२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय नीतिको मस्यौदा तयार भयो: मन्त्री साह



अ+ अ-

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय नीतिको मस्यौदा तयार भएको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकमा उहाँले सो जानकारी दिनु भएको हो । मन्त्री साहले महिला तथा बालबालिकाहरुको बेचबिखन तथा ओसारपसार विरुद्धको दश वर्षे नया राष्ट्रिय कार्य योजनाको मस्यौदा पनि तय गरिएको बताउनु भयो । उहाँले मानव बेचबिखन तथा ओसारपसार पीडित, प्रभावितहरुका लागि मनोसामाजिक परामर्श केन्द्र तथा अन्तरक्रिया कार्यक्रम निरन्तर संचालन भईरहेको दावी समेत गर्नुभयो ।

उहाँले भन्नुभयो,‘मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय नीतिको मस्यौदा तयार भएको छ । मानव बेचबिखन विशेष गरी महिला तथा बालबालिकाहरुको बेचबिखन तथा ओसारपसार विरुद्धको दश वर्षे नया राष्ट्रिय कार्य योजनाको मस्यौदा तयार भएको छ । यस मन्त्रालयको सहयोग र समन्वयमा संचालित पुनस्र्थापना केन्द्रमा आश्रित मानव बेचबिखन तथा ओसारपसार पीडित, प्रभावितहरुका लागि मनोसामाजिक परामर्श केन्द्र तथा अन्तरक्रिया कार्यक्रम निरन्तर संचालन भईरहेको छ । जिल्ला र प्रदेश स्तरमा अनलाईनबाट हुन सक्ने बेचबिखनबाट जोगिन साइबर क्राईम सम्बन्धि सचेतनामूलक कार्यक्रम संचालन भईरहेको छ । ’

मन्त्री साहले मानव बेचबिखनबाट जोगिन सरकारले सचेतनामुलक कार्यक्रममा जोड दिएको बताउनु भयो ।