपछि ज्ञवालीमाथि छानबिन भइरहेको छ ।

पूर्व गृहमन्त्री रवि लामिछानेका पालामा ज्ञवालीले समानान्तर हेडक्वार्टर चलाएको पनि बताइएको थियो । त्यसपछि आइजिपी वसन्त कुँवरलाई ‘कू’ गरेर आफू आइजिपी बन्ने प्रयास गरेको आरोप पनि उनीमाथि रहेको छ ।

त्यस समयको सत्ता गठबन्धनका मुख्य नेता केपी शर्मा ओलीले प्रहरीमा ‘कू’को प्रयास असफल पारेको प्रहरीले नै जनाएको थियो । अपराध अनुसन्धानमा अब्बल इतिहास बनाएको सीआइबीको छवि नै समाप्त हुने गरी ज्ञवालीले पदको चरम दुरुपयोग गरेको आरोप छ । सहकारी ठगी प्रकरणका फाइल नै गायब पारेको, सुन तस्करी छानबिन रोकेर आरोपीलाई जोगाएको तथा जीवन चलाउनेलगायत कतिपयसँग करोडौँ रकम बार्गेनिङ गरेर पैसा नदिए सुन तस्करीमा फसाइदिने धम्की दिएको जस्ता उनी विरुद्धका प्रमाणहरु नै सार्वजनिक भएका छन् ।

उता उनी बालमन्दिर जग्गा हिनामिना प्रकरणका आरोपीसँग समेत साँठगाँठ गरेको र बैंकिङ कसुरमा पक्राउ परेका व्यक्तिहरूसँग करोडौँ रुपैयाँसम्म लेनदेन गरेको पनि पाइएको छ । ज्ञवालीमाथि पदको दुरुपयोग गरेका आधा दर्जनभन्दा बढी प्रकरणमा छानबिन भइरहेको जानकारी मन्त्रिपरिषद् बैठकमा गृहमन्त्रीले गराएका थिए ।

एआइजी ज्ञवालीको बारेमा धेरै गम्भीर प्रकारका घटनामा छानबिन भइरहेको छ । अहिले जसरी नयाँ सरकार आएपछि विभिन्न प्रकरणका छानबिन गरिरहेका प्रहरी अधिकारीको सरुवा गरिएको भनेर केही मिडियामा प्रचार गर्न खोजिएको छ, वास्तविकता त्यस्तो नभएर त्यसको ठिक उल्टो रहेको एक वरिष्ट प्रहरी अधिकारीले जनाए । ज्ञवालीले जिम्मेवार प्रहरी अधिकारीको हैसियतमा पदको चरम दुरुपयोग गरेका प्रमाणहरू नै आएपछि छानबिन थालिएको उनको भनाई छ ।

अघिल्लो मंगलबारको मन्त्रिपरिषद बैठकमा पनि मन्त्री लेखकले छानबिनमा परेको व्यक्तिलाई सीआईबीजस्तो महत्वपूर्ण ठाउँमा राख्दा प्रमाण नष्ट गर्ने र पदको थप दुरुपयोग गर्ने जोखिम देखिएकाले सरुवा गर्ने प्रस्ताव राखेका थिए । सोही बैठकले सीआईबीमा दीपक थापालाई लगेर ज्ञवालीलाई प्रदेश समन्वय विभागमा सरुवा गरेको छ ।

ज्ञवाली उनी आगामी भदौ महिनामा अवकाश हुन लागेका छन् । यसबीचमा प्रहरीमा ‘कू’ गराएर आइजिपी बन्ने ध्याउन्नमा उनी रहेका ती अधिकरीको भनाई छ । उनी सुन तस्करीमा संलग्न व्यक्तिहरूलाई जोगाउने खेलमा कसरी लागेका थिए भन्ने प्रमाणहरूमाथि समेत छानबिन भइरहेको छ ।

उनको प्रयास नयाँ सरकार गठनपछि असफल भएको थियो । उनले महानगरीय प्रहरी आयुक्त भएका बेला नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका इन्द्रजीत राईलाई मध्यरातमा परिसरको हिरासतबाट रानीपोखरीमा लगी अख्तियार प्रमुख प्रेम राईलगायत असम्बन्धित व्यक्तिहरूको नाम पोल्न दबाब पनि दिएका थिए ।

एक समाचार स्रोतले भन्यो– अख्तियारले उनको उमेर किर्ते गरेर नागरिकता बनाएको प्रकरणमा अनुसन्धान थालेपछि उनले नक्कली शरणार्थी प्रकरणमा अख्तियार प्रमुखको नाम पोल्न लगाएका थिए । सो प्रकरणका अभियुक्तहरूलाई राति राति रानीपोखरीमा ल्याएर यातना दिएको समाचार पनि त्यति बेलै बाहिर अएको थियो ।