१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सार्कलाई नवजीवन दिनुपर्नेमा पाकिस्तानी राजदूतको जोड

सार्कलाई नवजीवन दिनुपर्नेमा पाकिस्तानी राजदूतको जोड
अ अ+ अ-

काठमाडौँ । नेपालका लागि पाकिस्तानका राजदूत अब्रर एच हास्मीले दक्षिण एसियाको समृद्धिका निम्ति दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई नवजीवन दिनुपर्नेमा जोड दिनुभएको छ ।

आज यहाँ आयोजित एक कार्यक्रममा उहाँले आपसी एकता र सहयोग कायम गर्दै क्षेत्रीय सहयोगको माध्यमबाट यस क्षेत्रका जनताको जीवनस्तर उठाउने उद्देश्यका साथ स्थापना भएको सार्कलाई निष्क्रिय बनाउन नहुने बताउनुभयो ।

सार्कको लक्ष्य र उद्देश्य दक्षिण एसियामा शान्ति स्थापना, आर्थिक, सामाजिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक क्षेत्रमा आपसमा सहयोग आदानप्रदान गर्नु हो भन्दै राजदूत हास्मीले

जलस्रोत, ऊर्जा, जलवायु परिवर्तन, प्राकृतिक विपत्ति, कृषि, स्वास्थ्य, वातावरण, खाद्य सुरक्षाजस्ता दक्षिण एसियाका जनताका विषयलाई सार्कले सम्बोधन गर्दै आएको बताउनुभयो ।

दक्षिण एसियाको आर्थिक वृद्धि, समाजिक प्रगति तथा सांस्कृतिक विकास, आपसी विश्वास र समझदारी विस्तार, साझा हितका मामिलामा अन्तर्राष्ट्रिय मञ्चहरू सहयोग सुदृढ गर्ने तथा समान लक्ष्य र उद्देश्य भएका अन्य अन्तर्राष्ट्रिय र क्षेत्रीय सङ्गठनसँगको साझेदारीबाट सार्कलाई गतिशील बनाउन सकिने उहाँले बताउनुभयो ।

सन् २०१६ को नोभेम्बर ९ र १० मा पाकिस्तानको राजधानी इस्लामावादमा हुने तय भएको सार्कको १९ औँ शिखर सम्मेलन आजसम्म हुन नसकेकामा चिन्ता व्यक्त गर्दै राजदूत हास्मीले सम्मेलन आयोजना गर्न आफ्नो देश तयार रहेको बताउनुभयो ।

“अध्यक्ष राष्ट्र नेपालले सम्मेलन आयोजना गर्ने जानकारी दिएको दुई महिनामा हामी सम्पूर्ण तयारी पूरा गरेर सफलतापूर्वक शिखर बैठक सम्पन्न गर्नेछौँ”, उहाँले भन्नुभयो ।रासस