४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी सांसदको प्रश्न: सरकार जेलनेल भोगेका नेताहरुले चलाएका छन् की अरु कोहीले ?



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले सरकार विचौलियाले चलाएको आरोप लगाउनुभएको छ ।

सोमवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले व्यवसायीहरुले विद्युतको महशुल तिर्न अदालतले आदेश दिएको भएपनि वर्तमान सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुभएको नीति महशुल मिनाह गर्ने किसिमको रहेको बताउनु भयो । उहाँले अहिलेको सरकारका नीतिमा विचौलियाहरु हाबी भएको स्पष्ट देखिएको पनि बताउनु भयो । उहाँले सरकार जेलनेल सहेका नेताहरुले चलाइरहेका छन् की अरु कोहीले भन्दै प्रश्नसमेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘चाहे त्यो विद्युत प्राधिकरणमाथिको विद्युत महशुल तिर्नेकुरा यो अदालतको कुरा हेर्दा, संसदीय समितिका कुरा सुन्दा अरु कुरा सुन्दा र मोटामोटी डाटामा हेर्दा, ९० वटा मुद्दा पुनरावेदन गरेका समेत हेर्दा विद्युत बिल नतिर्ने ९० पटक, ९० वटा मुद्दा परेका रहेछन् । सबै पटक प्राय: अदालतले विद्युत महशुल तिर्नुपर्छ भनेको रहेछ । कतिपय मुद्दा विचाराधिन छन् र ९० मध्ये अधिकांशमा फैसला गरेको छ । तर अहिलेको प्रधानमन्त्री वा अहिलेको सरकारले लिएको नीति के हो ? त्यो जनताले वा राष्ट्रले बुझ्ने खालको, महशुल मिनाह गर्ने यसले विचौलिया हाबी भएको स्थिति स्वभाविक रुपमा देखिन्छ । अन्य तमाम क्षेत्रमा पनि समग्र रुपमा हेर्दा सरकारले जुन समृद्धिको बाटोबाट समृद्धि हाँसिल गर्ने जुन बाटो लिएको छ, त्यसले स्वभाविक रुपमा यो सरकार लामो समयदेखि जेलनेल बसेका नेताहरुले नै चलाइरहेका छन् की यो देशको सरकार अरु कोहीले चलाइरहेको छ ?’

सांसद शर्माले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल निजी कम्पनीलाई दिनेकुरा बाहिर आएको बताउनु भयो ।