७ पुष २०८२, सोमबार
,
Latest
देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य मन्त्रालयः ‘अहिले नै स्कुल नखोल्नू’



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले नै पठनपाठन कार्य सुरु नगर्न आग्रह गरेको छ। मुलुकका विभिन्न जिल्लामा विद्यालयस्तरीय कक्षा सञ्चालन भइरहेकामा मन्त्रालयले आपत्ति जनाएको छ। प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयको सिफारिसमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले निर्णय गरेपछि मात्र कक्षा सञ्चालन गर्नुपर्ने बताए। ‘आधिकारिक निकायले अनुमति नदिइकन कक्षा सञ्चालन गर्नु हुँदैन।  घरमै बसिरहेका बालबालिकालाई समेत संक्रमण भएको छ’, प्रवक्ता गौतमले भने, ‘अहिले स्कुल खोलेर पठनपाठन गराउँदा संक्रमण बढ्न सक्छ। अभिभावकमा समेत संक्रमणको जोखिम बढाउँछ।’

गौतमले कोरोना संक्रमण दर कायमै रहेकाले विद्यालयमा पठनपाठन सुरु गर्दा कोरोना भाइरस संक्रमणको जोखिम झन् बढ्ने बताए। ‘सरकारले कोरोना संक्रमणको जोखिम बुझेर नै विद्यालय बन्द गरेको हो। जुन यथावत् नै छ’, उनले भने, ‘विद्यार्थी भर्ना गर्न मिल्छ। तर, कक्षा सञ्चालन गर्न मिल्दैन।’ शिक्षा मन्त्रालयले स्थानीय तहको अनुमतिमा विद्यालय सञ्चालन गर्न सक्ने निर्णय गरेपछि मुलुकभरका कतिपय स्थानीय तहमा शैक्षिक संस्था खुलेका छन्। पठनपाठनसमेत सुरु भइसकेको छ। स्वास्थ्यका प्रवक्ता गौतमले कोरोना संक्रमण कायमै रहेको बेला विद्यालयमा पठनपाठन सुरु गर्ने बेला भइनसकेको बताए। ‘अहिले संक्रमण कम भएको मात्र हो। संक्रमणको जोखिम यथावत् नै छ। पठनपाठन सुरु गर्दा बालबालिकाहरू संक्रमण भए त्यसको जिम्मेवारी कसले लिन्छ ?’,  डा. गौतमले भने।

काठमाडौं उपत्यकासहित मुलुकका कतिपय स्थानीय तहमा विद्यालय पुनः सञ्चालन हुन थालेका छन्। विद्यालय सञ्चालन कार्यविधिमा संक्रमणको जोखिम, विद्यार्थी संख्या, भौतिक पूर्वाधारको अवस्था कक्षा सञ्चालनलगायत मोडालिटी र विकल्प सिफारिस गरिएको छ। विद्यालयले भने गुणस्तरीय मास्क, भौतिक दूरीलगायतका सुरक्षा मापदण्ड पालना गराउन नसक्दा कतिपय विद्यालयमा शिक्षक र विद्यार्थीसमेत संक्रमित हुन पुगेका छन्। ललितपुरको गोदावरीस्थित नवज्योति माध्यमिक विद्यालयले शिक्षकलाई कोरोना संक्रमण भएपछि पठनपाठन बन्द गरेको छ। अन्नपुर्णपोष्ट दैनिक