३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

कृषिलाई हेर्ने तरिका बदल्नु पर्छ कृषि सोख होइन यो त व्यवसाय र जीवनको अर्को बाटो हो : इजरायलका राजदूत गोडेर

कृषिलाई हेर्ने तरिका बदल्नु पर्छ कृषि सोख होइन यो त व्यवसाय र जीवनको अर्को बाटो हो : इजरायलका राजदूत गोडेर
अ+ अ-

नेपाल र इजरायलबीच दौत्य सम्बनध कायम भएको यो वर्ष ६० वर्ष पुरा हुँदैछ । यो यो सम्बन्धलाई विश्वको अग्लो स्थान सगरमाथा र विश्वको होचो स्थान मृत सागर बीचको सम्बन्ध पनि मानिन्छ । यो सँगै नेपालका लागि इजरायलका राजदूत हनान गोडेर दोहोरिएर नेपाल आएपछि चर्चाको विषय बनेको छ । नेपालमा राजदूत दोहोरिएर आएको यो पहिलो घटना हो । यसै सन्दर्भमा न्यूज एजेन्सी नेपालले राजदूत गोडेरसँग नेपाल इजरायल सम्बन्ध र दोहोरिएर आउनुको कारण बारे कुराकानी गरेको छ । साथै नेपाली कृषि र प्रविधीको चर्चा पनि गरेका छौं । 

महामहिम तपाईलाई स्वागत छ ।
धेरैधेरै धन्यवाद ।

यो तपाईको दोस्रो कार्यकाल हो । कसरी सम्भव भयो ?
हो यो म दोस्रोपटक राजदूत बनेर आएको छु । केही वर्ष अगाडि सम्म यहिं थिए । फेरी आउन पाउँदा खुशि छु । नेपाल धेरै राम्रो छ र एकदमै चाखलाग्दो देश पनि छ । नेपालमा इजरायली सरकारको परियोजनाहरु पनि सञ्चालनमा छन् । हामी दुवै देशले परस्पर हीतका धेरै काम गरेका छौं यसलाई निरन्तरता दिन पनि म आएको हुँ । 

नेपाल र इजरायल बीचको सम्बन्ध हिजो र आज कस्तो छ ?
यो वर्ष हामी इजरायल नेपाल सम्बन्धको ६० औं वर्षगाँठ मनाइरहेका छौं । यो कुरा हामी विर्सन सक्दैनौं । इजरायलको अस्तित्वको लागि नेपालले दिएको मत महत्वपूर्ण छ, मलाई लाग्छ एशियामा पहिलो पनि हो । यो दुतावास भएको भवनमा नै पहिलो पटक कार्यालय खुलेको हो । अहिले सम्म हामी यहिं छौं । हामी लामो समय देखि द्विपक्षीय हितका धेरै आयोजनाहरु सञ्चालन गर्दै आइरहेका छौं । यो तथ्यले अशल सम्बन्धलाई प्रष्ट पार्छ ।  

हाम्रो सम्बन्धमा नेपाली जनता र इनजरायली जनता कसरी जोडिएका छन ?
हाम्रो सम्बन्ध असल छ । यसको कारण हाम्रो समान बुझाई छ । हामी दुवै साना देश हौं । दुवै देशको छिमेकमा ठूला देश छन् । ठूला देशको छिमेकमा रहेका साना देशका केही समान प्रकृतिका चुनौती, छिमेक–छिमेक बीचको सवालमा हाम्रो एक समान भोगाई र सहानुभुति रहन्छ । मलाई लाग्छ नेपाल इजरायल बीचको सम्बन्ध प्रगाढ हुन यो विषयले महत्वपूर्ण भूमिका खेलेको छ । हाम्रो देश सानो छ । मध्यपूर्वमा देशहरुबीच मित्रवत सम्बन्ध छैन । यसलाई हामीले व्यवस्थापन गर्दै आएका छौं । 

हाम्रो देश स्थापनाको ७० वर्षको इतिहासमा धेरै प्रगति भइसकेको छ । इजरायलमा धेरै देशका मान्छेहरु आउन चाहन्छन्, काम गर्न चाहन्छन् । इजरायलको प्रगति हेर्न चाहन्छन । नेपालीले पनि इजरायललाई मन पराउँछन यस्तै इजरायली जनता पनि नेपाल र नेपाली मन पराउँछन् । धेरै इजरायली एकपटक नेपाल आउन, घुम्न चाहन्छन् । यस्तै इजरायलमा गएर कुनै नेपालीले नेपालबाट आएको भनेर सुनायो भने मात्र पनि हार्दिकता र स्वागत पाउँछ । 

अव अलिकति कृषिका कुरा गरौं । यो तपाईको मन पर्ने विषय पनि हो । इजरायलको तुलनामा नेपालको कृषि कस्तो छ ?
म पहिला इजरायलको कृषिको कुरा गर्छु । ७० वर्ष अगाडि हामी अभाव, भोकमा थियौं । जनताले खाद्यान्न लिनको लागि सरकारले दिने कुपनको भर पर्नुपथ्र्यो । यसमा  पनि सिमित खाना मात्र थियो । अहिलेको अवस्था सम्म आउँदा हामीले ठूलो फड्को मारेका छौं । यो चमत्कार जस्तो लाग्छ तर यो चमत्कार नभएर कडा मेहनतको नतिजा हो । अहिले विश्वमा इजरायल कृषि उपजको प्रमुख उत्पादक मध्ये एक हो । यो कसरी सम्भव भयो भन्दा कथा जस्तो लाग्छ सुन्दा । तपाईलाई थाहा छ इजरायलमा जम्मा ३ प्रतिशत किसानले ९७ प्रतिशत जनतालाई खुवाईरहेका छन् । तपाईले सोच्नुभयो होला यो कसरी हुन्छ ? हो यो कुरा नै हामी नेपाली जनतालाई भन्न चाहन्छौं, सिकाउन चाहन्छौं । हामीले यो काम गरिरहेका छौं । हामीले इजरायलबाट प्राविधिक विज्ञहरु बोलाएर सिकाउने, नेपाली किसानलाई इजरायल लगेर सिकाउने काम गरिरहेका छौं । हामीले अनुभव र सिकाई आदान प्रदान गरिरहेका छौं । नेपालीहरुले विस्तारै सिक्न पनि थालेका छन् । 

कृषिको प्रविधि र विकासमा इजरायल पावर हाउस नै हो । नेपाल सरकार र नेपाली जनताले बढीभन्दा बढी फाइदा कसरी लिन सक्छन ? 
कृषि प्रविधिमा धेरै विकास भइसकेको छ । हामीले सिकाउने यहि नै मुख्य कुरा हो । म एउटा कुरा भन्छु सुन्नुस हैत, इजरायलमा पर्याप्त वर्षा हुँदैन साथै पानीको श्रोत पनि पर्याप्त छैन । अनि हामीले थोपा सिंचाईको विकास गर्यौं । यो प्रविधिको प्रयोग पानीको कमी पुरा गर्नु मात्र हैन विरुवामा पोषण र मल पुर्याउन पनि प्रयोग गर्यौ । नेपालमा हामी हेछौ, नेपालमा मलको प्रयोग बारी खेतमा छरेर प्रयोग गर्छौं । अहिले सम्म यसरी नै प्रयोग गरिन्छ जुन गलत पनि हो । इजरायलमा विरुवाको जरामा पुग्ने गरी मल र पानी दिइन्छ । हामी यसलाई फर्टिजेसन भन्छौं । यो नै प्रविधि हो । साथै यो लगानी पनि हो । थोपा सिंचाइको लागि पाइप लगाएतको समानमा खर्च हुन्छ तर यसले पानी र मलमा हुने अनावश्यक खर्च पनि बचाउँछ । यसबाट उत्पादन बढ्छ । नेपालीले सिक्ने यही हो । यदि १० रुपैयाँ लगानी गर्नुहुन्छ भने ५० रुपैयाँ कमाउनुपर्छ । 

अर्को तर्फ कृषिलाई हेर्ने तरिका पनि बदल्नु पर्छ कृषि सोख होइन यो त व्यवसाय र जीवनको अर्को बाटो पनि हो । यो कुरालाई नेपाली दाजुभाईले बुझ्न जरुरी छ । अव पुर्खाले गर्दै आएको परम्परागत कृषिबाट केही हुँदैन । यसलाई परिवर्तन गर्न जरुरी छ । आधुनिक तरिकाले कृषि गर्न जरुरी छ । केही वर्ष अगाडि सम्म नेपालमा टनेल खेति थिएन अहिले हेरौं त जताततै छ । यस्तै सिँचाई प्रणालीपनि फेरिदै गएको छ यो पानीको अभावले होइन कृषि उत्पादन बढाउन किसानले पानी मल दिने तरिका बदलेका हुन् । हो हामीले सिकाउन चाहेको र हेर्न चाहेको परिवर्तन पनि यहि हो । अव पनि आधुनिक कृषि प्रणाली अपनाइएन भने धेरै कुरा गुम्न सक्छ । नेपालको सम्भावनालाई हेर्ने हो भने खाद्यमा आत्मनिर्भर भएर विदेश निर्यात पनि गर्न सकिन्छ । नेपालको माटो मलिलो र उब्जाउशिल छ । किसान पनि मेहनती छन् । हामीले यसलाई नै प्रोत्साहित गर्नुछ । 

महामहिम तपाई दोहोरिएर आएपछि केही विशेष योजना पनि छन की, अव तपाईको मुख्य दृष्टिगोचर केमा हुन्छ ?
हाम्रो ६० वर्षे सम्बन्ध त्यसै महत्वपूर्ण छैन यसका धेरै पक्ष र आयाम छन् । हाम्रो सम्बन्धको दायरालाई अझ फराकिलो बनाउनु छ । यो कृषि पर्यटन श्रम जस्ता धेरै पक्षमा हाम्रो सहकार्य छ र भविष्यमा पनि हुनुपर्छ । जसले अन्तर्राष्ट्रिय मंचमा हाम्रो द्धिपक्षीय सम्बन्ध उदाहरणीय बनोस । हामी यसैलाई सफल बनाउन लागि रहेका छौं । नेपाल र इजरायल बीच कस्तो अनौठो सम्बन्ध छ थाहा छ तपाईलाई, तपाईहरु सँग संसारको अग्लो शिखर सगरमाथा छ, हामीसँग संसारको होचो मृतसागर छ । यही कुराले पनि हामीहरुलाई निकट र सुमधुर सम्बन्ध बनाउन प्रेरित गर्छ । 

हामीले विभिन्न साञ्चार माध्यममा श्रम सम्झौताको विषयमा सुनेका छौं । नेपालबाट घरेलु हेरचाहको लागि श्रमिक लैजाने बारे के भइरहेको छ बनाउन सक्नुहुन्छ ? 
नेपालबाट लिने भनेको घरेलु हेरचाहको श्रमिक हो । खासगरी वृद्धवृद्धाको हेरचाहको लागि लिन खोजिएको हो । यसको समझौता भइसकेको छ । अव यो कार्यान्वयनको चरणमा जाँदैछ । आगामी महिनाबाट औपचारिक प्रकृया नै शुरु हुन्छ । यो हाम्रो सम्बन्धको राम्रो उदाहरण पनि हुनेछ । दुवै पक्षले यसबाट लाभ लिन सक्नेछन । 

अन्त्यमा नेपाली दाजुभाईलाई केही भन्न चाहनुहुन्छ ? 
पहिला देशलाई बचाउँ, वातावरण पनि जोगाऔं । विकाशलाई निरन्तरता दिऔं । नेपालले विकासको लामो बाटो हिडनु छ । विकाशबाट नै प्रगति सम्भव छ । अहिले धेरै राम्रा परिवर्तन र वातावरण बनेको छ । नयाँ संविधान बनेको छ । यसले विस्तारै काम गर्न थालेको छ । मेरो सबै नेपाली दाजुभाईलाई आग्रह छ विकाश तर्फ लाग्नुहोस् । विकाश र प्रगतिको लागि धेरै कुराको निरन्तरता आवश्यक हुन्छ । मेरो सबैलाई शुभकामना छ ।