१९ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाधान तथा सहजिकरण समितिद्वारा एकै प्रकृतिका संघलाई एक हुन निर्देशन



अ+ अ-

काठमाण्डौं । युवा तथा खेलकुद मन्त्रालयबाट गठित विबाद समस्या समाधान तथा सहजिकरण समितिले एउटै प्रकृतिका संघहरुलाई एउटै संस्था बनाएर खेलकुदको विकासमा भूमिका निर्वाह गर्न निर्देशन गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद्र (खेप)का उपाध्यक्ष शिव कोईराला  संयोजक रहेको समितिको मंसिर २५ गते बसेको पहिलो बैठकले उक्त निर्णय गरेको हो ।

समितिले अन्तरिक विबादमा रहेका संघलाई पनि यथा सिध्र विबाद सामाधान गरि खेलकुद विकास ऐन २०७७ तथा सम्बन्धीत संघको ऐन अनुसार कार्यान्वयनमा आउन निर्देशन गर्न भएको छ । राखेपमा दर्ता भएका कतिपय संघहरु एउटै प्रकृतिका छन् खेलाईने नियम पनि एउटै छ । संयोजक कोईरालाको अध्यक्षतामा बसेको बैठकले समितिको कार्य संचालन विधि (TOR) तयार गर्ने निर्णय गरेको छ । संघहरुमा बेला बखत देखिने नितिगत ब्यवस्थापकिय तथा अन्य समस्याहरुलाई दीर्धकालीन रुपमा सामाधान गर्न रणनिति तयार गर्ने निर्णय गरेको छ । 

युवा तथा खेलकुद मन्त्री स्तरिय निर्णय अनुसार मंसिर २२ गते गठित समितिमा संयोजक कोईराला लगायत ७ सदस्य टिममा सदस्यहरुमा युवा तथा खेलकुद मन्त्रालय,खेलकुद महा शाखा,राखेप सदस्यत्रेय,गोबिन्द भट्राई,पुरेन्द्रबिक्रम लाखे,नन्दा बस्याल,राखेप कानुन शाखा प्रमुख नारयणराज अर्याल र सचिवमा राखेप संघसंस्था प्रमुख इन्द्रवहादुर कार्की रहेका छन् ।