१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागा चैतन्यले गरे शोभिता धुलिपलासँग इन्गेजमेन्ट



अ+ अ-

एजेन्सी । तेलुगु अभिनेता नागा चैतन्यले शोभिता धुलिपालासँग इन्गेजमेन्ट गरेका छन् ।

चैतन्यका बुबा तथा सुपरस्टार नागार्जुनले नागा र शोभिताको इन्गेजमेन्टको पहिलो तस्विर शेयर गर्दै इन्गेजमेन्टको घोषणा गरेका हुन् ।

सुपरस्टार नागार्जुनले आफ्नो एक्स अकाउन्टमा छोरा नागा चैतन्य र शोभिता धुलिपालाको तस्बिर सेयर गर्दै इन्गेजमेन्टबारे जानकारी दिएका हुन् । उनीहरुकको तस्बिर सेयर गर्दै नागार्जुनले लेखेका छन्, ‘आज बिहान ९:४२ बजे भएको शोभिता धुलिपालासँग हाम्रो छोरा नागा चैतन्यको इन्गेजमेन्ट भएको घोषणा गर्न पाउँदा हामी खुसी छौं!उहाँलाई हाम्रो परिवारमा स्वागत गर्न पाउँदा हामी खुसी छौं। सुखी जोडीलाई बधाई र जीवनभरको माया र खुशीको कामना। भगवान आशीर्वाद दिनुहोस्!  ”

यसअघि नागा चैतन्यले सन् २०१७ मा सामन्था रुथ प्रभुसँग विवाह गरेका थिए । तर, तीन वर्षमै उनीहरुको सम्बन्धविच्छेद गरेका थिए ।

शोभिताले आफ्नो करियर मोडलिङबाट सुरु गरेकी थिइन्, शोभिताले सन् २०१३ मा मिस इन्डिया अर्थको उपाधि जितेकी थिइन् । सोही वर्ष मिस इन्डिया प्रतियोगितामा उनी दोस्रो भएकी थिइन् ।

शोभिताले प्राइम भिडियोको मेड इन हेभेन सिरिजबाट लोकप्रियता कमाएकी थिइन् । शोभिता अनिल कपूर र आदित्य रोय कपुर स्टारर द नाइट म्यानेजरबाट रातारात स्टार भइन्। योसँगै शोभिता ओटीटीकी सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री पनि बनेकी छिन् ।