१९ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाबीच शुक्रबार साँझ बालुवाटारमा भेट



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आइतबार संवैधानिक परिषदको बैठक बोलाएका छन् । त्यस विषयमा आज दिउँसो राजधानीमा चर्चा पनि चलेको छ । सवैधानिक निकायहरुमा अहिले कैयौँ स्थानमा नियुक्ति हुन सकेको छैन । सम्भवत यसैका लागि प्रधानमन्त्रीले परिषदको बैठक आइतबारका लागि बोलाएका छन् । 

परामर्श विना नै प्रधानमन्त्रीले यो बैठक बोलाएको भन्दै नेपाली काँग्रेसले भने यस विषयमा परामर्श थालेको छ । आज पनि काँग्रेस सभापति शेरबहादुर देउवाले केही पदाधिकारीहरुसँग आज बुढानीलकण्ठमा छलफल गरेका थिए । 

उता आजै देउवा प्रधानमन्त्री भेट्न बालुवाटार पुगेको समाचार स्रोतले जनाएको छ । शुक्रबार साँझ बालुवाटार पुगेका प्रमुख प्रतिपक्षी दलका नेताले प्रधानमन्त्रीसँग भेटघाट गरेर एक घन्टापछि साँझ साढे ८ बजे निस्किएको समाचार स्रोतले जनायो । 

उनीहरुबीच यस भेटमा के कुराकानी भयो भन्ने बारेमा त थाहा हुन सकेको छैन तर आइतबार डाकिएको संवैधानिक परिषदको बैठकमा हुने नियुक्तिका विषयमा कुरा भएको अनुमान गरिएको छ । पछिल्लो समय नेकपाभित्र प्रचण्ड नेपाल गुटको पेलाइमा परेका प्रधानमन्त्रीले केही अघि पनि विपक्षी नेता देउवालाई बोलाएर भेटघाट गर्ने गरेका छन् ।