७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

पार्टीको भेलामा प्रचण्डले भने- ‘अब यसरी पार्टी चल्दैन’

पार्टीको भेलामा प्रचण्डले भने- ‘अब यसरी पार्टी चल्दैन’
अ+ अ-

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले अर्का अध्यक्ष केपी ओलीले अख्तियार गरेको रणनीति र पाराले पार्टी नचल्ने बताएका छन् । दाहाल र माधव नेपाल पक्षले पछिल्लो समयमा आफु पक्षीय नेता तथा कार्यकर्ताहरुको भेला गर्दै आएका छन् । 

यसै विषयमा बिहीबार साँझ पनि उनीहरुले आफू निकट रहेका बागमती प्रदेशका पार्टीका पदाधिकारीहरुसँग जुम बैठक गरेका थिए । त्यस क्रममा प्रचण्डले भनेका थिए अब ओलीसँग एक्लाएक्लै बस्ने र कानेखुसी गरेर अगाडि बढ्ने अवस्था छैन, पार्टीमा अब वार कि पार गरेर अघि बढ्नुपर्छ । 

‘पार्टी कमिटीको बैठक राखेर निर्णय लिनेभन्दा पनि कानेखुसी गरेर अगाडि जाऔं भन्नेमा केपी ओली कमरेडको धेरै जोड देखिन्छ । तर त्यसरी नहुने रहेछ, अब त्यसरी अघि बढेर पार्टीको हित पनि हुदैन’, प्रचण्डले भनेका छन् ।

सहभागी एक नेताका अनुसार प्रचण्डले सचिवालयकै नेताहरुसँग पनि कानेखुसीको नीति अवलम्बन गर्ने र धोका दिने प्रवृत्ति ओलीमा रहेको उनले बताए ।
‘अब कानेखुसी गरेर होइन, पार्टीका नेताहरुसँग छलफल गरेर सहमति निकालेर अगाडि बढ्नुपर्छ । बैठकले निर्णय गर्ने र नेतृत्वले कार्यान्वयन गर्नेतिर जानुपर्छ’, प्रचण्डले बताएको सहभागी एक नेताले जानकारी गराएका छन् । उनले बताए, ओलीको व्यवहारले आफू दिक्क भइसकेको पनि प्रचण्डले बताएका थिए ।

बिहीबार साँझको सो कार्यक्रममा प्रचण्डसँगै नेता नेपालले पनि सम्बोधन गरेको उनले बताए । उनका अनुसार सो सम्बोधनका क्रममा पहिले दुई अध्यक्ष ओली र प्रचण्ड मिलेर आफूलाई अल्पमतमा पारेको सम्झाएका थिए । तर पनि ‘दुई अध्यक्षको चोचोमोचो’ले गर्दा पार्टीमा र पार्टीका कारण देशमा नै संकट आएको पनि उनले बताए । नेता नेपालले अब दुई अध्यक्षमात्रको सहमतिले पार्टी नचल्ने बताएका थिए ।