२३ जेष्ठ २०८३, शनिबार
,
Latest
राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागा चैतन्यले गरे शोभिता धुलिपलासँग इन्गेजमेन्ट



अ+ अ-

एजेन्सी । तेलुगु अभिनेता नागा चैतन्यले शोभिता धुलिपालासँग इन्गेजमेन्ट गरेका छन् ।

चैतन्यका बुबा तथा सुपरस्टार नागार्जुनले नागा र शोभिताको इन्गेजमेन्टको पहिलो तस्विर शेयर गर्दै इन्गेजमेन्टको घोषणा गरेका हुन् ।

सुपरस्टार नागार्जुनले आफ्नो एक्स अकाउन्टमा छोरा नागा चैतन्य र शोभिता धुलिपालाको तस्बिर सेयर गर्दै इन्गेजमेन्टबारे जानकारी दिएका हुन् । उनीहरुकको तस्बिर सेयर गर्दै नागार्जुनले लेखेका छन्, ‘आज बिहान ९:४२ बजे भएको शोभिता धुलिपालासँग हाम्रो छोरा नागा चैतन्यको इन्गेजमेन्ट भएको घोषणा गर्न पाउँदा हामी खुसी छौं!उहाँलाई हाम्रो परिवारमा स्वागत गर्न पाउँदा हामी खुसी छौं। सुखी जोडीलाई बधाई र जीवनभरको माया र खुशीको कामना। भगवान आशीर्वाद दिनुहोस्!  ”

यसअघि नागा चैतन्यले सन् २०१७ मा सामन्था रुथ प्रभुसँग विवाह गरेका थिए । तर, तीन वर्षमै उनीहरुको सम्बन्धविच्छेद गरेका थिए ।

शोभिताले आफ्नो करियर मोडलिङबाट सुरु गरेकी थिइन्, शोभिताले सन् २०१३ मा मिस इन्डिया अर्थको उपाधि जितेकी थिइन् । सोही वर्ष मिस इन्डिया प्रतियोगितामा उनी दोस्रो भएकी थिइन् ।

शोभिताले प्राइम भिडियोको मेड इन हेभेन सिरिजबाट लोकप्रियता कमाएकी थिइन् । शोभिता अनिल कपूर र आदित्य रोय कपुर स्टारर द नाइट म्यानेजरबाट रातारात स्टार भइन्। योसँगै शोभिता ओटीटीकी सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री पनि बनेकी छिन् ।