१९ माघ २०८१, शनिबार
,
Latest
अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न सात जना पक्राउ कांग्रेस भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत पर्यटन अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधार होः मुख्यमन्त्री आचार्य पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी ‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने क्यानको निर्णय हमासले थप ३ इजरायली बन्धक रिहा गर्ने महाकुम्भ मेलामा ७७ देशका ११८ सदस्यीय प्रतिनिधि भ्रमण गर्दै बचतकर्ताको रकमको सुरक्षित हुनुपर्नेमा सभापति देउवाको जोड ठमेलमा लागेको आगलागीबाट ६५ लाखको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले मंसिर २९ गते देशभर प्रदर्शन गर्ने



अ+ अ-

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारका विरुद्धमा देशैभर प्रदर्शन गर्ने भएको छ। कांग्रेसले मंसिर २९ गते सरकारका विरुद्धमा ७७ जिल्लामा प्रदर्शन गर्न लागेको हो।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार तनहुँलगायतका घटनाले सर्वसत्तावादको अभ्यासमा सरकार लागेको भन्दै देशैभर प्रदर्शन गर्न लागिएको बताएका हुन् । 

‘यही मंसिर २९ गते सोमबार ७७ जिल्लामा हामी एकसाथ सडकमा ओर्लन लाग्दैछौँ, विसंगतिहरुको विरुद्धमा, लोकतन्त्रको पक्षमा। तपाईं त्यो दिन के गर्दै हुनुहुन्छ ?’ प्रवक्ता शर्माद्वारा सामाजिक सञ्जाल ट्विटरमा सार्वजनिक भिडियोमा भनिएको छ, ‘जनता कोरोनाको मारमा रहेको, सरकार सत्ताको जित हारमा छ तपाईं सरकारलाई कडा दबाब दिन चाहनुहुन्छ भने मंसिर २९ गते सडकमा आउनुहोस्।’

मंसिर २९ मा हुने सभामध्ये हेटौंडामा सभापति शेरबहादुर देउवाले र काठमाडौंमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम तय रहेको छ। देशैभर हुने प्रदर्शनमा केन्द्रीयस्तरका नेताहरूले सबै जिल्लामा सम्बोधन गर्ने कार्यक्रम छ।